Sunday, July 12, 2020
Home प्रदेश प्रदेश ३ सिन्धुलीका कोरोना संक्रमित आइसोलेसनमा भर्ना, अस्पतालका सबै सेवा सुचारु

सिन्धुलीका कोरोना संक्रमित आइसोलेसनमा भर्ना, अस्पतालका सबै सेवा सुचारु

सिन्धुली । सिन्धुलीका कोरोना संक्रमितलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको छ । जिल्लामा बुधबार एकजनामा कोरोना संक्रमण भेटिएपछि उनलाई विहिबार विहान आइसोलेसनमा भर्ना गरी उपचार सुरु गरिएको छ ।

भारतबाट आई कमलामाई नगरपालिका वडा नं. १४ मा रहेको जनता मावि चन्दनपुरमा रहेको क्वारेन्टाइनमा बसेका २३ वर्षीय पुरुषमा संक्रमण देखिएको थियो । संक्रमित व्यक्ति भारतबाट आई क्वारेन्टाइनमा बसेका थिए । उनको प्रादेशिक अस्पताल हेटौडामा आरटिपिसिआर विधिबाट परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित व्यक्तिलाई एम्बुलेन्समा सिन्धुली अस्पताल ल्याई आइसोलेसनमा उपचार सुरु गरिएको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्नजंग राजभण्डारीका अनुसार उनको स्वास्थ्यमा कोरोना भाईरसको कुनै पनि लक्षण देखिएको छैन । उनी सामान्य अवस्थामा छन् ।

यसैबीच सिन्धुली अस्पतालले अस्पतालको नियमित सेवामा कुनै प्रभाव नपर्ने जनाएको छ । कोरोना संक्रमितलाई सुरक्षित तरिकाले उपचार गरिएकाले सबै खाले सेवा सुचारु रहेको डा. राजभण्डारीले बताएका छन । उनले त्रासको वातावरण नबनाउन र बिरामीको उपचार निर्वाध रुपमा गराउन सबैमा अनुरोध गरेका छन् । अस्पतालमा ओपिडी, इमर्जेन्सी, प्रसुति लगाएतका सबै सेवा नियमित रहेको पनि उनले जानकारी दिएका छन ।

क्वारेन्टाइनमा रहेका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय सिन्धुलीले कन्ट्रयाक ट्रेसिङको काम सुरु गरेको छ । क्वारेन्टाइन क्षेत्रमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहितको टोली जान थालिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

(Visited 33 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

संखुवासभाको सिसुवा पहिरोमा ४ जनाको जीवितै उद्धार, हराइरहेकाको पहिचान

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ । पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार...

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

भर्खरै

मनसुन सक्रिय हुनेक्रम जारी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । गत बिहीबारदेखि सक्रिय रहेको...

जब्दीघाटको पुल मर्मतमा ढिलाइ

काठमाडौं । सडक विभाग र पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको बदमासीकै कारण अहिलेसम्म बर्दियाको जब्दीघाटस्थित बबई नदीमा बिग्रिएको पुल मर्मतको काम हुन सकेको छैन ।...

फेरि सलह नेपाल भित्रिन सक्ने

काठमाडौं । यसअघि प्रवेश गरेको सलहको झुन्ड पूर्णरूपमा नहराउँदै अर्काे सलहको झुन्ड नेपाल आउन सक्ने देखिएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले...

बर्षाका कारण गाउँ-गाउँको सम्बन्ध विच्छेद

गुल्मी । असार १८ गते राति इस्मा गाउँपालिका १ हस्तिचौर जुकेपानीमा परेको अविरल बर्षासँगै ठुलो पहिरो गयो । ५० घर विस्थापित भए । कयौँ...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)