काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबत्ता डा. विकास देबकोटाले तरकारीबाट कोरोना संक्रमण नहुने बताएका छन् । आज भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले तरकारी लगायत खाद्यान्ह नष्ट नगर्न आग्रह गरे ।
केही दिन अघि कास्की लगायतका केही जिल्लामा जनप्रतिनिधी र सुरक्षाकर्मीकै रोहवरमा तरकारी गाडेको भिडियो सार्वजनिक भएको थियो । केही स्थानिय तहले लकडाउन शीर्षकमा नेपाली किसानको तरकारी बजारमा पु¥याउनबाट रोकेर भारतीय बजारको तरकारी नेपाल भित्र्याउन भुमिका खेलेका छन् ।