Sunday, July 12, 2020
Home Editor-Picks कोरोना संकटबाट बाहिरिन नेपालले ४२ अर्ब ऋण लिने

कोरोना संकटबाट बाहिरिन नेपालले ४२ अर्ब ऋण लिने

काठमाडौं । कोभिड १९ को संकटबाट उकास्नका लागि विश्व बैंक र एसियाली विकास बैंकले ऋण सहायता प्रदान गर्ने भएको छ । विश्व बैंकले १२ अर्ब र एसियाली विकास बैंकले ३० अर्ब रुपैयाँ ऋण सहयोग दिन लागेको हो ।

विश्व बैंकले बुधबार कोभिड–१९ को संकटबाट बाहिरिन नेपाललाई करिब १२ अर्ब रुपैयाँ (१० करोड अमेरिकी डलर)को विकास नीति ऋण (डीपीसी) स्वीकृत गरेको हो । संकटकालीन समयमा र संकटपछि पुनर्बहालीका लागि नेपालमा विद्युत् क्षेत्रलाई सबल पार्न विश्व बैंकले यो ऋण दिएको हो ।

यो डीपीसी सिरिजको छैटौं ऋण हो भने विद्युत् क्षेत्रमा प्रदान गरिएको दोस्रो डीपीसी ऋण हो । नेपाल सरकारको विद्युत् क्षेत्रको आर्थिक सम्भाव्यताबाट लाभ उठाउन नीति, नियामक र संस्थागत सुधारका लागि तीन सिरिजमा सहयोग प्रदान गरिने बैंकले जनाएको छ । बैंकले विगत केही वर्षयता नेपाललाई डीपीसी सिरिजमा प्रत्येकपटक १० करोड अमेरिकी डलरबराबरको ऋण स्वीकृत गर्दै आएको छ । बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले यो नयाँ ऋण सहयोग स्वीकृत गरेको हो ।

विश्व बैंकले विगत केही वर्षयता नेपाललाई डीपीसी सिरिजमा प्रत्येकपटक १० करोड अमेरिकी डलरबराबरको ऋण स्वीकृत गर्दै आएको छ

विश्व बैंकले नेपालको वित्तीय सक्षमता बढाउन तथा सुशासन सुधार गर्न सो रकम स्वीकृत गरेको हो । नेपाल सरकारको विद्युत् क्षेत्रको आर्थिक सम्भाव्यताबाट लाभ उठाउनका लागि नीति, नियामक र संस्थागत सुधारका लागि तीन सिरिजमा सहयोग प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

विद्युत् प्राधिकरणको आर्थिक सम्भाव्यतामा सुधार गर्ने, स्वायत्त, पारदर्शीता र जवाफदेही नियामक संरचना स्थापना गर्ने, जलविद्युत् स्रोत अधिकतम उपयोग सुनिश्चित गर्न क्षेत्रीय बिजुली बजारमा सामेल हुने र संघीय संरचनाअन्तर्गत प्राधिकरणको पुनर्संरचना गरी प्रान्तीय तथा स्थानीय तहलाई सशक्तीकरण गरिने बैंकले उल्लेख गरेको छ ।

‘संकटकालीन समयमा र संकटपछि पुनर्बहालीका लागि नेपालमा विद्युत् क्षेत्रलाई सबल पार्नका लागि निरन्तर सुधार गरिनु महŒवपूर्ण छ,’ नेपालका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जर्भिसले भने । ‘यसले लगानी प्राथमिकतालाई पुनः प्राथमिकीकरण गर्न मद्दत पु-याउँछ र देशभित्र गरिबी न्यूनीकरण र साझा समृद्धिलाई सहयोग पु-याउने गरी भरपर्दा, किफायती र दिगो विद्युत् क्षेत्रको विकास गर्ने सरकारको प्रतिबद्धतालाई समर्थन गर्छ जसले मुलुकमा गरीबी न्यूनीकरण र साझा समृद्धिलाई सहयोग गर्दछ ।’

नेपाल विद्युत् प्राधिकरणको आर्थिक सम्भाव्यतामा सुधार गर्ने, स्वायत्त, पारदर्शी र जवाफदेही नियामक संचरना स्थापना गर्ने, नेपालको जलविद्युत् स्रोत अधिकतम उपयोग सुनिश्चित गर्न क्षेत्रीय बिजुली बजारमा बढी सामेल हुने र संघीय संरचनाअन्तर्गत प्राधिकरणको पुनर्संरचना गरी प्रान्तीय र स्थानीय सरकारलाई सशक्तीकरण गरिने बंैकले जनाएको छ ।

