Sunday, July 12, 2020
Home बिचार संकट र चुनौतीलाई अवसरमा बदलौं (विशेष प्रकाशकीय)

संकट र चुनौतीलाई अवसरमा बदलौं (विशेष प्रकाशकीय)

दिगो विकास, सुशासन र सकारात्मक सोचको पैरवी गर्दै मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाउन उल्लेख्य भूमिका खेल्दै आइरहेको ‘राजधानी राष्ट्रिय दैनिक’ आजदेखि १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको छ । विश्वले नै कोरोना भाइरस (कोभिड–१९)को महामारीविरुद्ध लड्दै अकल्पनीय संकटको सामना गरिरहेको छ । यतिबेला महामारीमाथि विजय हासिल गर्न राष्ट्रिय एकता र सहकार्य आवश्यक छ । हरेक संकटले अवसर पनि लिएर आएको हुन्छ । हामी सबै मिलेर यो संकट र चुनौतीलाई अवसरका रुपमा परिणत गर्न सक्नुपर्छ ।

वार्षिकोत्सवका अवसरमा हामी हाम्रा श्रद्धेय पाठक, विज्ञापनदाता, सहकर्मी, शुभेच्छुकलगायत सबै जनतालाई उच्च मनोबलसहित रोग प्रतिरोधात्मक शक्ति बढाएर कोरोना कहरको सामना गर्न विनम्र आग्रह गर्दछौं । संकटमा पनि यहाँहरूले हामीलाई दिनुभएको न्यानो माया, सहयोग र साथप्रति हामी कृतज्ञ छौं र यहाहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । हामी यस्तो संकटपूर्ण अवस्थामा आमपाठक र जनताको सुुसूचित हुन पाउने हकको संरक्षण गर्नकै लागि ज्यानलाई जोखिममा राखेर निरन्तर पत्रिका प्रकाशन गरिरहेका छौं । चुनौतीलाई अवसरमा परिणत गर्नुपर्ने मान्यताअनुसार पाठकवर्ग र सम्पूर्ण जनताको माया–ममता पाएमा हामी जस्तोसुकै चुनौती सामना गर्न तयार हुने प्रतिबद्धता व्यक्त गर्दछौं । यहाँहरूको माया र साथ हाम्रा लागि थप ऊर्जा, शक्ति र कोभिड–१९ विरुद्ध लड्ने तागतसमेत हुनेछ । हामी सबै मिलेर कोरोनाविरुद्धको लडाइँमा छिट्टै सफलता हासिल गर्नेछाैं ।

यस्तो संकटकालीन अवस्थामा जिम्मेवार र उत्तरदायी पत्रकारिता आवश्यक छ । जस्तोसुकै संकट बेहोर्नु परे पनि हामी जिम्मेवारी र उत्तरदायित्वबाट एक इन्च पछि हट्नेछैनौं । हामी ध्वंसात्मक खबरदारीमा किञ्चित विश्वास गर्दैनौं । सिर्जनाका फूलहरू रोप्ने वातावरण बनाउनु हाम्रो कर्तव्य हो त्यसैले समग्र राज्य प्रणाली र तीनवटै सरकारको कोभिड–१९ विरुद्धको लडाइँ तथा विकास र समृद्धिको यात्रामा निरन्तर रचनात्मक र सिर्जनात्मक खबरदारी गरिरहनेछौं । तर, कुशासनको चक्र चलाउन खोज्ने कुनै पनि सरकारी, गैर सरकारी निकाय तथा निजी क्षेत्रसँग हामी कहिल्यै कुनै प्रकारको सम्झौता गर्दैनौं । सरकारले कोभिड–१९ विरुद्ध चालेका हरेक योजना र कार्यक्रम पादरर्शी, प्रभावकारी र जनहितअनुकूल हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । यतिबेला सरकारले घरघरमा पुगेर चह¥याइरहेको घाउमा मलम लगाउनुपर्छ भन्ने हाम्रो ठहर हो । संकटको अवस्थामा सरकारी अधिकारीहरूले रातदिन काम गरेर परिणाम निकाल्नुपर्छ । जनताको मन जितेर उदाहरणीय काम गर्ने संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिको हामी गाथा गाउन हर्दम तयार छौं तर जनविरोधी काम गर्ने र निर्लज्ज रूपमा भ्रष्टाचारमा डुब्ने व्यक्तिविरुद्ध हामी कठोर बन्नेछांै । कोभिड–१९ विरुद्धको लडाइँ जारी रहँदा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासमा पनि उत्तिकै ध्यान दिनुपर्छ भन्ने हाम्रो मान्यता छ ।

सत्तामा बसेका शासकहरुमा राष्ट्रप्रति समर्पण र राष्ट्रियताप्रति सम्मानको भावना विकास गराउँदै, आम नागरिकमा सकारात्मक सोच वृद्धि गर्दै र विकासमा साझेदारी गराउँदै होस्टेमा हैँसे गराउन हाम्रा कलम अविच्छिन्न रुपमा अघि बढिरहनेछन् । हामी मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानको रक्षाका लागि जस्तोसुकै योगदान दिन तयार छाैं । जन्मभूमि प्राणभन्दा प्यारो छ त्यसैले सीमा सुरक्षाका लागि हामी सधंै सरकारसँगै हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछाैँ ।

अन्त्यमा, कोरोनाविरुद्धको लडाइँमा सधैं आमजनता र पाठकको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै जस्तोसुकै संकटका बाबजुद पनि हामी हाम्रा सामग्रीलाई थप विश्वसनीय, भरपर्दो र सबैको प्रिय बनाउन संवेदनशील भएर लागिरहने प्रण गर्दछौं ।

महेन्द्र शेरचन
अध्यक्ष तथा प्रबन्ध निर्देशक
राजधानी न्युज पब्लिकेसन प्रालि

(Visited 208 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

भर्खरै

बबई नदीको बाढीमा बगेर एक दम्पती बेपत्ता

धम्बोझी । बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएका छन् । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा...

पहिरो पीडित भन्छन्, ‘तान्दातान्दै श्रीमती र छोरीलाई पुर्यो’

म्याग्दी । धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन...

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

गायक हिमाल सागर पनि अब नायक

काठमाडौं । गायक हिमाल सागरले आफू नायकका रूपमा नयाँ चलचित्रमा अनुबन्धित भएको र अमेरिकामा अब सो चलचित्रको छायांकन गर्ने बताएका छन् । सामाजिक सञ्जाल...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)