Sunday, July 12, 2020
Home Not-to-be-missed थापाको कारबाही अनुमोदन

थापाको कारबाही अनुमोदन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथि गरिएको कारबाहीको निर्णयलाई अनुमोदन गरेको छ ।

सोमबार आठ घन्टासम्म चलेको एन्फाको कार्यसमिति बैठकले संस्था र पदाधिकारीमाथि अपशब्द बोलेको आरोपमा जिल्ला अध्यक्ष थापामाथि कारबाही गर्ने सचिवालयको निर्णयलाई अनुमोदन गर्दै अनुशासन समितिमा पठाएको एन्फाले जनाएको छ । ‘च्याट ग्रुपका विषयमा स्पष्टीकरण सोध्दा उल्टै १५–२० वटा प्रतिप्रश्न गरेर पठाएको छ । यस्तो अवस्थामा संस्था निरीह भएर बस्न मिल्दैन । सोही कारण सम्पूर्ण कार्यसमितिसँग छलफल गरेर निलम्बनको कारबाही गरिएको हो ।’ बैठकको निर्णयमा उल्लेख छ । थापाको स्पष्टीकरणपत्र चित्त बुझ्दो नभएको र यस्तो अपशब्दमा संस्था निरीह भएर बस्न नमिल्ने र स्पष्टीकरण सोध्दा उल्टै प्रतिप्रश्न गर्दै जवाफ पठाएको भन्दै कारबाही गरिएको बैठकले निर्णय गरेको छ । यस्तै, बैठकले कोभिड–१९ (कोरोना) भाइरसका सम्बन्धमा फिफाले प्रदान गरेको राहत जिल्ला, ए, बी र सी डिभिजन क्लबलाई समान ७५ हजार र विभिन्न कमिटीलाई आवश्यकताअनुसार प्रदान गरिने निर्णय गरेको छ । यस्तै, बैठकले १५ भदौमा एन्फाको साधरणसभा बस्ने निर्णय गरेको छ ।

अध्यक्ष शेर्पाको अभिव्यक्तिको विषयमा बैठकमा कुरा उठे पनि त्यसबारेमा कुनै निर्णय हुन सकेन । उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र सदस्य दावा लामाले सरकारबाट निर्णय नआएसम्म निलम्बनमा बस्नुपर्ने विषय उठाएका थिए । सदस्य लामाले ललितपुर जिल्ला फुटबल संघको अध्यक्ष थापाको कारबाही विधिसम्मत नरहे पनि पेलेरै कारबाही गर्ने अनुमोदन गरिएको बताए ।

वैशाख २२ गते एन्फा डेको दिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले एन्फा डेको अवसरका ए, बी र सी डिभिजनको भाइबर समूहमा ह्याप्पी एन्फा डे भनेर शुभकामना सन्देश दिएका थिए । त्यसपछि बी डिभिजन क्लब झम्सीखेल युथ क्लबका प्रशिक्षकसमेत रहेका थापाले ‘आज एन्फा डे होइन चोरहरूको श्रीगणेश डे’ हो भनेर लेखेका थिए । त्यसपछि एन्फाले २५ वैशाखमा उनलाई दुई दिनभित्र एन्फाले लिखित स्पष्टीकरण दिन पत्र काटिएको थियो । थापाले २६ वैशाखमा लिखित स्पष्टीकरण दिएपछि एन्फाले थापाको जवाफ चित्त बुझ्दो नभएको भन्दै ५ जेठमा अर्काे साधरणसभासम्मका लागि उनलाई ललितपुर जिल्ला फुटबल संघको अध्यक्षबाट निलम्बन गरेको थियो । त्यसपछि थापाले आफूमाथि गरिएको कारबाही अवैधानिक रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)सहित फिफा, एएफसीलगायतका निकायमा उजुरी दिएका थिए । उनले आफूलाई कारबाही गर्ने वैधानिक अधिकार सचिवालयलाई नभएको भन्दै अवैधानिक कारबाहीमा हस्ताक्षर गर्ने महासचिवसमेतलाई कारबाहीको माग गरेका थिए ।

अध्यक्ष शेर्पालाई कारबाही गर्न माग
अखिल नेपाल फुटबल संघ (एन्फा)मा आबद्ध चार जिल्ला फुटबल संघ (काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ)ले संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले अनियमिता र त्रुटिपूर्ण काम गर्दै आएकाले उनलाई कारबाही र फुटबलको संरक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

काठमाडौंका अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौताम सुजखु, धादिङका अध्यक्ष दीपक खतिवडा र एन्फाबाट निलम्बित ललितपुरका अध्यक्ष पुरुषोत्तम थापाले संयुक्त रूपमा हस्ताक्षर गरेको निवेदन सोमबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा दर्ता भएको छ । एन्फाका पूर्वकोषाध्यक्षसमेत रहेका शाहीले सोमबार सिंहदरबार पुगेर मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय एवं युवा तथा खेलकुद मन्त्रालयमा पत्र बुझाइएको जानकारी गराए । निवेदनमा एन्फा अध्यक्ष शेर्पा स्वेच्छाचारी ढंगले पूर्वाग्रह राखी, व्यक्तिगत लाभ हासिल गर्दै तथा एन्फा र समग्र फुटबलको हितविपरीत कार्य गर्दै आएको आरोप लगाएको छ ।

शेर्पाका कार्यहरू नेपालको कानुनविपरीत, फिफा, एएफसी र एन्फाको विधानविपरीत रहेको निवेदनमा उल्लेख छ । एन्फा अध्यक्ष शेर्पाले केही दिनअघि एक अन्तर्वार्ताका क्रममा तराईमा राष्ट्रियताको कमी रहेको भनाइ विवादमा परेको थियो । नेपाली सेनासँगको सहकार्यमा तराईका ४ जिल्ला सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउने क्रममा शेर्पाको राष्ट्रियताको प्रसंग उठाएका थिए ।

त्यसमा पनि चार जिल्लाका अध्यक्षले शेर्पाको अभिव्यक्ति एन्फा विधान र मुलुकी अपराध संहिता ऐन २०७४ समेत विपरीत भएको उल्लेख गरेका छन् । सोही विषयमा गत बुधबार संसद्मा सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पालाई कारबाही गर्न माग गरेका थिए । अर्कोतिर स्पष्टीकरण चित्त नबुझेको भन्दै साधारणसभाका लागि निलम्बन गरिएका ललितपुर एन्फाका अध्यक्ष थापा पनि अन्य तीन जिल्लाका अध्यक्षसँगै शेर्पाविरुद्ध उभिएका छन् ।

(Visited 60 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

संक्रमितमध्ये ५० प्रतिशत डिस्चार्ज, पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

भर्खरै

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

राजस्व छलीको मुद्दा फछ्र्योटमा सधैं ढिलाइ, कसरी छलिन्छ ? 

काठमाडौं । सरकारले राजस्व छलीको मुद्दा छिटो टुंग्याउन तीन तहका अदालतबाट दुई तहका अदालतले मात्रै हेर्ने व्यवस्था गरे पनि मुद्दाको फछ्र्योटमा ढिलाइ भइरहेको छ...

संक्रमितमध्ये ५० प्रतिशत डिस्चार्ज, पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

म्याग्दी पहिरो : २७ जनाको शव फेला, अझै चार बेपत्ता

पोखरा । म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका व्यक्तिमध्ये २७ जनाको शव भेटिएको छ । घाइते १२ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं,...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)