कोभिड–१९, शिक्षा क्षेत्र र सजगता

अहिलेको कोरोनाको असर र लकडाउनको ’boutमा त भनिरहन परेन । कोभिड–१९को महामारीले देशका शिक्षण संस्था लामो समयदेखि ठप्प छन् । यो अवस्थामा शिक्षा क्षेत्र’boutमा अनेक विचार विमर्श आउने गरेका छन् । अभिभावक भन्छन्, ‘बर्बाद भो केटाकेटी बिग्रिए । अब शिक्षालय कहिले खुल्ने हुन् ?’ विद्यार्थी भन्छन्, ‘हाम्रो पढाइ कहिलेबाट सुरु होला ? परीक्षा दिन कहिले पाइएला ? कतिपय पढेका कुरा पनि बिर्सने बेला भइसक्यो ।’ यसैगरी शिक्षक भन्छन्, ‘समय त खराब छ, तथापि राज्यले शिक्षालयलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने रणनीति बनाउन अब ढिला गर्नुहुँदैन ।’ बालबालिकाको भविष्य अनिश्चित हुँदा यसले दूरगामी असर पार्दछ ।

यसैगरी विज्ञ भन्छन्, ‘राज्यले आखाँले देखेर र कानले सुनेर समय सापेक्ष काम गर्नुपर्ने समय आएको छ । शिक्षालय सञ्चालन गर्न प्रशासनिक दृष्टिकोणले मात्र काम नगर्ने अवस्थाको सिर्जना भएको छ । अब विकल्प दिन सक्नुपर्दछ ।’ सरकार भन्छ, ‘लकडाउन खोलेपछि विद्यालय सुचारु हुनेछन् । स्थगित परीक्षा सञ्चालन हुनेछन् । अहिलेको विवेकसम्मत निर्णय यही नै हुन्छ ।’ कोरोना भन्छ, मेरो अन्त्यको निश्चित छैन । औषधि बनाऊ । भ्याक्सिन तयार गर ।’ महामारीको इतिहासको अध्ययनका आधारमा पनि यस्ता विषाणुको तिथिमिति तोक्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा अब के गर्ने ? सबैका अगाडि ठूलो प्रश्नचिह्न खडा भएको छ ।

शैक्षिक संस्था ठप्प हँुदा विद्यालय शिक्षादेखि उच्च तहसम्मका शिक्षार्थी पढाइबाट मात्र वञ्चित भएका छैनन् । उनीहरू साथीभाइ, सामाजिकीकरणको अभ्यास, सामूहिक अन्तक्र्रिया, रमाइलोपन एवं गुरुजनको निर्देशन एवं निगरानीबाट पनि टुटेका छन् । नियमित पढाइलेखाइको अभ्यासबाट विच्छेद भएका छन् । लामो समयसम्मको लकडाउनले उनीहरू निराश भएका छन् । यस्तो अवस्थामा राज्य, अभिभावक, शिक्षक, विज्ञ, शिक्षाविद्, चिन्तक एवं मनोविद्लगायत सबै सरोकारवालाले आआप्mनो ठाउँबाट उनीहरूलाई निराशाबाट जोगाउन प्रभावकारी भूमिका खेल्नु आवश्यक छ ।

अहिले विद्यार्थी घर परिवारमा बसेका छन् । अभिभावक एवं परिवारका सदस्यसँग उनीहरूले समय बिताइरहेका छन् । परिवार शाझा विचारको मन्थन गर्ने थलो हो । घर, परिवार एउटा अनौपचारिक संस्था पनि हो । यहाँ अग्रजले नयाँ पुस्तालाई भाषिक, धार्मिक, सांस्कृतिक, सांस्कारिक खानपान, वेशभूषा, चालचलनलगायतका व्यवहार सिकाउने, बुझाउने र हस्तान्तरण गर्ने काम हुन्छ । दार्शनिक जिम्रोफको भनाइमा मानिसलाई औपचारिक शिक्षाले बाँच्न सिकाउँछ भने स्वआर्जित शिक्षाले भविष्य निर्माण गर्न सहयोग गर्दछ । यसरी हेर्दा अहिलेको समय बालबालिकाले घरपरिवार विभिन्न ज्ञान परिवारबाट सिकी स्वअभ्यास गर्ने उत्तम समय हो ।

