ज्वरो नरोकिएपछि बेलझुण्डीबाट कोरोना संक्रमित रिफर

तुलसीपुर । ज्वरो नरोकिएपछि कोरोना विशेष अस्पताल बेलझुण्डीबाट एक जना कोरोना संक्रमितलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । बेलझुण्डीमा उपचार सम्भव नभएपछि धागो कोरोना विशेष अस्पताल बुटवल रिफर गरिएको कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिनुभयो । अस्पतालमा राखेर तीन दिनसम्म उपचार गर्दासमेत ज्वरो नघटेपछि बबई गाउँपालिका–६ निबासी ३० बर्षका युवकलाई मंगलबार बिहान ११ बजे रिफर गरिएको डा. शर्माले बताए ।

‘नियमित निगरानीमा राखेर उपचार गर्दा समेत ज्वरो एकसय तीनबाट घटेन,’ सदस्य सचिव डा. शर्माले भन्नुभयो –‘हाईग्रेट फिवर आएपछि विभागले लेभल टु मा पठाउनु भनेको छ । त्यसैले गाउँपालिका र परिवारसंग सल्लाह गरेर धागोमा पठायौं ।’ जेठ १६ गते अस्पतालमा भर्ना भएका ती युवकमा परीक्षण गर्दा डेङुगु पनि देखा परेको थियो । यी युवकम केहिदिन पहिल्यै भारतबाट गाउँ फर्किएका थिए । ५१ जना कोरोना संक्रमित रहेको बेलझुण्डीमा रिफर भएपछि ५० जना संक्रमितको उपचार भईरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानिय तह निर्वाचन सर्लाही अपडेट : कसको कति मत (सूचीसहित)