काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ४४ सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।
गृहले सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई पाल्पामा, पाल्पाका यादव सुवेदीलाई गृह मन्त्रालय, र गृहका हिरालाल रेग्मीलाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ ।
यसैगरी, महोत्तरीका प्रजिअ सुर्यबहादुर खत्रीलाई इलाका प्रशासन कार्यालय चनौटामा, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वाललाई जिल्ला प्रशासन कार्यालय महोत्तरी प्रजिअमा, इलाका प्रशासन कार्यालय फर्पिङका चन्द्रप्रसाद गैरेलाई कालीकोटको प्रजिमा, कालीकोटका कृष्णचन्द्र पौडेललाई इलाका प्रशासन कार्यालय लेखनाथ कास्कीमा, डोटीका प्रजिअ टेकनारायण पौडेललाई अध्यागमन विभागमा सरुवा गरिएको छ ।
त्यस्तै, बर्दियाका प्रजिअ प्रेम लामिछानेलाई गृह मन्त्रालयमा, दार्चुलाका यदुनाथ पौडेललाई धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीमा, धनुषाका सहायक प्रजिअ शरदकुमार पोखरेललाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा, ओखलढुंगाका प्रजिख गणेश आचार्यलाई डिल्लीबजार कारागारमा, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन अचार्यलाई संखुवासभाको प्रमुख जिल्ला अधिकारीका सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
यसैगरी, गृह मन्त्रालयका कृष्ण पौडेललाई जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा, संखृुवासभाका प्रजिअ जीवनप्रसाद दुलाललाई काडमाडौंको सहायक प्रमुख जिल्ला अधिकारीमा तथा काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यलाई संखुवासभाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
त्यस्तै, रोल्पाका प्रजिअ लक्ष्मण ढकाललाई इलाका प्रशासन कार्यालय सिमरामा, गृह मन्त्रालयका नरेन्द्रकुमार रानालाई रोल्पाको प्रजिअमा, सुनसरीका सहायक प्रजिअ चिरञ्जिवी गिरिलाई हुम्लाको प्रजिअमा, हुम्लाकी विनिता भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा, विमानस्थलका राजेश पन्थीलाई रुपन्देहीको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
उता, बझाङका प्रजिअ उमेश पाण्डेलाई झापाको सहायक प्रजिअमा, सिराहा इलाका प्रशासनका कमलराज भण्डारीलाई बझाङ प्रजिअमा, झापाका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलाई सप्तरीको सहायक प्रजिअमा, सुनसरीका कृष्णबहादुर घिमिरेलाई इलाका प्रशासन सिराहामा, इलाका प्रशासन चन्दौटाका शंकरबहादुर विष्टलाई इलाका प्रशासन कार्यालय टिकापुरमा सरुवा गरिएको छ ।
यसैगरी, टिकापुरका हिरालाल चौधरीलाई जिल्ला प्रशासन कार्यालय कैलालीमा, सिराहाका गोपालकुमार अधिकारीलाई गृह मन्त्रालयमा, सिन्धुलीका सहायक प्रजिअ विजयाकुमारी प्रसाईलाई गृह मन्त्रालयमा, राष्ट्रिय परिचयपत्रका जनकराज भट्टलाई काठमाडौं सहायक प्रमुख जिल्ला अधिकारीमा, डिल्लीबजार कारागारका जेलर अरुण पोखरेललाई उदयपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा, अध्यागमन विभागका निर्देशक डा. डिजन भट्टराईलाई इलाका प्रशासन कार्यालय फर्पिङमा, कास्कीका चित्रांगत बराललाई जिल्ला प्रशासन कार्यालय तनहु“मा र बैतडीका प्रजिअ आनन्द पौडेललाई इलाका प्रशासन कार्यालय तुलसीपुरमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
हालै उपसचिवमा बढुवा पुण्यप्रसाद ढकाललाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ ।
सीडीओसहित ४४ सहसचिव र उपसचिवको सरुवा, को कहाँ ?
- Roshan Shrestha
- २०७७ जेष्ठ १९ गते २०:४९
- २०७७ जेष्ठ १९ गते २०:४९
आजको समाचार
Ads Space Available
साताका लोकप्रिय समाचार
यो महिनको ट्रेन्डिङ समाचार
अन्य समाचार पनि पढ्नुहोस्
कुरी-कुरी
आजको १० समाचार
- स्थानीय तह उपनिर्वाचनः २४ स्थानको मत परिणाम प्राप्त,…
- सडक दुर्घटनामा आमाको मृत्यु, भोलिपल्टै भाइद्वारा आत्महत्या
- ३४ स्थानको मत परिणाम सार्वजनिक, को कहाँ निर्वाचित
- रवि, छवि र जीवीलाई पक्राउ गर्न पर्सा प्रहरीले…
- साताको पहिलो दिन सुनको भाउ ४ सय रूपैयाँले घटयो
- विश्वको भन्दा नेपालको आर्थिक वृद्धिदर बढी
- नेपालले पठाएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ प्रस्तावमा…
- जापान काण्ड सर्वोच्चमा, एमाले पूर्वमन्त्री अधिकारीको…
- २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ
- प्रधानमन्त्रीसँग को को जाँदैछन त चीन ?