Wednesday, September 22, 2021
Your Ads Here
Homeअर्थसिँचाइमार्फत रोजगारी सिर्जना

सिँचाइमार्फत रोजगारी सिर्जना

,
sharethis

काठमाडौं । सरकारले सिँचाइमार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण स्वदेशमै रोजगारी गुमाएका र विदेशबाट फर्कनेका लागि कृषि क्षेत्रमा रोजगारी सिर्जना हुनेगरी बजेट व्यवस्था गरिएको हो ।

आगामी आर्थिक वर्ष २०७७-७८ का लागि सिँचाइ मन्त्रालयको बजेट २८ अर्बको रहेको छ । जसमध्ये ६ अर्ब प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारीमै खर्च गरिने मन्त्रालयको योजना छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा बजेटमा ‘समृद्ध तराई–मधेस विशेष कार्यक्रम’अन्तर्गत तराईका २० र भित्री मधेसका ५ जिल्लामा २ सय ४७ वटा डिप ट्युबेल र ५ हजारवटा स्यालो ट्युबेल अनुदानमा वितरण गर्ने कार्यक्रम रहेको छ । ऊर्जामन्त्री वर्षमान पुनले कृषि मन्त्रालयसँगको समन्वयमा कृषि क्षेत्रबाट अधिकतम रोजगारी सिर्जना गर्ने उद्देश्यले ठूला सिँचाइ आयोजनाका साथै तराई क्षेत्रका लागि ट्युबेल वितरण गर्न लागिएको बताएका छन् । मन्त्री पुनले भने, ‘कोभिड–१९ का कारण विदेशमा रोजगारी गुमाएर एकैपटक हजारौं युवा स्वदेश फर्कने अवस्था देखिएको छ, उनीहरूका लागि कृषि क्षेत्रमा रोजगारी दिने गरी कार्यक्रम ल्याएका छौं ।’

एक जना कामदारले एक दिनमा गर्ने कामलाई ‘एक श्रम दिन’ मानिने आधारमा ‘जनताको तटबन्ध’ कार्यक्रमअन्तर्गत नदी नियन्त्रणमार्फत ५० लाख श्रमिकलाई प्रत्यक्ष रोजगारी दिइने योजना रहेको

स्यालो र डिप दुवै ट्युबेलबाट २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्न सकिने मन्त्रालयले जनाएको छ । सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सिँचाइ आयोजना निर्माण गर्दा समय धेरै लाग्ने र तत्काल प्रतिफल नदेखिने भए पनि ट्युबेलबाट तत्काल प्रतिफल आउने बताएका छन् । उनले भने, ‘विदेशबाट फर्कने र देशभित्रै रोजगारी गुमाएका लागि तत्काल कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्न ट्युबेलमा जोड दिएका हांै, ‘सिँचाइ राम्रो हुनेवित्तिकै धेरैतिर सकारात्मक नतिजा आउँछ, यसको ‘चेन इफेक्ट’ हुन्छ छ ।’

त्यस्तै, बजेटमा ‘जनताको तटबन्ध’ कार्यक्रमअन्तर्गत नदी नियन्त्रणमार्फत ५० लाख श्रमिक दिनबराबर प्रत्यक्ष रोजगारी दिने मन्त्रालयको योजना रहेको छ । एक जना कामदारले एक दिनमा गर्ने कामलाई ‘एक श्रम दिन’ मानिन्छ । बजेटमा महाकाली, नारायणी, कोसी, बक्राहालगायत ठूला र अरू दर्जन बढी साना नदी नियन्त्रणको कार्यक्रम समेटिएको छन् । नदी नियन्त्रणका क्रममा उकास हुने जमिनमा कृषि उत्पादन गर्ने योजना पनि मन्त्रालयको छ । व्यक्तिगत स्वामित्वको जमिन भए किसानलाई र सार्वजनिक जमिन भए कृषि कार्यका लागि लिजमा दिइने भएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नेप्से सूचक १०४.८८ अंकले बढ्याे

