बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाका थप ३१ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट फर्केर गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसीरहेका ३१ जनाको मंगलबार आरडटी जाँच गर्दा रिपोट पोजेटिभ आएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले जानकारी दिए । १३१ जनाको आरडीटी परीक्षण गर्दा ३१ जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए । १९ देखि ३२ बर्षसम्मका ३० पुरुष र २८ बर्षीया एक महिलाको आरडीटी रिपोट पोजेटिभ आएको हो ।
यो संगै शिवनाथ गाउँपालिकामा २८२ जनाको आरडिटी परीक्षण गर्दा ४० जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । आरडिटी पोजेटिभ आएका व्यक्तिहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी पठाइने शिवनाथ स्वास्थ्य शाखा प्रमुख महताले जानकारी दिए । आरडीटी पोजेटिभ देखिएका ६ जनाको यसअघि नै स्वाब संकलन गरेर पठाइसकेको भएपनि रिपोट भने नआएको उनले बताए । आरडीटी रिपोर्ट पोजेटिभ आएपछि स्थानीयहरुमा कोरोनाको त्रास बढेको छ ।
भारतबाट फर्केका शिवनाथका ४ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसीआर परीक्षण गर्दा जेठ १० गते कोरोना पुष्टि भएको थियो भने शिबनाथकै अर्का एक २२ बर्षीय युवकले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।