प्रतिरोधात्मक क्षमता भाइरसमाथि विजय

आजभोलि विश्वभर कोभिड–१९ भाइरसले आतंक मचाइरहेको छ । भाइरस यो पृथ्वीमा यस्तो अजिव वस्तु हो, जुन कोषबाहिर निर्जीवको जस्तो र कोषभित्र जीवको जस्तो व्यवहार गर्दछ । यसको नाप यति सानो छ कि एउटा सूक्ष्म ब्याक्टेरियाभित्रै सयौंको संख्यामा अट्न सक्दछ । यो सर्वत्र पाइन्छ र यसको संख्या यति धेरै छ कि ब्रह्माण्डका सम्पूर्ण ताराभन्दा १ करोड गुणाभन्दा बढी भएको अनुमान गरिएको छ । यिनीहरूको वृद्धि जीवित कोषभित्र मात्र सम्भव हुन्छ । एउटा भाइरस केही घन्टामै दसांै लाख संख्यामा वृद्धि हुन सक्दछ । यिनी सयौं प्रकारका छन् र अवस्थाअनुसार स्वभाव परिवर्तन गरिरहन्छन् । इतिहासको विभिन्न कालखण्डमा यसले उदण्ड मच्चाउ“दै आएको छ । यद्यपि, आजभोलि विश्व नै आक्रान्त पार्ने कोभिड–१९ को जस्तो विश्वव्यापी महामारी इतिहासमा पहिले कहिल्यै भोग्नुपरेको थिएन ।

कोभिड–१९ भाइरस पनि सार्सजस्तै नोभल कोरोना भाइरस समूहको एउटा प्रजाति हो । अरू भाइरसमा जस्तै यो भाइरसमा पनि प्रोटिन र लिपिडले बनेको गोलाकार खोलभित्र आरएनएको एकसरो छोटो टुक्रा रहेको हुन्छ र बाहिरको सतह हेर्दा ताज पहिरेको जस्तो देखिन्छ । त्यसैले, वैज्ञानिकले यसको नामकरण कोभिड–१९ राखेका हुन् । सन् १९१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक देखापरेको यो भाइरस अत्यन्तै सरौटे प्रकृतिको छ । अरु भाइरसजस्तै यो मौकेबाज भाइरसलाई पनि वृद्धि हुन प्राणीकोष चाहिने भएकाले सास लि“दा वा कुनै किसिमको स्पर्शद्वारा मानिसको श्वासप्रश्वास प्रणालीमा हमला गर्नु यसका लागि सबैभन्दा सहज बाटो हो । श्वासप्रश्वास नलीमा असर पार्दै बिस्तारै फोक्सोमा पुग्छ र त्यहा“को कोषलाई संक्रमण गर्न सुरु गर्दछ । जजसको संक्रमण प्रतिरोध क्षमता राम्रो छ, उनीहरू ६÷७ दिनमा रुघाखोकी निको भएजस्तै निको हुन्छन् ।

कुनै पनि भाइरस परास्त गर्ने अहिलेसम्म कुनै औषधि आविष्कार भएको छैन । जति पनि एन्टिबायोटिक्स र औषधि छन्, तिनीहरू सबै ब्याक्टेरिया र ढुसी नियन्त्रण गर्न प्रयोग गरिन्छन् । कुनै पनि भाइरसबाट बच्ने एउटै मात्र उपाय भनेको शरीरको प्रतिरक्षात्मक क्षमता बढाएर शरीरलाई नै यसको विरुद्ध लडन सिकाउनु हो । भाइरसविरुद्धमा दिइने खोप (भ्याक्सिन)को काम पनि प्रतिरक्षात्मक क्षमता बढाउनु नै हो ।

सामाजिक दूरी कायम गर्ने, भिटामिन तथा लवणयुक्त, ताजा खानेकुरा खाने, झोलिलो वस्तु, तातो पानी पिउने, तनाव नलिने, कसरत व योगा गर्ने नै महामारीबाट बच्ने सबैभन्दा उत्कृष्ट उपाय हो

स्वस्थ खाना भन्नाले हामीलाई चाहिने सम्पूर्ण पोषक तŒवका साथै अन्य लाभदायी जीवरसायन यौगिकसमेत सम्मिलित भएको खाद्यवस्तु सम्झनुपर्छ । यस्तो एउटै खाद्यवस्तु प्रकृतिमा नपाइने भएकाले विभिन्न किसिमका खाद्यवस्तु छानेर उपभोगगर्न जान्नुपर्छ । शरीरको आन्तरिक प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति नै कोभिड–१९ को पहिलो सिकार हुने हु“दा कसरी यो क्षमता बढाउन सकिन्छ भन्ने सबैको सरोकारको विषय भएको छ । तसर्थ, यहा“ खासगरी खानपिन र जीवनशैली’bout संक्षेपमा चर्चा गरिएको छ ।