सिँचाई मन्त्रालयले पहाडी तथा उच्च पहाडी क्षेत्रमा रहेका सुख्खा टारमा सिँचाइ पु-याउने कार्यक्रमसमेत मन्त्रालयले अघि सारेको छ । एकीकृत ऊर्जा तथा सिँचाइ विशेष कार्यक्रमअन्तर्गत विद्युत् सेवाको पहुँच पुगेका स्थानमा विद्युत् प्रयोग गरेर र विद्युत् पहुँच नपुगेका स्थानमा सोलार प्रविधिको प्रयोग गरी सिँचाइ पु¥याइने योजना रहेको छ । पहाडी क्षेत्रमा रहेका ससाना कृषि पकेट क्षेत्र र सुख्खा टारका लागि सिँचाइ पु¥याउने तथा विद्युत् नपुगेका स्थानमा सोलारमार्फत विद्युतीकरण गर्ने एकीकृत ऊर्जा तथा सिँचाइ विशेष कार्यक्रमको लक्ष्य छ ।

त्यस्तै, हाल निर्माणाधीन पाँच राष्ट्रिय गौरवका आयोजनालाई समेत निरन्तरता दिइएको छ । महाकाली सिँचाइ आयोजनालाई आगामी आर्थिक वर्षभित्रै राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिने बजेटमा उल्लेख छ । महाकाली नदीबाट पानी ल्याएर कैलाली र कञ्चनपुरमा सिँचाइ गर्ने मूल लक्ष्य रहेको सो आयोजनाबाट ३३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने भएको छ । हाल २८ हजार हेक्टर क्षमताको रानीजमरा, २४ हजार ७ सय ६६ हजार हेक्टर क्षमताको सिक्टा, ३६ हजार हेक्टर क्षमताको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना रहेका छन् । सिन्धुलीको सुनकोसीबाट अनारमनिरसम्म सुरुङ निर्माण गरेर प्रदेश–२ का जिल्लामा सिँचाइ सुविधा पु-याउने र विद्युत् उत्पादन गर्ने सो आयोजनाको लक्ष्य हो । सो आयोजनाबाट बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीका १ लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुग्ने भएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 131 times, 1 visits today)

आजको समाचार

राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले...

रूपा सुनारलाई काेठा भाडामा नदिने सरस्वतीसंग १ लाख १५ हजार धराैटी माग

  काठमाडाैं ।  दलितलाई कोठा भाडामा नदिएर जातीय विभेद गरेको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानसँग जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी...

कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ । आफ्नो गोदाममा रहेको कुहिएको झन्डै...

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न...

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...

साताका लोकप्रिय समाचार

ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनतालाई उत्तेजित बनाउन कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले...

राजनीतिमा परिवर्तनको अपिल गर्दै विश्वप्रकाशले सार्वजनिक गरे २४बुँदे अवधारणा पत्र

  काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् । संविधान दिवसको अवसर पारेर शर्माले गृहजिल्ला झापाको बिर्तामोडबाट...

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

बागलुङमा राजनीतिक गतिविधि चलायमान

बागलुङ । बागलुङमा राजनीतिक गतिविधि चलायमान भएका छन् । कोरोना त्रासको कारण लामो समयदेखि बन्द गरिएको सामुहिक भेला, गोष्ठी, सभा, सम्मेलन जस्ता कार्यक्रम कोरोनाका...

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी...

ट्रेन्डिङ

युरोकपः इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रिया विजयी

लन्डन । युरोकप फुटबलमा इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रियाले विजयी सुरुवात गरेका छन् । शनिबार भएको समुह डि को खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १–० ले हराएको...

कोरोना संक्रमणबाट स्याङ्जामा १८ जनाको मृत्यु

स्याङजा । कोरोना संक्रमणबाट स्याङ्जामा १८ जनाले ज्यान गुमाएका छन् । बैशाखको दोस्रो सातादेखी हाल सम्म जिल्लामा दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)