क्वारेन्टाईनमा बसेकालाई खाना खुवाउन सक्रिय छ एनडी प्रकाश भोजन चुलो

डडेल्धुरा । नेपाली काग्रेस डडेल्धुराले एनडी प्रकाश चटौत आपतकालिन भोजन चुलो मार्फत डडेल्धुराका विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको भोक मेटाउने कार्य गरेको छ ।

कोरोना संक्रमणको महामारीले सिमाबाट उद्धार गरि विभिन्न क्वारेन्टाईनमा राखिएका व्यक्तिहरुलाई खाना खुवाउनका लागी सेवादल नै गठन गरि खाना खुवाउने कार्य सुरु गरिरहेको छ ।

बैशाख २७ गते औपचारिक रुपमा सुरु गरिएको आपतकालिन भोजन चुलो डडेल्धुरा जिल्लामा निकै सक्रिय रहेको छ । उद्धारगरि ल्याईएका वा अलपत्र अवस्थामा रहेका व्यक्तिहरुको खोजी गर्दै खाना खुवाउने कार्य भईरहेको स्ववियु सभापति एवं सेवा दलका सदस्य जगत ऐरले बताए ।

सेवा दलले कोरोना संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनले होटेलहरु बन्द रहेका छन् भने काम विशेषले सदरमुकाम आएर अलपत्र परेकालाई खाना खुवाउदै आएको छ ।

सिमाबाट उद्धार गरिएका र क्वारेन्टाईनभित्र रहेकालाई खाना खुवाउन नेपाली काग्रेसले आपतकालिन भोजन चुलो संचालन गरेको सेवादलका संयोजक टंक क्षेत्रीले बताए । उनले भने ‘यो अभियानामा समाजसेवीहरुको सहयोग प्राप्त भएकोले खाद्यान्न लगायतका अन्य कुराहरुको व्यवस्थापनमा सहज भएको छ ।’ बैशाख २७ गतेदेखी शुरु भएको आपतकालिन भोजन चुलोले दैनिक ८० जनालाई खाना खुवाउदै आएको समेत सेवा दलका संयोजक क्षेत्रीले बताए ।

नेपाली काग्रेसका सभापति एवं प्रदेश सभा सदस्य कर्ण मल्लले बैशाख २७ गते एनडी प्रकाश चटौत आपलकालिन चुलोको शुभारम्भ गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६ वटै महानगरमा तालमेलको विपक्षमा कांग्रेस