काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन मंगलबार २ लाख ९१ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज २ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला २०५ रुपैयाँले बढेको छ । हिजो मंगलबार ४ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)