शैक्षिक संस्था ठप्प हुँदा शिक्षार्थीको पढाइ मात्र होइन, सामाजिकीकरण, सामूहिक अन्तक्र्रिया र रमाइलोपन पनि हराउन पुगेको छ

भनिन्छ, घरमा सिकाएकोे र सिकेको कुराले बालबालिकाको दीर्घकालीन जीवनमा ठूलो भूमिका खेलेको हुन्छ । अहिले कोरोनाको महामारीले गर्दा समाजमा सकारात्मकभन्दा बढी नकरात्मक समाचारको प्रवाह भइरहेको अवस्था छ । लाखौं मानिसको संक्रमण, मृत्युजस्ता कुराले उनीहरू नकरात्मक सोचाइ, एक्लोपन, वियोग र नैराश्यजस्ता मनोवैज्ञानिक असरले हैरान भएका हुन सक्छन् । एकातिर पढाइलेखाइको चिन्ता, साथीसँगको वियोग, अनिश्चित शैक्षिक क्यालेन्डरजस्ता कुराले बालबालिका सताइएका छन् भने अर्कोतिर आफ्नो भविष्यको चिन्ताले हैरान भएका छन् । यस अवस्थामा बालबालिका एवं किशोर किशोरीलाई सकारात्मक बनाउँदै उचित मार्गनिर्देश गर्नका लागि अभिभावक अत्यन्त सजग हुन आवश्यक छ । उनीहरूको मनोविज्ञानलाई बुझेर सिर्जनात्मक कार्यमा लगाउनुपर्दछ ।

मानिसको सिकाइमा वातावरणले ठूलो प्रभाव पारेको हुन्छ । बालबालिकाको सिकाइमा अभिभावकको सक्षमता, असक्षमता, व्यवहार, कार्यशैली, विचार, चिन्तन र चालचलनले गहिरो प्रभाव पारेको हुन्छ । यसर्थ, अभिभावकले आफ्ना बालबालिकालाई घरमा राम्रो शिक्षादीक्षा र संस्कार दिनका लागि उनीहरू अत्यन्त जिम्मेवार भएर काम गर्नुपर्दछ । अहिले समाजका मूल्य, मान्यता, आदर्श, सहिष्णुता हराउँदै गएको अभिभाभावककै बुझाइ छ । त्यसैले, अहिले अभिभावक पनि लकडाउन भएकाले फुर्सद भएको अवस्था छ । यस अवस्थामा बालबालिकालाई जीवनका अत्यन्त महŒवपूर्ण विषय हस्तान्तरण गर्न, सिकाउन, बुझाउन र व्यहारमा लागू गराउन चुक्नुहुँदैन ।

बालबालिकाको सकारात्मक सूचना र सन्देश प्रवाहको मूलस्रोत अभिभावक भएकाले उनीहरूको समृद्घिका लागि घरपरिवारले नै नेतृत्वदायी भूमिका खेल्न आवश्यक हुन्छ । शिक्षालय र साथीभाइ तथा गुरुजनबाट टाढा रहेका बालबालिकालाई समाजमा रहेका अन्धविश्वास, सामाजिक विभेद, कुरीति, कुसंस्कार, दुव्र्यशनीबाट हुन सक्ने नकरात्मक असर र यसबाट बच्ने उपाय’bout गहिरो अनुभूति गराउनुपर्दछ । यसो गर्दा ठूलाले सानोलाई अथवा जानेकाले नजानेकालाई सिक्ने र सिकाउने संस्कृतिको विकास गर्नुपर्दछ ।

