मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले आम नागरिकलाई आफ्नो पूर्ण सूरक्षा अपाउनँदै काममा र्फकन आपिल गरेका छन् । भारतमा लक गाउन खुकुलो भएपछि मानिसहरु बिना सावधानी काममा फर्किएका छन् । यसै क्रममा एउटा भिडियो विज्ञापन मार्फत भारतीय स्वास्थ्य मन्त्रालयका तर्फबाट अभिनेता अक्षय कुमारले यस्तो अपिल गरेका हुन् ।
सरकारसँग अनुमति लिएर उनले यो विज्ञापन हालै छायाँकन गरेका हुन् । भिडियोमा उनी गाउँको कामदारको रुपमा छन् । गाउँका मुखियाहरुले मास्क नलगाएको, कोरोना’bout सावधानी नअपनाएको देखेर मजदुरको भूमिकामा रहेका अक्षय कुमारले कामको समयमा पनि मास्क लगाउन आह्वान गरेका छन् ।
यसमा बब्लुको चरित्र नभाएका अक्षय कुमारले कोरोनाबाट डराउनु भन्दा पनि पूर्ण सुरक्षा अपनाएर मात्र काममा फर्कनुपर्ने बताएका छन् । अहिले पनि भारतमा कैयौंले कोरोनालाई वेवस्ता गरेर काममा फर्किएको अबस्थामा अक्षय कुमारको यो भिडियो सन्देश सार्थक हुने विश्वास त्यहाँको स्वास्थ्य मन्त्रालयको छ ।