Saturday, January 23, 2021
Home Editor-Picks कोरोनाको मारमा दीर्घरोगी र ज्येष्ठ नागरिक

कोरोनाको मारमा दीर्घरोगी र ज्येष्ठ नागरिक

नेपालमा ४५ लाख मुटुरोगी, २६ लाख ज्येष्ठ नागरिक

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिँदै जाँदा दीर्घरोगी र ज्येष्ठ नागरिक निकै मारमा परेका छन् । ६० वर्षमाथिका र दीर्घरोगीहरू कोरोनाको उच्च जोखिम समूहमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

रोगसँग लडिरहेका र ६० वर्षमाथिका व्यक्तिमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले उनीहरू कोरोनाको थप जोखिममा रहेको जनस्वास्थ्य विज्ञहरूको भनाइ छ ।

मुटु, मिर्गौला, मधुमेह, उच्च रक्तचाप, क्यान्सर र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति कोरोना संक्रमणको उच्च जोखिममा पर्छन् । दीर्घरोगीलाई आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्ने व्यवस्था सरकारको योजनामा परेको छैन । हाल दैनिक २ हजार ५ सय जनासम्मको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुँदै आएको छ ।

मुटुरोगबाट पीडित नागरिक कुल जनसंख्याको १५ प्रतिशत अर्थात् ४५ लाखको हाराहारीमा रहेको अनुमान गरिएको छ । क्यान्सर काउन्सिल नेपालका अनुसार बर्सेनि २६ हजार जना क्यान्सरका बिरामी थपिने गरेका छन् । सरकारी तथ्यांकअनुसार नेपालमा २५ लाख ९५ हजार जना नागरिक ६० वर्षमाथिका छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले दीर्घरोगी र ज्येष्ठ नागरिक कोरोनाको थप जोखिममा रहेको बताए । उनले भने, ‘उनीहरूमा अन्य व्यक्तिमा भन्दा रोगसँग लड्ने क्षमता कम हुन्छ । ज्येष्ठ नागरिक र दीर्घरोगीलाई हेलचेक््रयाइँ गर्नुहुँदैन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना परीक्षणको दायरामा समेटिने बताए । उनले भने, ‘दीर्घरोगी र ज्येष्ठ नागरिकलाई कोरोना परीक्षणको दायराभित्र ल्याउने सरकारले निर्णय गरेको छ । कार्यान्वयन गर्दै लैजान्छौं ।’

राजधानीसहित देशभरका सरकारी तथा निजी अस्पतालले सहज रुपमा सेवाप्रवाह नगर्दा ती बिरामी मर्कामा परेका छन् । लकडाउन लम्बिँदै जाँदा फलोअप आवश्यक पर्ने र दीर्घरोगी मर्कामा परेका हुन् ।

यो पनि पढ्नुहोस   बेहोस अवस्थामा बलात्कार, गर्भ बसेपछि समाजको तिरस्कार

मुटुसम्बन्धी समस्या भएका ४७ वर्षीया पार्वती राणाले भनिन्, ‘फलोअपका लागि काठमाडौं जानुपर्ने थियो । अलिक बढी दुखेको छ । तर, मुलुकभर लकडाउन छ, के गर्नु ?’

मुख्यतः मुटुको समस्या, दम, क्यान्सर र मिर्गौलाको समस्या भएका व्यक्ति अहिले बढी प्रभावित भएका छन् । अहिले पनि अधिकांश अस्पतालले ती बिरामीलाई सहज रुपमा स्वास्थ्य जाँच गरेको पाइँदैन ।

अहिले पनि मानिस अन्य रोगबाट दैनिक मृत्युवरण गर्नु परिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा बन्द नगर्न पटक–पटक आग्रह गर्दै आए पनि कार्यान्वयन हुन सकिरहेको छैन ।

अधिकांश अस्पतालले ओपीडी सेवा पूर्णतः सञ्चालन नगरेको पाइएको छ । सरकारले नियमित स्वास्थ्य सेवा प्रभावित नभएको गुनासो गरे पनि कार्यान्वयनमा आउन सकेको छैन ।

संक्रमित २ हजार नाघे
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । मंगलबार थप २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको हो ।

कुल संक्रमितमध्ये १ हजार ९ सय ४९ पुरुष र १ सय ५० महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशका ६१ जिल्लामा संक्रमण देखिएको छ । नेपालमा हालसम्म संक्रमितमध्ये २ सय ६६ जना निको भएका छन् ।

संक्रमण देखिएकामध्ये आठ जनाको मृत्यु भएको छ । आरटी–पीसीआर प्रविधिबाट ७५ हजार ३ सय ४३ जनाको कोरोना परीक्षण गरीएको छ । देशभर १ हजार ८ सय २५ जना आइसोलेसनमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टिनमा बसेका छन् ।

(Visited 158 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्रीलाई गालीको वर्षा, सडकबाटै हटाउने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको...

साताका लोकप्रिय समाचार

थप ३४८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ । थप ३४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गरिएको थियो । थपिएका...

