Sunday, July 12, 2020
Home Not-to-be-missed एन्फा अध्यक्ष शेर्पाले माफी मागे

एन्फा अध्यक्ष शेर्पाले माफी मागे

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो विवादस्पद अभिव्यक्तिका लागि माफी मागेका छन् । शेर्पाले बुधबार विज्ञप्ति जारी गर्दै अन्तर्वार्ताको क्रममा आफूबाट व्यक्त शब्दावलीबाट नेपाली दाजुभाइ तथा दिदीबहिनी एवं त्यस क्षेत्रका नेपालीमा कुनै चोट वा ठेस पुग्न गएकोमा त्यसप्रति हार्दिक क्षमा याचना गरेका छन् । सोही विज्ञप्तिमा उनले भनेका छन्, ‘अनलाइन अन्तर्वार्ताका क्रममा व्यक्त भावनाभन्दा पनि शाब्दिक अर्थमा मात्रै धेरै ध्यान दिइएको छ । तर, मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, वर्ग, धर्म लिंग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि ।’

झन्डै दुई साताअघि एन्फा अध्यक्ष शेर्पाले एक वेब पोर्टललाई दिएको अन्तर्वार्तामा ग्रासरुट कार्यक्रमका विषयमा बोल्ने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको बताएपछि विवादमा परेका थिए । नेपाली सेनासँगको सहकार्यमा तराईका चार जिल्ला (सप्तरी, सिराहा, धनुषा र महोत्तरी)मा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउने क्रममा शेर्पाले राष्ट्रियताको प्रसंग उठाएपछि उनको भनाइले विवादित मोड लिएको थियो । ‘एउटा तराईको बच्चालाई फुटबलप्रति आकर्षण गर्नका लागि ।

अर्को राष्ट्रियता सिकाउनका लागि हामीले ग¥यांै,’ उनले भनेका थिए,’ तराईतिर जाँदा राष्ट्रियताको फिलिङ अलि कम पाइन्छ । त्यसले गर्दा आर्मीको ब्यारेकमा प्रशिक्षण लिन आउँदा त्यहाँ राष्ट्रिय गीत पनि सिक्ने नेपालको विषयमा चर्चा हुने भएकाले फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले हामीले काम गरेका छौं ।’ सोही विषयमा जेठ १४ गते सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पालाई कारबाही गर्न संसद्मा माग गरेका थिए । ‘एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली समाजमा विभेदको बीजारोपण गरेको बुझिएको छ ।’ सांसद श्रीवास्तवले भनेका थिए, ‘उनले मधेसीहरूलाई सेनाको माध्यम लगाएर राष्ट्रिय गान सिकाउँदै छु भन्नेजस्ता अभिव्यक्ति दिएका हुनाले त्यस्ता अभिव्यक्ति दिने ती जिम्मेवार व्यक्तिलाई छानबिन गरी आवश्यक कारबाही गर्न सभामुखमार्फत माग गर्दछु ।’ एन्फाअन्तर्गत नै रहेका ४ जिल्ला फुटबल संघ (काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ) का अध्यक्षले संयुक्त रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एन्फा अध्यक्ष शेर्पालाई कारबाही गर्न माग गरेका थिए । यसैबीच, मधेसी आयोगले पनि शेर्पाको विवादस्पद अभिव्यक्तिबारे अध्ययन गरिरहेको छ ।

(Visited 50 times, 2 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

भर्खरै

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

गायक हिमाल सागर पनि अब नायक

काठमाडौं । गायक हिमाल सागरले आफू नायकका रूपमा नयाँ चलचित्रमा अनुबन्धित भएको र अमेरिकामा अब सो चलचित्रको छायांकन गर्ने बताएका छन् । सामाजिक सञ्जाल...

गणेशको ‘सहायक श्रीमान्’ अन्तर्राष्ट्रिय महोत्सवमा छनोट

काठमाडौं । पत्रकार गणेश पाण्डेको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ । आगामी अगस्ट २७ देखि २९ सम्म...

परदेशबाट शिवको सीमा चिन्ता

पोखरा । ‘आफ्नो जमिन फिर्ता गरिछाड्ने बेला भयो सिमानामा देशको झन्डा गाड्ने बेला भयो’ कवि तथा गीतकार शिव पलाँसले देशप्रेमको भाव बोकेको ‘आफ्नो जमिन’ बोलको यस...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)