प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले भोलि बुधबार बिहान ११ बजेसम्मका बैठक स्थगित गरेका हुन् ।

विपक्षी दलहरूले निरन्तर संसद् अवरोध गरेपछि सभामुख अर्यालले बैठक स्थगित गरेका हुन् ।

यसअघि सोमबारको बैठक पनि विपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी आज मंगलबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित भएको थियो ।

सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सदनमा दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने, क्षमायाचना गर्नुपर्ने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

निश्चित ब्याचबाहेक करेन्ट चाउचाउ खान योग्य रहेको यशोधा फुड्सको दाबी