Sunday, April 18, 2021
Home प्रदेश मोरङको बाहुनीमा सशस्त्र प्रहरी बेशको आफ्नै भवन, साढे दुई करोड बढीमा निर्मित

मोरङको बाहुनीमा सशस्त्र प्रहरी बेशको आफ्नै भवन, साढे दुई करोड बढीमा निर्मित

,

विराटनगर । सशस्‍त्र प्रहरी बल नेपाल सुरक्षा बेश बाहुनीको आफ्नै भवन निर्माण भएको छ । नवनिर्मित भवनको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र सशस्‍त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका बाहिनीपति सशस्‍त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्रबहादुर थापाले सोमबार संयुक्त रुपमा उद्घाटन गरे ।

२९ चैत २०६३ मा स्थापना भएपनि सो सुरक्षा बेश लामो समयदेखि सुनसरी मोरङ्ग सिँचाई आयोजनाको पुरानो तथा जिर्ण भवनमा रहेको थियो । आम जनताको शान्ति सुरक्षाको खातिर खटिने सशस्‍त्र प्रहरी कर्मचारीहरु जिर्ण तथा पुरानो भवनमा बसी कार्य सम्पादन गर्दै आएको मर्मलाई स्थानीय जनताले बुझेर भवन निर्माण कार्यलाई अघि बढाएका थिए ।
जसअनुसार ४ फागुन २०६९ देखि ११ फागुनसम्म स्थानीय तारावीर कटुवालको अध्यक्षतामा सप्ताह महापुराण लगाई सुरक्षा बेश बाहुनीको नाममा १ करोड १६ लाख रुपैयाँबराबरको ११ कठ्ठा १२ धुर जमिन खरिद गरी स्थायी संरचना निर्माण प्रक्रिया अघि बढाइएको थियो ।

सो भवन निर्माणको प्रतिवेदन प्रस्तुत गर्दै भवन निर्माण समितिका अध्यक्ष कटुवालले भवन निर्माणमा सहयोग पु‍र्याउने सबै सहयोगीदाताहरुको मुक्तकण्ठले प्रशंसा गरे ।

भवन निर्माणका लागि पूर्व श्रम राज्यमन्त्री दिलिप गच्छदारको संसद विकास कोषबाट २० लाख, प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री विजय विश्‍वासको संसद विकास कोषबाट १० लाख, बेलबारी नगरपालिकाबाट ३६ लाख, ग्रामथान गाँउपालिकाबाट ५ लाख, कानेपोखरी गाँउपालिकाबाट ५ लाख ५० हजार, बुद्ध एयर प्रा.लि.बाट. १० लाख, ब्यवसायी तथा समाजसेवी कमल गोयल र जय तामाङ्गबाट २८ लाख, जनसेवी तथा ब्यवसायी धनराज गजमेर र बालकुमारी गजमेरबाट २ लाख ५० हजार र स्थानीय जनसहयोगबाट. २१ लाख गरी २ करोड ६० लाख संकलन भएको थियो । त्यसबाट ब्यारेक भवन, बेशपति निवास, पाहुनाघर, शौचालय, प्रवेशद्वार, गोलघर, घेराबार, पुल, सेन्ट्री पोष्‍ट, गाडी ग्यारेज, ब्याडमिन्टन कोर्ट बनाइएको छ ।

कार्यक्रममा सशस्‍त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका बाहिनीपति सशस्‍त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्र बहादुर थापाले सशस्‍त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरु यही समुदायबाट आएको तथा सशस्‍त्र प्रहरी बल नेपालबाट प्रदान गर्ने सेवा पनि यसै समुदायको लागि भएकाले नागरिक र फौजबीचको सम्बन्धको महत्व यस कार्यबाट प्रष्‍ट भएको बताए । उनले यस्ता सहयोगी व्यक्ति, संस्था र निकायहरुबाट भएका यस्ता प्रकारका असल निर्माण कार्यले संगठनलाई हौसला प्रदान गरेको बताए ।

उनले आगामी दिनमा समेत सशस्‍त्र प्रहरी बल नेपालले देशको विद्यमान कानून र जनभावनालाई कदर गर्दै आफ्नो क्षमता र योग्यताले भ्याएसम्म नेपाली जनताको सेवा तथा सुरक्षामा कर्तव्यनिष्ठ भई कार्य क्षेत्रमा खटिइने प्रतिवद्धतासहित नागरिक र फौजबीचको सम्बन्ध अझ सुमधुर होस भन्‍ने कामनाका साथ सम्पुर्ण सहयोगि हातहरुको मुक्तकण्ठले प्रशंसा गरे ।

कार्यक्रमममा बोल्दै बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले अहोरात्र जनताको सेवा तथा सुरक्षामा खटिने फौजहरुको लागि एउटा ब्यवस्थित आधुनिक ब्यारेकको निर्माण भएको र नागरिक तथा सशस्‍त्र प्रहरी बल नेपालबीचको यस प्रकारको सहकार्यबाट नै शान्ति सुरक्षा र अमन चयन कायम गर्ने उद्धेश्य पूरा गर्न सकिने विश्‍वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख सुवेदीले सशस्‍त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा.कंकालिनी मोरङ्गका गणपति सशस्‍त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जिल्लामा शान्ति सुरक्षाको ब्यवस्थापनमा पुर्याएको समन्वयकारी भूमिकाको साथै भवन निर्माण तथा ब्यवस्थापनमा पु‍र्याएको ब्यवस्थापकीय कार्य अतुलनीय रहेको बताए । उनले भवन निर्माणको क्रममा आफ्नो काधमा जिम्मेवारी लिई छोटो समयमा स्थानीय जनसमुदायको मन मष्तिष्क जिती भवन निर्माण कार्यलाई ब्यवस्थित गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा सुरक्षा बेशका बेशपति सशस्‍त्र प्रहरी निरीक्षक कमल बहादुर अधिकारीको प्रशंसा गरे ।

मोरङ जिल्लाको ग्रामिण भेगमा रहेको सुरक्षा बेश बाहुनीले यस इलाकामा हुने आपराधिक क्रियाकलाप निष्‍तेज पारी कार्य गर्दै आइरहेको छ । सो स्थान सुरक्षाको दृष्टिकोणले संवेदनशिल स्थान रहेको तथा ने.क.पा. बिप्लवको समेत गतिबिधीहरु हुन सक्ने सम्भावना रहेको हुँदा सबै किसिमका आपराधिक क्रियाकलाप क्रियाकलाप निस्तेज पारी सशस्‍त्र प्रहरी बलले कार्य गर्ने विश्वाश स्थानीय जनताले लिएका छन् ।

(Visited 652 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाल ९ विकेटले विजयी

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।...

संगै हिँडेका साथीकाे शब भेटिएपछि भागेर भारत पुगेका युवालाई उनकै बुबाले प्रहरीमा बुझाए

दैलेख । साथीको हत्या आरोप लागेका एकजना युवकलाई उनकै बुबाले भारत फकाएर जिल्ला प्रहरी कार्यालय दैलेखमा बुझाएका छन् । गुराँस गाउँपालिका–६ जोरेबाँझका २१ वर्षीय...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

यातायात मन्त्री नेम्वाङले भने ‘ढुक्क हुनुहाेस् वैशाखभित्रै रेल चल्छ’

महाेत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख...

म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

एजेन्सी । म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३...

साताका लोकप्रिय समाचार

जनता वाक्क दिक्क भए कि ?

राजनीतिक रूपमा २०७७ साल दुःखद रहयो । सरकारले विकास र समृद्धिको नारा दिएअनुसार त्यसलाई द्रुत गतिमा अघि बढाउन सकेन । नागरिकहरू महँगीको मारबाट पीडित...

प्रशासनिक गतिशीलता र लोकसेवाको अभिभावकत्व

नेपालको संविधानले तीन तहको सरकार र तीनै तहको प्रशासनको व्यवस्था उल्लेख गरेको छ । शासन (सरकार)को सहयोगी प्रशासन हो । सरकारको सहयोगी मात्र भनेर...

म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

एजेन्सी । म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३...

बिरामीको मृत्युपछि अस्पतालमा नारावाजी

सिरहा । अस्पतालको लापरवाहीले आफन्तको मृत्यु भएको भन्दै स्थानीयले लहानस्थित सप्तऋषि अस्पतालमा नारावाजी गरिरहेका छन् । प्रदेश नं. २ को स्वास्थ्य मन्त्रीको राजिनामा, घटनाका दोषीलाई...

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

ट्रेन्डिङ

सप्तरीको एक मात्र रक्तसंचार सेवा केन्द्रमा रगतको अभाव

सप्तरी, राजविराज । सप्तरी जिल्लास्थित एक मात्र सदरमुकाम राजविराजमा रहेको रक्तसंचार सेवा केन्द्रमा रगतको अभाव भएको छ । रगत अभावले समस्या भएपछि केन्द्रले गरेको...

निशान र विन्दुकाे ‘चार कोठे मुटु’

काठमाडौं । गायक निशान भट्टराई र गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘चार कोठे मुटु’ को भिडियो सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटलको...

विदेशी भित्रँदा स्थानीयमा त्रास

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ४ को अजिजिया मस्जिदमा हिजो साँझ १३ इण्डोनेशीयाका नागरिक भित्रिएकोबारे स्थानीयवासीले नगरपालिकालाई जानकारी दिएका छन् । इमाडोलका...

प्रदेश २ मा एउटै व्यक्तिलाई पटक पटक सम्मान दिएपछि…

जनकपुरधाम । एकैजना व्यक्तिलाई एउटै सम्मान पटक पटक दिँदा त्यसलाई के भन्न सकिन्छ ? सम्बन्धकै भरमा सम्मान पाइरहेका छन् वा सो कार्यालयमा अन्य त्यस्तो...

बाबुराम भन्छन् ‘रबिन्द्र मिश्र राप्रपाको नयाँ अवतार मात्रै ’

काठमाडौं । समाजवादी जनता पार्टीका संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रलाई राप्रपाको नयाँ अवतारको रुपमा टिप्पणी...

मन्त्री नै बस रिजर्भ गर्दै मजदुर घर पठाउँदै

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले लकडाउनले भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सय मजदुरलाई उद्दार गरी घर पठाएका छन् । ...

इटाली र पोल्यान्ड विजयी

आम्सटर्डम । यूईएफए नेसन्स लिगमा इटालीले नेदरल्यान्डमाथि कठिन जित हात पार्दा पोल्यान्डले बोस्निया एन्ड हर्ज गोभिनामाथि पुनरागमन जित हात पारेको छ । सोमबार राति...

अमेरिका निवासी रानीका तीन गीत

अमेरिकाको मेरिल्याण्ड निबासी गायिका रानी शाक्य को ती गीति एलबम सार्वजनिक भएकाे छ ।  चिया बारीमा, बैशालु जोबन र डुब्न लागेको घाम बाेलकाे तीन...

यस्ताे छ विवेकशील र साझा पार्टीको एकीकरण घोषणापत्र

काठमाडाैं । साझा पार्टी र विवेकशील नेपाली दलबीच आज एकता भएको छ । अलग भएको २२ महिनापछि आज बुधबार साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका...

जसपाका नेता शिवजी यादव नेकपाको ओली समूहमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद शिवजी यादव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहमा प्रवेश गरेका छन् । मंगलबार राति बालुवाटारमा आयोजित...

नेकपा सचिवालय : संसदबाट पारित नहुन्जेल एमसिसीका कार्यक्रम स्थगन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता संसद्ले अनुमोदन गरेपछि त्यससँग सम्बन्धित बजेट...

जसपाले सरकारलाई बुझायो मुद्दा र बन्दीको विवरण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मधेश आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा र बन्दीको विवरण गृह मन्त्रालय पठाएको छ । सत्ता समीकरणका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)