एडीबीको ३० अर्ब रुपैयाँ सहयोग
अर्थ मन्त्रालय र एसियाली विकास बैंक (एडीबी)बीच भएको सहमतिमा कोरोना भाइरस समस्या समाधानका लागि ३० अर्ब रुपैयाँ सहयोग गर्ने उल्लेख छ । गत सोमबार अर्थ मन्त्रालयले बैंकसँग सो सम्झौता गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार यो बजेट सहयोगका लागि छोटो अवधिमा प्राप्त भएको सहयोग हो । अर्थ मन्त्रीले भने, ‘एउटै संस्थाले यति छोटो समयमा सहयोग स्वीकृति भएको र छिट्टै परिचालन हुने उदाहरण हो ।’

अहिले काभिडको जोखिम बढ्दै गर्दा दातृ निकायको अत्यन्तै राम्रो प्रतिक्रिया प्राप्त भएको भन्दै विश्व बैंक, युरोपियन इन्भेस्टमेन्ट बैंकले पनि सहयोग गर्ने विषयमा कुरा भइरहेको खतिवडाले जानकारी दिए । अर्थमन्त्री खतिवडाले भने, ‘आन्तरिक ऋणको विषयमा वित्त आयोगले दिएको सुझावका आधारमा जीडीपीको ५ प्रतिशतको अनुमानमा आन्तरिक ऋण उठाउन खोजिएको छ । यसमा निजी क्षेत्रमा जाने कर्जालाई विस्थापित नगर्ने गरी आन्तरिक ऋण उठाउने हो ।’

एसियाली विकास बैंकले नेपाल सरकारलाई करिब ३० अर्ब रुपैयाँ (२५ करोड अमेरिकी डलर) को सहुलियतपूर्ण ऋण दिएको हो । अर्थमन्त्री डा. खतिवडाको उपस्थितमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र एडीबी देशीय निर्देशक मुख्तर खामुखानोवले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सो अवसरमा अर्थसचिव ढुंगानाले एडीबीबाट प्राप्त सहयोगले कोरोना महामारीको प्रभावलाई सम्बोधन गर्न घोषणा गरिएको सरकारको राहत कार्यक्रमलाई सहयोग पु-याउने बताए ।

‘यसले नेपाली स्वास्थ्य प्रणाली सबल पार्न, सामाजिक सुरक्षा प्रदान गर्न र थप रोजगारी सिर्जना गर्न मद्दत पु¥याउनेछ,’ उनले भने । एडीबीका देशीय निर्देशक खामुखानोवले यो चुनौतीपूर्ण समयमा नेपाललाई सहयोग गर्न एडीबी पूर्ण प्रतिबद्ध रहेको बताए । उनले भने, ‘कोभिड–१९ महामारीविरुद्ध लड्न र नागरिकमा पर्ने प्रभावलाई कम गर्ने कार्यक्रमको कार्यान्वयनमा यो रकम खर्च हुनेछ ।’

उनले एडीबी बोर्डले हालै ‘कोभिड–१९ एक्टिभ रेस्पोन्स एन्ड एक्सपेन्डिचर सपोर्ट (केरेस) कार्यक्रमअन्तर्गत नेपाललाई दिइने यो ऋण सहयोग स्वीकृत गरेको जानकारी दिए । यो रकमलाई सरकारले बजेटभित्रका कार्यक्रममार्फत खर्च गर्न सक्छ ।

ऋण सहायताबाट सरकारले परीक्षण प्रयोगशाला बढाउन, सबै प्रदेशमा क्वारेन्टिन सुविधा स्थापना, संक्रामक रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि गुणस्तरीय स्वास्थ्य सेवाको सबलीकरण, सुसज्जित अस्पताल, औषधि तथा उपकरणको आपूर्ति, योग्य डाक्टर र स्वास्थ्यकर्मीसहित स्वास्थ्य पूर्वाधारको विकास गरी सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्न सहयोग पु¥याउने अर्थ मन्त्रालयले जनाएको छ । यो कार्यक्रमले विशेष गरी गरिब र कमजोर वर्गमाथि परेको महामारीको प्रतिकूल आर्थिक र सामाजिक प्रभाव कम गर्न सरकारलाई सहयोग पु¥याउनेसमेत जनाइएको छ ।

(Visited 57 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

संक्रमितमध्ये ५० प्रतिशत डिस्चार्ज, पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । कोरोना संक्रमणबा६ नेपालमा थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ र सिन्धुपाल्चोकमा थप...

भर्खरै

संक्रमितमध्ये ५० प्रतिशत डिस्चार्ज, पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

म्याग्दी पहिरो : २७ जनाको शव फेला, अझै चार जना बेपत्ता

पोखरा । म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका व्यक्तिमध्ये २७ जनाको शव भेटिएको छ । घाइते १२ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं,...

मनसुनपछिको विपद् :२९ दिनमा ८८ को मृत्यु, ३२ बेपत्ता

काठमाडौँ ।  मनसुन सक्रिय भए पछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । सबैभन्दा बढीपहिराले क्षति पु-याएको छ । प्राप्त विवरणअनुसार मुलुकका...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)