अहिले शिक्षा क्षेत्रका ’boutमा ठोस विचार आउन सकिरहेका छैनन् । सरकार पनि अलमलको स्थितिमा छ । राज्यले खासगरी विद्यालय शिक्षा एसईईको परीक्षाका ’boutमा एउटा ठोस निर्णय आउने भनेको छ । कक्षा ११ र १२ लगायत विश्वविद्यालयका विभिन्न संकायका स्थगित परीक्षाको सञ्चालन, शैक्षिक सत्रको सुरुवातलगायत तमाम समस्या छन् । शिक्षाविद्ले विद्यालय शिक्षा र ११ कक्षाको परीक्षालाई विद्यालयमा भएको पूर्वमूल्यांकनका आधारमा नम्बर पठाउने र परीक्षा नियन्त्रण कार्यालयले मार्कसिट बनाउने व्यवस्था गर्नु नै अहिलेको समस्याको समाधान हो भन्ने गरेका छन् । तर, सरकार विज्ञको रायसँग सहमत छैन ।

कक्षा १० को परीक्षा सरकारी जागिर वा अन्य पेसामा जाने आधार भएकाले ढिलोचाँडो परीक्षा लिनु नै पर्दछ भन्ने पक्षमा रहेको राज्यको धारणामा समय बित्दै जाँदा पछिल्ला दिनमा वैकल्पिक व्यवस्था गर्ने कुरा आएका छन् । कतिपय नयाँ व्यवस्था अपनाउँदा देशको कानुनसँग बाझिने हुन सक्छ । यसो भएमा सरकारले शिक्षासम्बन्धी नियम, कानुन संशोधन पनि गर्नुपर्ने हुन्छ । शिक्षा क्षेत्रमा भइरहेको अन्योलबाट विद्यालय प्रशासन, अभिभावक र विद्यार्थीलाई सुनिश्चित बनाउन ढिलो गर्नुहुँदैन । यो अन्योललाई लामो समय रहन दिनुहुँदैन । यसर्थ, राज्यले सजगताका साथ शैक्षिक क्यालेन्डरमा फरक नपर्नेगरी समय सान्दर्भिक निर्णय गरोस् ।

राज्य नागरिकलाई शिक्षा दिने औपचारिक एवं आधिकारिक संस्था हो । अहिले शिक्षा क्षेत्रमा तमाम समस्या देखापरेका छन् । एकातिर शैक्षिक सत्र सुरु गरी पठनपाठनलाई अगाडि बढाउन वातावरणको सिर्जना कसरी गर्न सकिन्छ भन्ने ठूलो चुनौती छ भने अर्कोतिर शैक्षिक सत्र पूरा भई परीक्षाको प्रतीक्षामा बसेका विद्यार्थी मनोविज्ञानलाई सकारात्मक बनाउन जरुरी छ । यसका लागि सरकारले सक्दो छिटो परीक्षालाई कसरी सञ्चालन गर्न सकिन्छ भन्नेमा गृहकार्य गर्न जरुरी छ । स्थगित परीक्षाको तिथिमिति तय नभएसम्म परीक्षार्थी मानसिक रूपमा पढाइलेखाइप्रति लगनशील नहुने भएकाले परीक्षा तालिका प्रकाशन गर्न ढिला गर्नुहुँदैन ।

अन्त्यमा, अहिलेको नयाँ पुस्ता सोसल मेडियासँग अत्यन्त नजिक छ । यस अवस्थामा सोसल मेडियामा आउने समाचार पनि सकारात्मक, आशावादी र सूचनात्मक हुन जरुरी छ । लेखक, विचारक, बुद्धिजीवी, विज्ञहरूको अन्तक्र्रिया, लेख, रचना, बहस एवं विमर्शले समग्र शिक्षालाई रचनात्मक एवं सकारात्मक बनाउने भूमिका खेलौं । भविष्यमा देशका हरेका क्षेत्रलाई हाँक्ने आजका उदीयमान बालबालिका एवं किशारकिशोरीलाई निराशाबाट जोगाएर शैक्षिक क्रियाकलापमा संलग्न गराउन आआफ्नो ठाउँबाट सजगताका साथ महŒवपूर्ण भूमिको खेलौं ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी