Monday, June 1, 2020
Home Breaking News कोरोना संक्रमण आशंकित व्यक्ति टेकु अस्पतालबाटै फरार

कोरोना संक्रमण आशंकित व्यक्ति टेकु अस्पतालबाटै फरार

काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका एक बिरामी भागेका छन् ।

चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र ज्वरोले ग्रस्त भएपछि स्वास्थ्य जाँचका लागि टेकु अस्पताल पुगेका थिए । चेकजाँचका क्रममा कोरोनाको आशंका भएपछि अस्पतालले उनलाई निगरानीमा राख्ने निर्णय गरेको थियो । निगरानीमा राख्ने तयारी गर्दा गर्दै उनी भागेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार ती नागरिक साउदी अरबका हुन् । यो घटना एक साताअघिको हो ।

‘कोरोना परीक्षण गर्न बाँकी थियो । निगरानीमा राख्ने तयारी भइरहेका बेला उनी भागे । उनको खोजी भइरहेको छ,’ स्वास्थ्य प्रवक्ता श्रेष्ठले भने, ‘भाषाको पनि समस्या थियो । यसैकारण, उनलाई नियन्त्रणमा राख्न सकिएन ।’

कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्ति अस्पतालबाट भाग्नुलाई गम्भीर रूपमा लिइएको छ । करिब दुई साताअघि पोखरा पुगेका दुई चिनियाँ नागरिकमा कोरोना भाइरस संक्रमणको आशंका गर्दै मणिपाल अस्पताल रिफर गरिएको समाचार सार्वजनिक भएको थियो । पछि विश्व स्वास्थ्य संगठनले चासो राख्दै खोजीनिती गर्दा मणिपाल अस्पतालले कुनै पनि स्वास्थ्य परीक्षण नगरिएको र कहाँ गएको समेत थाहा नभएको जवाफ दिएको थियो । उनीहरूको व्यापक खोजी गरिए पनि अहिलेसम्म सम्पर्कमा ल्याउन सकिएको छैन ।

(Visited 26 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा...

प्रदेश पाँचमा ७७ जनाले जिते कोरोना

बुटवल । प्रदेश नम्बर पाँचमा ७७ जना कोभिड–१९ (कोरोन भाइरस) लाई जितेर घर फर्किका छन । रूपन्देही, बाँके, कपिलवस्तु, दाङ र पश्चिम नवलपरासीका गरी...

क्वारेन्टाईनमा बसेकालाई खाना खुवाउन सक्रिय छ एनडी प्रकाश भोजन चुलो

डडेल्धुरा । नेपाली काग्रेस डडेल्धुराले एनडी प्रकाश चटौत आपतकालिन भोजन चुलो मार्फत डडेल्धुराका विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको भोक मेटाउने कार्य गरेको छ । कोरोना संक्रमणको...

बाँकेमा गाडी दुर्घटना : मृतक र घाइतेको स्वाब परीक्षण हुँदै

बाँके । बाँकेमा गएराति भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका र घाइते भएकाको कोरोना भाइरस भए/नभएको पुष्टि गर्न स्वाब सङ्कलन गरिएको छ । भेरी...

भर्खरै

गुल्मीका ३१ बर्षीय पुरुषले १० दिनमा जिते कोरोना

गुल्मी । गुल्मीमा ३१ बर्षीय पुरुषले १० दिनमा कोरोना जितेका छन् । मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित कृषि विकास बैंकका कर्मचारी ओव बहादुर डाँगीले...

सप्तरीमा एक घण्टाको वर्षाले अधिकांश सडक र टोल जलमग्न

सप्तरी । हावाहुरी र मेघगर्जनसहित सोमबार करिब एक घण्टा भएको वर्षाले सदरमुकाम राजविराजसहित ग्रामिण क्षेत्रका अधिकांश सडक जलमग्न भएको छ । वर्षाको पानीले सिरहा...

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६ मा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका– ५ डाँगी गाउँका २१ बर्षिय पेमाल्हामु...

सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण, संक्रमित सबै भारतबाट आएका

सर्लाही । सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण देखिएको छ । कविलासी नगरपालिकामा ३ जना महिलासहित ३६ र हरिपुर नगरपालिकामा १ जना महिला गरी...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 2 visits today)