न्युयोर्क । ओलम्पिकमा स्वर्णपदक जित्न सफल अमेरिकी धावक बोबी जोय मोरोको निधन भएको छ । मोरोको ८४ वर्षको उमेरमा निधन शनिबार राति निधन भएको हो । स्प्रिन्टर मोरोले सन् १९५६ मा मेलबर्नमा भएको ओलम्पिकमा तीनवटा स्वर्णपदक जितेका थिए । उनी पछिललो समय अस्वस्थ्य रहेका थिए । उनको उपचारको क्रममा निधन भए पनि कोरोनाका कारण निधन नभएको पारिवारिक स्रोतले जनाएको छ ।
बोबीले मेलबर्न म्याराथनमा १ सय, २ सय मिटरमा स्वर्ण जितेका थिए । चार गुणा १ सय मिटरमा अमेरिकालाई च्याम्पियन बनाएका थिए । उनले त्यो बेला दुई मिटरमा २०.०६ सेकेन्डका विश्व रेकर्ड पनि बनाएका थिए । त्यसअघि उनले १९५६ को सुरुवातमा एएयू १०० यार्डको उपाधि पनि जितेका थिए । उनी त्यो बेला वर्षको उत्कृष्ट खेलाडीको अवार्ड पनि जित्न सफल भएका थिए । सान बेनिटोमा जन्मिएका बोबीले आफ्नो धेरैजसो समय गल्फ अफ मेक्सिकोको रियो ग्रान्डी भ्यालीमा बिताएका थिए ।