(१) फलपूmल र तरकारी उपभोग– यिनमा प्रशस्त भिटामिन, लवण, रेसा, र एन्टिअक्सिडेन्ट पाइने भएकाले शरीरको प्रतिरक्षा बढाउन अहं भूमिका खेलेका हुन्छन् । यिनमा पाइने रेसाले पेट सफा राख्न मद्दत गर्नुका साथै आन्द्राका असल ब्याक्टेरियाका लागि अनुकूल वातावरण तयार पार्दछ । र, ती स्वस्थ असल ब्याक्टेरियाले त्यहा“ भएका अन्य खराब ब्याक्टेरियालाई परास्त पार्दछ । खासगरी भिटामिन–सी धेरै भएका खानेकुरा जस्तै ः अमला, कागती, सुन्तला, भिँडेखुर्सानी आदि धेरै खानुपर्छ ।

(२) गेडागुडीको उपभोग– स्वस्थ रहन र शरीरको प्रतिरक्षात्मक क्षमता अभिवृद्धि गर्नका लागि सिमी, बोडी, चना, मुसरो, मास, भटमास र विभिन्न किसिमका नट जस्तै : ओखर, कटुस, फर्सीको वा सूर्यमुखीको बिया“ आदि लाभदायक भएका छन् । क्वाटी र उमारेका गेडागुडी खानु स्वस्थकर मानिन्छ ।

(३) प्राणीजन्य खाद्यवस्तुको सीमितता– प्राणीजन्य खाद्यवस्तुको उपभोग घटाएर विभिन्न रोगको जोखिम कम गर्न सकिने तथ्य प्रकाशमा आएका छन् । मांंसाहारीले पनि रातो मासुको सट्टा माछा, चिकनजस्ता सेतो मासु खानु स्वास्थ्यका लागि उत्तम मानिन्छ ।

(४) स्वस्थ तेल वा घिउको प्रयोग– तेलका लागि सूर्यमुखी, तिल, आलस, जैतुनलाई असल तेलको स्रोतको रूपमा मानिन्छ । तिनीमा असंतृप्त फ्याट्टी अम्ल धेरै पाइने भएकाले शरीरमा खराब कोलेस्टेरोल बढ्न दि“दैनन् । मेडिटेरियन क्षेत्रका बासिन्दाको स्वस्थ जीवनस“ग जैतुनको तेल (भर्जिन ओलिभ ओयल)को सम्बन्ध रहेको छ । नेपाली समाजमा घिउलाई स्वस्थकर मानिए तापनि यसमा संतृप्त फ्याट्टी अम्लको हिस्सा धेरै भएकाले यो जोसुकैले र खासगरी मुटुको समस्या हुनेले उपभोगमा सीमित गर्नुपर्छ । आजभोलि दाना ख्वाएर गोठभित्र पालेका गाईभैंसीको दूध र यसका परिकारभन्दा चरनमा जडीबुटीसमेत चरेका गाईवस्तुको दूध र परिकार गुणस्तरीय भएको पाइएको छ ।

(५) गुलिया खाद्यवस्तुको कम उपभोग– चिनी मिसाइएका मिठाईलगायत गुलिया खाद्य र पेयवस्तुले स्वास्थ्यलाई नकारात्मक असर पार्ने भएकाले तिनको उपभोग सीमित गर्नु नै श्रेयकर हुन्छ ।

(६) स्वस्थ पेयवस्तुको उपभोग– प्राकृतिक स्वच्छ पानी नै सबैभन्दा असल पेय हो । ग्रिन टी, कफी एवं हबर्ल, जडीबुटी वा मरमसला टीलाई पनि असल पेय मानिन्छन् । तर, क्याफिनयुक्त पेयमा सीमित हुनु र कुनै पनि मदिराजन्य पेयबाट टाडै बस्नु बुद्धिमानी ठहर्छ । स्वास्थ्यस“ग सम्बन्धित विभिन्न संस्थाले मदिरा अम्मलीका लागि दिनमा बढीमा पुरुषले २ र महिलाले १ ड्रिंक (१ ड्रिंक ≠ ९.५ ग्राम अल्कोहल)सम्म मदिरा पिउन सकिने भनेका छन् । रातो वाइनमा अल्कोहलको अलावा अरू उपयोगी एन्टिअक्सिडेन्ट पाइने भएकाले यसलाई खराबमध्येको असल पेय मान्न सकिन्छ ।

(७) फर्मेन्टेड गरिएका खाना– अल्कोहल नभएका जुनसुकै फर्मेन्टेड खाद्यवस्तु जस्तै साधारण दही, प्रोबायोटिक दही, मोही, गुन्द्रुक, तामा, सिन्की, अचार, किनेमा आदिमा भएका असल ब्याक्टेरिया र रसायनले शरीरको प्रतिरक्षात्मक क्षमता बढाउ“छ । त्यसैले, यस्ता खाना नियमित रूपमा खानुपर्दछ ।

