रुखमा बाधेर आफ्नै छोरी बलत्कार गरेको आरोपमा बुवा पक्राउ

डडेल्धुरा । आफ्नै छोरीलाई रुखमा बाँधेर बलत्कार गर्ने बुवालाई प्रहरी पक्राउ गरेको छ । कैलालीको चुरे गाउँ पालिका–५ भासु बजारमा बस्दै आएका ४५ वर्षियले आफ्नै जेठी छोरीलाई जंगलमा लगी रुखमा बाँधेर बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले गएराति १० बजे पक्राउ गरेको छ ।

जेठ १७ गते रुखमा बाधेर बलत्कार गरेको भन्दै पीडित युवतिले उजुरी दर्ता गरेकी थिईन । उजुरी दर्ता भएदेखी फरार रहेका उनका बुवालाई मंगलबार राति १० बजे सहजपुरको जंगलबाट पक्राउ गरेको ईलाका प्रहरी इन्चार्ज इन्सपेक्टर माधब विश्वकर्माले बताएका छन् । भासुको जंगलमा रुखमा हात र खुट्टा बाँधेर बलत्कार गरेको र कसैलाई खबर गरे मार्ने धम्कीसमेत दिएको पीडित महिलाको भनाइ रहेको समेत इन्सपेक्टर विश्वकर्माले बताए ।

पीडित युवतीलाई उपचारका लागी पठाइएको र पिडक बुवालाई कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको छ । यस्तै डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ११ बसोबास गर्ने खडकबहादुर भाटले स्थानीय १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा मंगलबार नै प्रक्राउ गरि जिल्ला अदालबाट १० दिनको म्या थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 531 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