Sunday, July 12, 2020
Home बिचार राष्ट्रवादका आयम

राष्ट्रवादका आयम

शब्द पुरानै भए पनि परिस्थितिअनुसार नयाँ छालहरू तरंग गराउन सक्ने शब्द हो राष्ट्रवाद । राष्ट्रवाद बहुविश्लेषणले मूर्तबाट अमूर्त बनाइएको शब्द पनि हो । समय र परिस्थितिअनुसार राष्ट्रवादलाई बुझ्न सकिएन भने मानिसले निमेषभरमै अराष्ट्रिय तŒवको बिल्ला भिर्नुपर्ने हुन्छ । ट्युनिङ मिलेको खण्डमा भने सानो कुराले पनि व्यक्ति राष्ट्रवादको मसिहा नै भइदिन्छ । १८औं शताब्दीबाट सुरु भएको राष्ट्रवादी सोचले आफ्नो विश्वयात्राका दौरान विभिन्न पात्र र प्रवृत्ति जन्माएको छ । नेल्सन मन्डेला, गान्धी, लुथर किङ जुनियर, हिटलर, मुसोलिनी, ली कुआन, ट्रम्प, पुटिन सबै राष्ट्रवादले समयक्रममा जन्माएका पात्र हुन् । तालिबान, रिबेलजस्ता समूह पनि पनि राष्ट्रवादका सन्तति नै हुन् । यी फरकफरक पात्र र प्रवृत्तिले राष्ट्रवादलाई बहुआयमिक बनाएका छन् ।

सामान्य भाषामा राष्ट्रवाद भनेको राष्ट्रप्रतिको अगाध आस्था र गौरवको अनुभूति हो । राष्ट्रिय स्वभिमान, सार्वभौमिकता, सीमा र जनताको रक्षा गर्नु यसका विशेषता हुन् । राष्ट्रवादी सोचले आफ्नो राष्ट्र र राष्ट्रिय हितलाई सबैभन्दा बढी महŒव दिएको हुन्छ । आफ्नो राष्ट्र र राष्ट्रियताप्रतिको अद्वितीय, अविचलित भावना र कर्तव्यबोध राष्ट्रवादको उच्चतम बिन्दु हो । मानवता, सांस्कृतिक मूल्यमान्यताको संरक्षण, न्याय, विकास र समग्र राष्ट्रको सकरात्मक परिवर्तन राष्ट्रवादका मूल मुद्दा हुन् । तर, बहुआयामिक राष्ट्रवाद यतिमा मात्र सीमित छैन । वर्तमान परिस्थितिमा त राष्ट्रवाद सत्ता प्राप्तिको बलियो आधार भएको छ । युरोपको इटाली, हंगेरी, टर्कीदेखि महाशक्ति राष्ट्र अमेरिका होस् वा विश्वमा उदीयमान देशह ब्राजिल, साउथ कोरिया र भारतलगायतका देशका वर्तमान शासकको सत्तारोहणको मुख्य आधार तिनीहरूले प्रस्तुत गरेका राष्ट्रवादी चिन्तन नै हुन् । मोदीको धार्मिक राष्ट्रवाद होस्, ट्रम्पको ‘अमेरिका फस्ट’ वा बेलायत ईयूबाट फिर्ता आउनु सबै जनताबाट अनुमोदन गरिएका राष्ट्रवादी सोच हुन् ।

राष्ट्रियतालाई चुनावी नाराका रूपमा मात्र प्रयोग गर्नेलाई कदापि वास्तविक राष्ट्रवादी मान्न सकिँदैन

राष्ट्रवादी सोच र सत्ता आरोहणको सम्बन्ध विश्वव्यापी भइसकेको छ । जसको छनक गत चुनावमा हामीले पनि देखेभोगेको हो । अहिले यो वा त्यो रूपमा राष्ट्रवादी भई टोपलेपछि नेतृत्वमा अन्य गुण वा भिजन नभए पनि फरक नपर्ने परिस्थिति सिर्जना गरिएको छ । राष्ट्रिय हित र मुद्दामा लाग्नुभन्दा पनि अरू कसैको विरोध गरेर आफूले आफैंलाई राष्ट्रवादी घोषणा गर्नेको जमात पनि राजनीतिमा स्थापित भइरहेको छ । यसले कालान्तरमा राष्ट्रलाई नोक्सान मात्र पु¥याउँछ । परिस्थिति यस्तोसम्म बनेको छ कि त्यस्ता ढोंगी राष्ट्रवादी र तिनको कार्यशैलीका बारेमा केही प्रश्न मात्र उठाएको खण्डमा उल्टै अराष्ट्रिय तŒवको ट्याग भिर्नुपर्ने अवस्था आएको छ । यो पनि राष्ट्रवादको एउटा नयाँ आयामको रूपमा स्थापित हुँदै छ ।