(८) ताजा खाद्यवस्तुमा जोड– स्थानीय ताजा जैविक खाद्यवस्तुलाई प्राथमिकता दिएर नै शरीरको प्रतिरक्षा क्षमता बढाउन सकिन्छ । गाउ“घर र सहरका कतिपय स्थानमा आफ्नो तरकारी र फलपूmल आपैंm उब्जाउन सकिन्छ । प्रशोधन गरिएका खाद्यवस्तुमा धेरै रसायनिक योगशील, धेरै नुन वा चिनी मिसाएर तयार पारिएका हुनाले त्यस्ता वस्तुको उपभोग नगर्नु नै उत्तम हुन्छ । सेतो चामल, पिठोभन्दा कम फलेको चामल र आ“टा खानु नै राम्रो हो । चाउचाउ, बिस्कुट, पास्ताभन्दा आपैंm पिसेको मकै, कोदो, फापर, जौको रोटी पोषणका लागि सर्वश्रेष्ठ हुन्छ ।

(९) खाना पकाउने विधि, परिणाम र समय– प्रायः खाना पकाउादा उसिन्ने वा बफ्याउने गर्नुपर्छ । लगातार लामो समयसम्म तारे, भुटे, पोलेको खाना खानाले क्यान्सरको जोखिम बढाएको तथ्य पत्ता लागेको छ । खानालाई कम नुन र मरमसला, लसुन, प्याज, अदुवा, धनिया“, बेसार आदिले स्वादिलो बनाउन सकिन्छ । सधंै हलुका खाना खाने, प्रशस्त पानी पिउने, कहिलेकाहीँ उपवास बस्ने, बेलुकाको खाना सबेरै र हलुका खाने बानीले शरीरलाई तन्दुरुस्त, फुर्तिलो र प्रतिरोधात्त्मक बनाउन सहयोग गर्दछ ।

(१०) व्यायाम, विश्राम र शान्ति– घर, करेसाबारी वा खेतमा काम गर्ने, पशु स्याहार गर्ने, साइकल कुदाउने, खेल खेल्ने, हि“डडुल गर्नेजस्ता आदतले शरीरका अंगप्रत्यंग चलायमान हुन्छन् र भिटामिन डीको कमीबाट बच्न सकिन्छ । दीर्घायु र स्वस्थ मानिस जा“गरिला स्वाभावका हुन्छन् । व्यायामपछि विश्रामको उत्तिकै आवश्यक छ । उनीहरू दिनमा एक झप्की सुत्ने र रातमा मस्तले सात÷आठ घण्टा सुतेर आराम गर्दछन् । तनावले निन्द्रा लाग्न दिँदैन र कोर्टिसोल र एडे«नालिनजस्ता तनाव हार्मोन बढाउ“छ, जसले शरीरको प्रतिरक्षा प्रणालीमा हानी पु¥याउ“छ । अर्को महŒवपूर्ण कुरा तनाव व्यवस्थापन गरेर शान्तिपूर्ण तरिकाले जीवन यापन गर्नु जान्नु हो ।

अन्त्यमा, यी माथि उल्लिखित कुरामा ध्यान दियौं भने शरीरको कोरानालगायत अन्य भाइरस, अरु कुनै रोग वा असहज परिस्थितिस“ग सजिलै मुकाबिला गर्ने शक्ति बढाउन सकिन्छ । शत्रुले जहिले पनि कमजोर पक्षलाई पहिलो निसाना बनाउने प्रकृतिको साधारण नियमअनुसार कोरोना भाइरसले शरीरको प्रतिरोध क्षमता कमजोर भएका मानिस खासगरी ७० वर्ष नाघेका वृद्धवृद्धा, रोगी, दुव्र्यसनी, खैनी चुराट खाने, रक्सी पिउने, कुपोषित बालबालिका र गर्भवती महिला नै कोभिड–१९ का पनि प्रथम सिकार हुन्छन् । यो भाइरसको पैmलने र संक्रमण गर्ने तरिका पुरै थाहा भइनसकेको वर्तमान अवस्थामा यो भाइरसको संसर्गबाट बच्नु र शरीरको प्रतिरोधात्मक क्षमता बढाउन धेरै भिटामिन र लवणयुक्त खानेकुरा र थोरै कार्बोहाइडे«ट भएका ताजा खानेकुरा खानु, घरीघरी झोलिलो वस्तु (बेसार र मसलायुक्त सुप, ग्रिन वा हर्बल टी इत्यादि) र तातो पानी पिउनु, तनाव नलिनु र खुला स्थानमा हल्का कसरत गर्नु नै यो रोगबाट बच्ने सबैभन्दा उत्कृष्ट उपाय हो ।
(लेखकद्वय प्राडा त्रिविक्रम भट्टराई (बायोटेक्नोलोजी) र प्राडा गंगाप्रसाद खरेल (खाद्य प्रविधि)सँग सम्बन्धित छन् ।)

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी