Sunday, July 12, 2020
Home राजनीति संकटमा सेलाएको दलीय भूमिका

संकटमा सेलाएको दलीय भूमिका

मुलुकमा हुने विभिन्न परिवर्तनका आन्दोलनमा नेतृत्व गर्ने राजनीतिक दल कोरोना संक्रमणमा भने मौन प्रायः देखिएका छन् । भूकम्पको समयमा राजनीतिक संयन्त्र बनाएर विपद्मा जनतालाई साथ दिएका दलले कोरोना संकटमा जनताको पूर्णरूपमा बेवास्ता गरिरहेका छन् । विश्वभर नै संकट उत्पन्न भएको अवस्थामा मुलुकभित्र संयमता तथा सामाजिक विकासका लागि राजनीतिक दलले भूमिका नखेल्दा जनतामा निराशा उत्पन्न गराएको छ ।

यतिबेला विश्व नै कोभिड–१९ संक्रमणबाट आक्रान्त छ । विश्वभर नै दैनिकजसो संक्रमित बद्दो क्रममा छन् । संक्रमण बढेसँगै आमनागरिकमा सन्त्रास पनि बढिरहेको छ । विश्वमा रहेको यो आतंकबाट नेपालसमेत अछुतो छैन र रहन सकेन ।

गत वर्षको माघमा नै नेपालमा पहिलो संक्रमित देखा परेको हो । त्यस बखत हाम्रो मुलुकमा यो किसिमको सन्त्रास आउला भन्ने नत सरकार नत अन्य कुनै राजनीति दलले नै सोच्न भ्याएका थिए । तर, आज जे जसरी र जुन गतिबाट संक्रमणको सन्त्रास र गति विश्वभर बढी रहेको छ, यसबाट हामी सबैबढ्दो जोखिममा छौं ।

तर, जनताका लागि राजनीति गर्ने भन्ने प्रतिबद्धता बोकेका दलको भूमिका यो विश्वव्यापी संकटका बेला विगतका संकट र आदोलनमा जस्तो चित्त बुझ्दो छैन । गत माघदेखि आजसम्मको बीचको समयलाई हेर्दा दल आफ्नै गति र तालबाट मात्रै चलेका देखिन्छन् । लाग्छ, उनीहरूले जनताका लागि सोच्न भ्याएका छैनन् ।

विगतका महाभूकम्प र मधेस आदोलनका समयमा राजनीतिक दलबीचको एकताबाट बनेको दलीय संयन्त्र यो महामारीमा बन्न सकेको छैन । सरकार समेतको आँकलन बाहिर गएको संक्रमण अब सरकारको एक्लो प्रयास र गतिबाट मात्रै पनि नियन्त्रणमा आउन गाह्रो छ । सरकार आफैं अब संक्रमणको बढ्दो स्वरूपलाई नियन्त्रणमा लिन संविधानले दिएको व्यवस्थाअनुसार सेना परिचालनको तयारीमा छ । प्रमुख प्रतिपक्षीलगायतका अन्य दलसमेत सरकारलाई सही दिशा दिनतर्फ अग्रसर छैनन् ।

जनताका लागि राजनीति गर्ने भन्ने प्रतिबद्धता बोकेका दलको भूमिका यो विश्वव्यापी संकटका बेला विगतका संकट र आदोलनमा जस्तो चित्त बुझ्दो छैन ।

विगतमा भूकम्पपछिको उद्धारमा समेत उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको हो । यसैगरी तराई मधेसमा भएको आन्दोलनका समयमा समेत सरकारमा सहभागी नौ दलका प्रतिनिधि सम्मलित बैठकले तत्कालीन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा ११ सदस्यीय उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गरेको थियो । उच्चस्तरीय समितिमार्फत सरकारको काम कार्बाहीलाई सहयोग गर्ने र कामका सिलसिलामा आइपर्ने गाह्रो अफ्ठ्यारो संयोजन गर्न संयन्त्र निर्माण गरिएको दलले बताएका थिए । त्यसबखत पनि सरकारको नेतृत्वमाप्रधानमन्त्री केपी ओली नै थिए । उनलाई समितिमा आमन्त्रित सदस्यका रूपमा राखिएको थियो ।

समितिमा एमालेबाट पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालसँगै एमालेकै तत्कालीन उपाध्यक्ष विद्या भण्डारीले संयन्त्रमा सदस्यको रूपमा प्रतिनिधित्व गरेका थिए । सो समय संयन्त्रमा सरकारलाई समर्थन गर्ने तीन सिटसम्म भएका राजनीतिक दल सहभागी थिए । जसमा राप्रपा नेपालबाट अध्यक्ष कमल थापा, तत्कालिन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट विजयकुमार गच्छेदार, मालेबाट सीपी मैनाली, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी, संयुक्तबाट गणेश साह, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंथिए ।

त्यस समयमा सीमा क्षेत्रमा भइरहेको अवरोधलाई हटाउन तराई मधेसमा आन्दोलनरत पक्षलाई आग्रह गर्दै बैठकले आपूर्ति व्यवस्था सहज बनाउनेबारे समेत महत्वपूर्ण भूमिका देखाएको थियो । बैठकले आपूर्ति व्यवस्था सहज बनाउन त्यसबखत भारतसँग कूटनीतिक पहल तीव्र पार्न सरकारलाई आग्रह गरेको थियो ।  तर, अहिले विश्वभर फैलिएको संक्रमणको संन्त्रासमा भने दलहरू एक हुन नसक्दा जनतासमेत निराश हुने अवस्थामा पुगिसकेका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारलाई संक्रमणको गति बढेको भन्दै संक्रमितको पहिचान गर्न ढिलो भइरहेको र त्यसले झन् महामारी बढाउँदै लगेको भन्दै परीक्षणको दायरालाई समुदाय स्तरसम्म पु-याउन संसद्बाटै दबाब दिइरहेको छ । सरकार परीक्षणको दायरा बढाउँदै लगेको र नयाँ देखा परेका संक्रमितमा कुनै लक्षण नै नदेखिएकाले लक्षण नदेखिएकलाई घरमै राख्नेगरी व्यवस्था मिलाउने तयारीमा छ ।

संक्रमण बढेसँगै सरकारीबाहेक निजी अस्पताल गएर संक्रमितले उपचार गराउने अवस्था छैन । सरकारी अस्पताल मात्रै पनि यो महामारीसँग लड्न आवश्यक पूर्वाधारबाट सम्पन्न छैनन् । त्यसका लागि सरकारी कार्ययोजनासमेत प्रस्ट बनिसकेको छैन ।

यहीबीचमा विदेशमा रहेका नेपालीलाई समेत सरकारले स्वदेश ल्याउने तयारी गरिरहेको छ । उनीहरूलाई ल्याएपछि घरसम्म पु-याउने जिम्मेवारी सरकारले सेनालाई दिइसकेको छ । अझैपनि सरकारले तोकेका भारतसँग जोडिएका २० विभिन्न नाकाबाट दैनिक लाखौंका संख्यामा नेपाली आइरहेका छन् ।

यो सबै अवस्थाको सामना अब सबै कुनै दल र सरकार एक्लैले गर्न सक्ने अवस्था छैन । सरकारले समेत अब अन्य दललाई समेत विश्वासमा लिएर उच्च स्तरीय राजनीतिक संयन्त्र बनाएरै भए पनि अवस्थालाई काबुबाहिर जान दिनु हुँदैन । राजनीति भनेकै जनता रहे गर्ने हो भन्ने मनसायबाट सरकार र प्रतिपक्षी दल अघि बढेर महामारीको बढ्दो अवस्थालाई नियन्त्रणमा लिन लाग्नुपर्ने अवस्था आइसकेको छ । जसले भोलिका दिनमा समेत जनताप्रतिको दलको विश्वास र भरोसा जोगाइ राख्नेछ ।

(Visited 27 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

संक्रमितमध्ये ५० प्रतिशत डिस्चार्ज, पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । कोरोना संक्रमणबा६ नेपालमा थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ र सिन्धुपाल्चोकमा थप...

भर्खरै

संक्रमितमध्ये ५० प्रतिशत डिस्चार्ज, पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

म्याग्दी पहिरो : २७ जनाको शव फेला, अझै चार जना बेपत्ता

पोखरा । म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका व्यक्तिमध्ये २७ जनाको शव भेटिएको छ । घाइते १२ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं,...

मनसुनपछिको विपद् :२९ दिनमा ८८ को मृत्यु, ३२ बेपत्ता

काठमाडौँ ।  मनसुन सक्रिय भए पछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । सबैभन्दा बढीपहिराले क्षति पु-याएको छ । प्राप्त विवरणअनुसार मुलुकका...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)