क्वारेन्टाइनमा एक महिलाको मृत्यु

बैतडी । बैतडीमा एकजना क्वारेन्टाइनमा बसेका ब्यक्तिको मृत्यु भएको छ । जिल्लाको पुरचौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा बसेका भटनाकै २२ बर्षिय सुनिता लुहारको मृत्यु भएको हो । मुटु रोगको बिरामी रहेका लुहारको आज बिहान ५ बजे मृत्यू भएको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताए ।

लुहारको अवस्था हिजो सामान्य रहे पनि आज बिहानै मृत्यू भएको उनले बताए । मृतक लुहार जेठ १६ गते गौरिफन्टा नाकाबाट आएकाेमा १८ गतेदेखि क्वारेन्टाइनमा बसेकी थिइन् । मृतक सहित संगै बसेका ४ जनाको स्वाब संकलन गरि कोरोना परिक्षण गरिनेछ ।

मृतक लुहारका श्रीमान र ३ छोराछोरी रहेका छन् । मृतक भारतको पञ्जावमा मुटुरोगको उपचार गराएर फर्किएको भए पनि आर्थिक अभावका कारण बिगत १२ दिनदेखि औषधी सेबन नगरेको उनका श्रीमान हरिश लुहारले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
फतुवा बिजयपुर नपाका मेयर उम्मेदवार विजय यादवकाे निर्वाचन केन्द्रीत गतिविधि तिब्र