Sunday, July 12, 2020
Home Not-to-be-missed फ्लोयडको समर्थनमा ऐक्यबद्धता

फ्लोयडको समर्थनमा ऐक्यबद्धता

लन्डन । प्रहरी हिरासतमा हत्या गरिएका जर्ज फ्लोयडको समर्थनमा इंग्लिस क्लब चेल्सी र लिभरपुलसँगै विश्वभरबाट खेलाडीहरूले ऐक्यबद्धता जनाएका छन् । सोमबार लिभरपुलका २९ खेलाडीहरूले प्रशिक्षण अघि एकतामा बल हुन्छ भन्ने सन्देशसहित फ्लोयडको समर्थनमा रंगभेदविरुद्ध आवाज दिदा लन्डन क्लब चेल्सीले अंग्रेजी अक्षर ‘एच’ को बनावटमा ‘एच’ अर्थात् मानव आकार तयार पारेर ऐक्यबद्धता जनाएका हुन् ।

फुटबलरहरूले मात्रै होइन क्रिकेट, बास्केटबल, फुर्मला वान, गल्फलगायत अन्य खेलका विश्वचर्चित खेलाडीहरूले पनि सामाजिक सञ्जालमार्फत रंगभेदविरुद्ध आवाज उठाइरहेका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोउल पोग्बा र मार्कस रासफोर्डले पनि रंगभेदविरुद्ध भइरहेका आन्दोलनको समर्थनमा आवाज उठाइरहेका छन् । जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमुन्डका जाडोन सान्चो, अचरफ हाकिमी र बोरुसिया मोन्चेनग्लाडवाचका मार्कुस थुरामले गोल गरेपछि आफ्नो गोल फ्लोयडप्रति समर्पित गरेका थिए ।

सान्चो र हाकिमीले सर्टमा ‘जस्टिज फर फ्लोयड’को माग गरेर उनले गोलको सेलिब्रेसन गरेका थिए । थुरामले गोलपछि घुडा टेक्दै शिर निहुराएका थिए । यस्तै, रिहान ब्रिस्टर, टेनिस स्टार सेरेना विलियम्स, कोको गोफ, नाओमी ओसाका, बास्केटबल लिजेन्ड माइकल जोर्डन, फर्मुला वान खेलाडीहरू चाल्र्स, कार्लोस, जर्ज रुसेल, ड्यानियल रिकार्डो लगायत दर्जनौं स्टार खेलाडीहरूले रंगभेदविरुद्ध आवाज उठाइरहेका छन् । जर्ज फ्लोयडको न्यायका लागि विश्वभर आवाजहरू उठिरहँदा अमेरिकामा विरोध प्रदर्शन भइरहेका छन् ।

यता, विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले हरेक देशका लिगसम्बद्धलाई खेलाडीहरूले पछिल्लो समय गरिरहेका विरोधमा ‘व्यावहारिक ज्ञान’ प्रयोग गरेर व्यवहार गर्न आग्रह गरेका छन् । विशेष गरी अमेरिकामा प्रहरी हिरासतमा मारिएका जर्ज फ्लोयडको न्यायका लागि भइरहेका विरोधमा खेलाडीहरूले ऐक्यबद्धता जनाइरहेका छन् । फिफाले मंगलबार एक सन्देश जारी गर्दै पछिल्लो समय भइरहेका अवस्थाका बारेमा आफूहरू जानकार रहेको र विशेष गरी जर्ज फ्लोयडको दुःखद अवस्थाले निम्त्याएको परिस्थितिमा लिग सम्बद्धहरूले व्यावहारिक ज्ञानको प्रयोग गर्नुपर्ने जनाएको छ । ‘फिफाका कतिपय नियमहरू परिस्थितिजन्य अवस्थाका कारण लिग आयोजकहरूले नै व्यावहारिक ज्ञान प्रयोग गरेर अघि बढ्नुपर्ने देखिएको छ ।

फिफा जहिले पनि रंगभेद र अरू जुनसुकै किसिमका विभेदविरुद्ध छ,’ फिफाको सन्देशमा भनिएको छ । सामाजिक सञ्जालमा त्यसरी ऐक्यबद्धता जनाउन खेलाडीहरू स्वतन्त्र रहे पनि मैदानमा देखाउने व्यवहारमा भने फिफाको नियमले रोक लगाएको छ । फिफाको २०१४ को नियमअनुसार खेलाडीले मैदानमा कुनै पनि राजनीतिक, धार्मिक र व्यक्तिगत नाराहरू, भावनाहरू र तस्बिरहरू प्रस्तुत गर्न पाउने छैनन् । तर, जर्मन बुन्डेस लिगाका पछिल्ला खेलहरूमा नै खेलाडीहरूले स्वतन्त्र रूपमा आफ्नो विचार मैदानबाट प्रस्तुत गरिरहेका छन् । विशेष गरी बोरुसिया डर्टमुन्डका जाडोन सान्चो र अचरफ हाकिमीले ‘जस्टिस फर जर्ज फ्लोयड’ लेखिएको टिसर्ट नै देखाएका थिए । जर्मन फुटबल एसोसियसनले उक्त अवस्थाको विचार गरिरहेको जनाएको छ ।

(Visited 50 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । कोरोना संक्रमणबा६ नेपालमा थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ र सिन्धुपाल्चोकमा थप...

भर्खरै

‘अझै दुई महिना बाढी पहिरोको समस्या’

काठमाडौं । सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

राजस्व छलीको मुद्दा फछ्र्योटमा सधैं ढिलाइ, कसरी छलिन्छ ? 

काठमाडौं । सरकारले राजस्व छलीको मुद्दा छिटो टुंग्याउन तीन तहका अदालतबाट दुई तहका अदालतले मात्रै हेर्ने व्यवस्था गरे पनि मुद्दाको फछ्र्योटमा ढिलाइ भइरहेको छ...

नेपालमा पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)