खेलअघि मैत्रीपूर्ण खेल्न अनुमति

लन्डन । कोरोना महामारीपछि झन्डै तीन महिनापछि सुरु हुन लागेको इंग्लिस प्रिमियर लिग पुनः सुरु हुनुअघि प्रिमियर लिग आयोजकले इंग्लिस प्रिमियर लिगको खेलअघि क्लबलाई एक अर्कासँग मैत्रीपूर्ण खेल खेल्न अनुमति दिएको छ । कोरोनाका कारण मार्च पहिलो सातादेखि स्थगित भएको इंग्लिस प्रिमियर लिग १७ जुनदेखि पुनः सुरु हुँदै छ ।

प्रिमियर लिगको क्लबको प्रदर्शनलाई ध्यानमा राख्दै एक अर्कासँग मैत्रीपूर्ण खेल खेल्न अनुमति दिएको हो । मैत्रीपूर्ण खेल क्लबको प्रदर्शन र कमीकमजोरी सुधारका लागि मौका हुन सक्नेछ । मार्च पहिलो सातायता, क्लबहरूले प्रशिक्षण र खेल्ने मौका पाएको छैन ।

मैत्रीपूर्ण खेलका लागि क्लबले विभिन्न नियमको पालना गर्नुपर्ने हुन्छ । जहाँ अफिसिय रेफ्री हुनेछैन । क्लबका कोचिङ स्टाफले रेफ्रीको भूमिका निभाउनुपर्ने तथा खेल ९० मिनेटभन्दा बढी हुनेछैन । खेलाडीहरू आफ्नै कारमा खेल स्थलसम्म पुग्नुपर्नेछ । मैत्रीपूर्ण खेल क्लबको स्टेडियम वा प्रशिक्षण स्थलमा हुनेछ । जहाँ जोखिमलाई पूर्ण रूपमा पालना गरिनेछ । खेलाडीहरूको अनिवार्य कोरोना परीक्षण गरिएको रिपोर्ट हुनुपर्नेछ । प्रिमियर लिग पुन सुचारु हुने अवस्था बनेपछि क्लबहरूले झन्डै एक महिनाअघि देखि प्रशिक्षण थालेका छन् । यसै सातादेखि क्लबहरूले कन्ट्याक्ट प्रशिक्षण थालेका छन् ।

म्यानचेस्टर सिटीले १७ जुनमा आर्सनलसँग खेल्नेछ । सोही दिन सेफिल्ड युनाइटेड र एस्टन भिल्लाबीच खेल हुनेछ । २० जुनबाट ३०औं चरणका खेलहरू हुनेछन् । २५ जुलाईमा यो सिजन सकिनेछ । मर्सिसाइड क्लब लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधिनजिक छ । लिभरपुललाई च्याम्पियन बन्न केवल दुई जितको खाँचो छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको छ । लिभरपुलको २९ खेलबाट ८२ अंक छ । सिटीको २८ खेलबाट ५७ अंक छ । बर्नमाउथ, एस्टन भिल्ला र नर्विच सिटी रेलिगेसन जोनमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 140 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रहरीबाट ब्रिफिङ : प्रधानमन्त्री

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केशव स्थापित भन्छन्, मेयर जितेपछि राजदरवारको पर्खाल तोड्छु