भ्रष्टाचारमुक्त सुशासनका लागि नागरिक एप

असल शासनलाई सुशासन भनिन्छ । यसका लागि कानूनी शासनलाई नै सुशासनको आधार मानिन्छ । यर्थाथमा राम्रो, असल र व्यवस्थित शासन नै सुशासन हो ।...

ओलीले गल्ती गरेँ भनुन् केही समय जेल राखेर निकालौंला : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले गल्ती गरेको स्वीकारेमा केही समय जेलमा राखेर माफी दिन सकिने बताएका...

राजा र जनताको एकताले प्रजातन्त्र सबल : लोहनी

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन् । ‘देश र...

दुई जना एसिडपीडित महिलालाई आयल निगमले दियो जागिर

काठमाडौँ । नेपाल आयल निगमले तेजाब आक्रमणमा परेका दुई जनालाई रोजगारी दिने भएको छ । निगममले ओखढुंगाकी पवित्रा कार्की र नवलपरासीकी बसन्ती परियारलाई सहायक...

ट्रेन्डिङ

माइती हिँडेकी आमा सहित तीन सन्तानकाे खाेलाले बगाएर मृत्यु

कालिकाेट । जिल्लाको नरहरीनाथ गाउँपालिका ७ उच्छवको दुदुली खोलाले बगाउँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । निरन्तर बर्षाका कारण बढेकाे खाेला तर्न जाँदा...

कोरानाबाट मृत्यु भएका शिक्षकका गाउँले ३० जनाको पिसिआर रिपोर्ट नेगेटिभ

गुल्मी । कोरोना संक्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँलेको पिसिआर् रिपोर्ट नेगेटिभ आएको छ । बुटबलमा कोरोना पुष्टि हुँदाको अर्को दिन...

एसईईको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले एसईई परीक्षाको नतिजा प्रमाणीकरण गरेपछि सार्वजनिक...

एक वर्षमा झन्डै ४ खर्ब राजस्व संकलन

काठमाडौं । आन्तरिक राजस्व विभागले एक वर्षको अवधिमा ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैयाँ राजस्व उठाएको छ । विश्व महामारीका रूपमा संसारभर फैलिएको...

‘कित्ताकाट सम्पूर्ण रुपमा खुला गरेको होइन’

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट सम्पूर्ण रुपमा खुला गरेको नभई थप व्यवस्थित र कानून बमोजिम मात्र बनाउन खोजेको...

खेलकुद मन्त्री तामाङलाई कारवाही गर्न नेकपा सिन्धुपाल्चोकको सिफारिस

सिन्धुपाल्चोक । केपी ओली समुहको नेकपाबाट युवा तथा खेलकुद मन्त्री भएका नेकपा केन्द्रीय सदस्य एवम जिल्ला सचिव दावा तामाङलाई कारवाही गर्न नेकपा सिन्धुपाल्चोकले केन्द्रमा...

मोटरसाइकलको ठक्करले घाइते भएकी राधा पैसा तिर्न नसक्दा अस्पतालमै बन्दक

सर्लाही । सर्लाहीको मल‌ंगवा नगरपालिका स्थित गम्हरियाकी राधादेवी अस्पतालमा बन्दक बनेकी छिन् । मोटरसाइकलको ठक्कर बाट घाईते भएकी राधा देवी उपचार खर्च तिर्न नसक्दा...

बजारमा सामसङको नयाँ दुई फोन सेट

 
यो पनि पढ्नुहोस   बेहोस अवस्थामा बलात्कार, गर्भ बसेपछि समाजको तिरस्कार
काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्राण्ड सामसङ नेपालले हालै आफ्नो प्रि अडर अफर अन्तर्गत ग्यालेक्सी S20 स्मार्टफोन प्रस्तुत गरेको छ । सामसङको...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

थप ३०२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

ओलीलाई तह लगाउन नसकेकोमा प्रचण्डद्धारा आत्मालोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित प्रदर्शनपछिको...

भर्खरै

प्रधानमन्त्रीलाई गालीको वर्षा, सडकबाटै हटाउने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको...

राष्ट्रिय एकता र सुरक्षामा उल्लेख्य प्रगति गरेको सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं । सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको...

६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका...

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

धेरै पढिएका

नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपबारे भारतले आज निर्णय गर्ने

नयाँदिल्ली । नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपका विषयमा भारतले आज निर्णय गर्दैछ । आज दिउँसो बस्दै भारतको केन्द्रीय स्वास्थ्य समितिको बैठकले नेपाललाई उपलब्ध गराउने...

अपार्टमेन्ट नै असुरक्षित, छैन अनुगमन

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरी क्षेत्रमा आवास प्रयोजनका लागि निर्माण भएका गगनचुम्बी अपार्टमेन्ट तथा ठूला व्यापारिक भवन आगलागीलगायत प्रकोपको दृष्टिले असुरक्षित देखिएका...

ओलीले पद छोड्दैनन्, हिक्कहिक्क हुँदा पनि बसिरहन्छन् : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित प्रेस संगठन...

चिनी उद्योगीले उखु किसानलाई ५७ करोड भुक्तानी गरे

काठमाडौँ । चौतर्फी दवावपछि चिनी उद्योगीले उखु किसानलाई ५७ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेका छन् । सरकारले गत १३ पुसमा उखु किसानसँग गरेको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)