यस्ता राष्ट्रवादीको गुणगान बढ्दै गयो भने यिनीहरूमा मुगाबे प्रवृत्ति हाबी हुने देखिन्छ । जसले राष्ट्र र राष्ट्रियताको नाम भजाएर लामो समय जिम्बाबेमा शासन गरेर जिम्बाबेलाई यो हविगतमा पु¥याए । उनी पनि नारामा कम राष्ट्रवादी थिएनन् । मानव समुदायले भोगेका दुई विश्व युद्ध पनि राष्ट्रवादी सोचका उपज हुन् । शासकबीच आफूलाई राष्ट्रवादी देखाउने होडका कारण सिर्जित चरम राष्ट्रवादी सोचले निम्त्याएको यो नरसंहारबाट पनि मानव समुदायले वास्तविक राष्ट्रवादको पहिचान गर्न नसक्नुलाई दुर्भाग्य नै मान्नुपर्दछ । राष्ट्रवाद केही हदसम्म भावनात्मक कुरा पनि हो । तर, राष्ट्रवादका नाममा नेतृत्व भावनामा डुब्दै गएमा यसले व्यक्तिलाई भीमसेन थापाको हालतमा पु¥याउन सक्छ । भावनात्मक राष्ट्रवादले भीमसेन सेरिएर मर्नु प¥यो भने मुलुकले आफ्नो भूमि गुमायो । राष्ट्रवादीले कूटनीतिक चातुर्यभन्दा बदलाको भावना र सन्की स्वभाव प्रस्तुत गर्ने र अन्य बाटोभन्दा युद्धमार्फत मुलुक जोगाउन सकिन्छ भनेर विश्वास गर्ने सन्की राष्ट्रवादले मुलुकलाई तत्कालीन जर्मनी र नेतृत्वलाई हिटलरको बाटोमा नपु¥याउला भन्न सकिन्न ।

देश निर्माणको साध्य बन्नुपर्नेमा अहिले राष्ट्रवाद राजनीति र सत्ताको साधनका रूपमा देखापरिरहेको छ । कालान्तरमा यो समग्र विश्वका लागि दुर्भाग्यपूर्ण हुनेमा अब शंका मान्नुपर्दैन । जब नाम मात्रको राष्ट्रवादी शासकले आफ्नो अस्तित्व संकटमा परेको महसुस गर्छ । ऊभित्र एक किसिमको अहंकार देखापर्दछ । यस्तो अहंकारी सोच एकदम खतरनाक हुन्छ । यस्ता राष्ट्रवादीले आफ्नो पहिचान र अस्तित्वका लागि मानवता, राष्ट्रियता सबै बिर्सन सक्दछन् । जुन कुरा सिरियामा बसर अल असदले पुष्टि गरिसकेका छन् ।

राष्ट्र संकटमा परेको बेला विभिन्न अभियानका माध्यमबाट राष्ट्रवादका नारा घन्काउने जमात हुन्छ । तुलनात्मक रूपमा शिक्षित र सभ्य देखिने यस्ता अभियन्ताहरूले ससाना व्यक्तिगत, पारिवारिक र सामाजिक घटनालाई राजनीतिक एजेन्डाका रूपमा प्रस्तुत गर्ने तथा राष्ट्रिय समस्या समाधानमा पनि आफ्नो सक्रिय उपस्थितिको भान पारेर आफूलाई मानवता र देशभक्तिसहितको राष्ट्रवादीको रुपमा प्रस्तुत गर्ने परिपाटी पनि विकास भएको पाइन्छ । नेपालजस्तै तेस्रो विश्वका मुलुकमा यस्ता राष्ट्रवादी अभियन्ताको जमात नै भेट्न सकिन्छ । समयको प्रवाहसँगै यस्ता राष्ट्रवादीको अस्तित्व नै विलय भएका धेरै दृष्टान्त छन् ।

समाज र राज्यमा दबिएका, दबाइएका जाति र सम्प्रदायलाई पीडा र दबाबबाट मुक्त बनाएर मूलधारमै स्थापित गराउने सोचका साथ शोषक भनिएकासँग सशस्त्र युद्ध गर्ने अर्काथरी राष्ट्रवादीमा सत्ताको रसास्वादन गरिसकेपछि देखिने परिवर्तनका बारेमा सायद उल्लेख गर्नु नपर्ला । नेपालको माओवादी आन्दोलन र कोलम्बियाको फार्क विद्रोही यसका जीवित इतिहास हुन् । पछिल्लो समयका राष्ट्रवादीको चर्चा गर्दा सद्दाम हुसेन, किम जोङ, डुर्टेटको नाम भुल्नु अन्याय नै हुन सक्छ । यिनीले छुट्टै खालको राष्ट्रवादी आयमको नेतृत्व गरेका थिए र छन् । व्यवस्थाका आधारमा उनीहरू कस्ता थिए त्यो विश्लेषणको विषय होला तर उनीहरूको राष्ट्रवादमा शंका गर्ने ठाउँ थिएन र छैन पनि । कुनै धर्मलाई आधार मानेर वा धर्ममा राजनीति गर्ने धार्मिक अतिवादीले र आर्थिक उदारीकरणका नाममा निजीक्षेत्र र नाफालाई मात्र महŒव दिने नवउदारवादीले पनि समयक्रममा आफूलाई राष्ट्रवादीको खेमामा उभ्याइसकेका छन् ।

