इंग्लिस क्लव आर्सनलले आफ्ना स्टार फरवार्ड पिएरे इमिरिक औबामियाङलाई उनको सम्झौता अवधिसम्म क्लबमै राख्ने बताएका छन् । आर्सनलमा औवामियाङको सम्झौता अर्का सिजनको समरसम्म रहेको छ । दि सनका अनुसार ३१ वर्षीय औबामियाङको सम्झौता अर्को सिजन सकिएसँगै समाप्त हुने र नयाँ सम्झौताको ’boutमा केही पनि निर्णय भएको छैन ।
आर्सनलका हेड अफ फुटबल राउल सन्लाहीले उनलाई फ्री एजेन्टबाट अर्को सिजनमा बिक्री गर्ने बताएका छन् । यस्तै आर्सनलले यो सिजन आफ्ना खेलाडीलाई नबेच्ने बताएका छन् । औबामियाङ यसै सिजन क्लब छाड्ने चर्चा चलेको थियो । कोरोना महामारीका कारण यो सिजन उनलाई बिक्री गर्दा मूल्य नपाउने भएका कारण पनि उनलाई नबेच्ने निष्कर्षमा पुगेको हो ।
आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले उनलाई क्लबमा राख्नका लागि पनि प्रयास गरिरहेका छन् । प्रशिक्षक अर्टेटा को सम्झौता सकिनुअघि नै नयाँ सम्झौता गर्न तयार छन् । औबामियाङ अनुबन्धमा बार्सिलोना, चेल्सी, पीएसजी र इन्टर मिलानले चासो दिइरहेका छन् ।