Sunday, July 12, 2020
Home Editor-Picks १७ लाख रुपैयाँ घुस लिँदा...

१७ लाख रुपैयाँ घुस लिँदा…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी विभाग भैरहवा रूपन्देहीका नापी अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले घुस लेनदेनको अभियोगमा नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तीर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रूपन्देहीका नासु धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रूपन्देहीका लेखापढी व्यवसायी जीवन शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

सेवाग्राहीको जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि घुस लिएको पाइएपछि उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ । सेवाग्राहीसँग १७ लाख रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा परेका उनीहरुलाई अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

लेखन्दास जीवन शर्माले उल्लिखित जग्गाको राजीनामा प्रकृतिको कित्ताकाट र नामसारीका लागि मालपोत तथा नापी कार्यालयमा पेस गर्नुपर्ने लिखत आफैंले तयार गरी पेस गरेको पाइएपछि अख्तियारले उनीविरुद्ध १७ लाख बिगो कायम गरेर मुद्दा दर्ता गरेको छ । नापी कार्यालय रूपन्देही भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ, नापी सर्भेक्षक थानेश्वर चौधरी, नापी सर्भेक्षक तीर्थराज भण्डारीलाई १२ लाख बिगो कायम गरेर मुद्दा दर्ता गरिएको छ ।

त्यस्तै, नायब सुब्बा धर्मराज पन्थीलाई बिगो ५ लाख रुपैयाँ माग दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अख्तियारको अनुसन्धानको क्रममा साविक लेखनाथ–२ कास्की बस्ने जग्गाधनी गंगादेवी पौडेलको नाउँमा कायम रहेको रूपन्देही साविक टिकुलीगढ–९ ‘क’ स्थित कित्ता नं. २५२,९२९,९३६,९४६,९२६ को जग्गा नामसारीको क्रममा घुस लिएको पाइएको थियो ।

त्यस्तै, स्वतन्त्र पौडेलको नाममा दर्ता कायम भएको कित्ता नं. ९४४, ९२५, ९४०, ९३७, ९३३ जग्गाहरूको राजीनामा प्रकृतिको कित्ताकाट र नामसारीका लागि लेखनदास जीवन शर्मा, नापी विभागका अधिकृत सरोज श्रेष्ठसहित पाँच जना मिलेर निवेदक र पर्शुराम भण्डारीसँग १७ लाख घुस लिएको पुष्टि भएपछि मुद्दा दर्ता भएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

(Visited 1,748 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

संखुवासभाको सिसुवा पहिरोमा ४ जनाको जीवितै उद्धार, हराइरहेकाको पहिचान

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ । पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार...

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

भर्खरै

संखुवासभाको सिसुवा पहिरोमा ४ जनाको जीवितै उद्धार, हराइरहेकाको पहिचान

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ । पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार...

एक बालकसहित तीन जना इन्द्रावती नदीमा बेपत्ता

काभ्रेपलाञ्चोक । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० का एक बालकसहित तीन जना इन्द्रवती नदीमा बेपत्ता भएका छन् । असार २६ गते (शुक्रबार) दिउँसो ३...

बाढीपहिरो पीडित समस्यामा: राहत लैजान सडक छैन, बोकेर लैजान सम्भावन छैन

सिन्धुपाल्चोक । बर्षापछि आएको बाढी र पहिरोले बाह्रविसे नगरपालिकाका विभिन्न वडामा विस्थापित भएकाहरुलाई राहत र अन्य सामग्री पठाउन समस्या भएको छ । बस्तीसम्म पुग्ने...

बबई नदीको बाढीमा बगेर एक दम्पती बेपत्ता

धम्बोझी । बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएका छन् । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)