सबै राष्ट्रवादी प्रतिउत्पादक हुँदैनन् । राष्ट्रवादीको दर्बिलो उपस्थितिले नै संसारबाट साम्राज्यवादको अन्त्य भएको हो । राष्ट्र निर्माणको मूल उदेश्य लिएर निश्चित भिजनका साथ नेतृत्वदायी भूमिका निर्वाह गरेका र कठिन परिस्थितिमा पनि देश र जनताको मुक्तिका लागि अद्वितीय योगदान दिने व्यक्ति तथा प्रवृत्ति वास्तविक देशभक्त र राष्ट्रवादी हुन् । मन्डेला र गान्धीले स्थापित गरेका राष्ट्रवादी आयम वास्तविक राष्ट्रवादी आयम हुन् । जसले राष्ट्रिय स्वाधीनता, स्वाभिमान, जनताको मुक्ति र राष्ट्रिय हितमा कहिल्यै सम्झौता गरेनन् । अझ राष्ट्रलाई कठिन समयबाट छुटकारा दिलाउन उनीहरूले प्रयोग गरेको कूटनीतिक चातुर्य वास्तविक राष्ट्रवादी थियो । जसले राष्ट्रमा थप क्षति हुन दिएन । राष्ट्रवादको यो आयाम सर्वस्वीकार्य थियो । राष्ट्रवाद बोलिमाभन्दा व्यवहारले पुष्टि गर्ने विषय हो । दोस्रो विश्वयुद्धले जापानमा स्थापित राष्ट्रवादी चिन्तन र त्यसकै पृष्ठभूमिमा उसले गरेको परिवर्तन, राष्ट्र निर्माणमा उनीहरूले देखाएको दृढता र एकता वा पछिल्लो समयमा चीनले समातेको नीति र राष्ट्रपति सीले अपनाएको बाटो, यी सबै वास्तविक र देशभक्त राष्ट्रवादी चिन्तनका दृष्टान्त हुन् । यसरी हेर्दा यो वा त्यो रूपमा सबैले आफूलाई कुनै न कुनै आधारमा राष्ट्रवादीको कित्तामा उभ्याएका छन् । अब प्रश्नको राष्ट्रवादी भन्ने भन्दा पनि कस्तो राष्ट्रवादी भन्ने हो ।

राष्ट्रियताको नारा दिएर सत्तारोहण गर्ने अनि मुगाबे शैलीमा लामो समय शासन गर्ने र राष्ट्रलाई दलदलमा फसाउने र जब राष्ट्र अप्ठ्यारोमा पर्छ अनि मिर जाफर बनेर पद र पैसा लुड्याउने, सत्तामा हुँदाभन्दा बाहिर बस्दा राष्ट्रियतामा बहस गर्न रुचाउने र राष्ट्रियतालाई चुनावी नाराका रूपमा मात्र प्रयोग गर्नेलाई कदापि वास्तविक राष्ट्रवादी मान्न सकिँदैन । राष्ट्रिय एकताका आधार, देशभक्त, सनातन धर्म र संस्कृतिको रक्षक र धार्मिक सहिष्णुताका हिमायती, जनताप्रति उत्तरदायी, कुशल रणनीति र कूटनीतिक चातुर्य भएका पृथ्वीनारायण शाह र देश र जनताको समृद्धिलाई प्रमुख मुद्दा बनाउने र त्यसलाई पूरा गर्ने भिजन भएका सी चिनफिङ जस्ता राष्ट्रवादी यो मुलुकले खाजिरहेको छ । यो नै वास्तविक राष्ट्रवादी आयम हो ।

(Visited 41 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

भर्खरै

बबई नदीको बाढीमा बगेर एक दम्पती बेपत्ता

धम्बोझी । बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएका छन् । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा...

पहिरो पीडित भन्छन्, ‘तान्दातान्दै श्रीमती र छोरीलाई पुर्यो’

म्याग्दी । धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन...

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

गायक हिमाल सागर पनि अब नायक

काठमाडौं । गायक हिमाल सागरले आफू नायकका रूपमा नयाँ चलचित्रमा अनुबन्धित भएको र अमेरिकामा अब सो चलचित्रको छायांकन गर्ने बताएका छन् । सामाजिक सञ्जाल...

धेरै पढिएका

बबई नदीको बाढीमा बगेर एक दम्पती बेपत्ता

धम्बोझी । बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएका छन् । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा...

पहिरो पीडित भन्छन्, ‘तान्दातान्दै श्रीमती र छोरीलाई पुर्यो’

म्याग्दी । धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन...

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

गायक हिमाल सागर पनि अब नायक

काठमाडौं । गायक हिमाल सागरले आफू नायकका रूपमा नयाँ चलचित्रमा अनुबन्धित भएको र अमेरिकामा अब सो चलचित्रको छायांकन गर्ने बताएका छन् । सामाजिक सञ्जाल...

ई-पेपर

(Visited 39 times, 1 visits today)