Sunday, July 12, 2020
Home Editor-Picks मुख्यमन्त्री भन्छन् : रोगले भन्दा भोकले मरिने डर भो

मुख्यमन्त्री भन्छन् : रोगले भन्दा भोकले मरिने डर भो

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले कोभिड–१९ विरुद्धको लडाईँमा एक दिन पनि आफूहरु ननिँदाएर अविरल काम गरेको बताएका छन् । उनले प्रतिपक्षी दलका सांसदलाई प्रतिप्रश्न गर्दै भने खाली यो सरकारले केही गरेन भनेर विरोध मात्र गर्ने ?

गण्डकी प्रदेशसभाको छैटौं अधिवेशन सन्दर्भमा १५ औं बैठकमा बिहीबार नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सो स्पष्ट पारेका हुन् ।

मुख्यमन्त्री शनिबारको दिनमा पनि घरमा बसेको छैन, रातदिन नभनी काम गरिरहेको छु भन्दै राष्ट्रिय समस्याका कारण आफूहरुले कामको परिणाम पाउन नसकेको गुनासो गरे । कोरोनासँगै लामो समयको लकडाउनले अर्थतन्त्र शिथिल हुँदै गएको उल्लेख गर्दै अर्थतन्त्र चलायनमान बनाउन प्रदेश सरकारले बैशाख पहिलो सातादेखि नै विकास निर्माणको काम थालनी गरेको सदनमा जानकारी दिए । यद्यपि प्रदेशको सो अभियानमा बागमती र प्रदेश ५ ले अवरोध गरेको आरोप लगाए । ‘हाम्रोमा धेरै हरियो गाउँहरु छन् । त्यस्ता गाउँ किन लकडाउन गरिराख्ने? बाहिरबाट आएका मानिसलाई लक गर्छौ, कुटो कोदालो लक गर्न हुन्न भन्यौं, त्यसैअनुरुप विकास निर्माणसँगै कृषि उत्पादनका कार्यक्रम अघि बढायौं तर गण्डकीले गरेको यो कुरामा नेपाल सरकारसहित बागमती प्रदेश र प्रदेश ५ बेखबर हुँदा चाहेजस्तो ढुवानी हुन सकेन, अबरोध भयो’ भने । उनले प्रदेशभित्रकै कच्चापदार्थको भने आफूहरुले यतिबेला व्यवस्थापन गरेको बताए ।

कोरोनासँगै लामो समयको लकडाउनले अर्थतन्त्र शिथिल हुँदै गएको उल्लेख गर्दै अर्थतन्त्र चलायनमान बनाउन प्रदेश सरकारले बैशाख पहिलो सातादेखि नै विकास निर्माणको काम थालनी गरेको सदनमा जानकारी दिए

उनले कोरोना रोग जित्न लकडाउनले सकिएला तर भोकलाई जित्न नसकिने उल्लेख गरे । उनले भने, ‘सधैँ लकडाउन गरेर रोग जित्न त सकिएला तर भोक जित्न सकिँदैन । हाम्रो पुँजी विकासलाई बचाउन कठिन छ ।’

गण्डकी प्रदेश राजधानी पोखरामा प्रादेशिक प्रयोगशालामा हाल २ पीसीआर मेसिन संचालित रहेकोमा अब थपेर ३ पु¥याइने बताए । उनले नयाँ खरिदपछि दैनिक ७ सय नमुना परीक्षण गर्न सकिने बताए ।

कोभिडको प्रभावपछि पोखरामा प्रदेश प्रयोगशाला स्थापना भएको भन्दै उनले साउनसम्म मुलुकबाहिरबाट ३० हजार गण्डकी प्रदेशमा आउने अनुमान रहेको बताए । उनले भने, ‘ती सबैको पिसिआर टेस्ट गर्नुपर्छ । महिनामा १० हजारको टेस्ट गर्न सक्नुपर्छ ।’

अर्को प्रसंगमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज नगरी यसको मोडालिटी भने फेर्न सकिने बताएका छन् । पहिले आफू नै सो कार्यक्रम खारेज गर्नुपर्छ भनी लागेकोमा सांसदहरु नै सबैतिर घुमेर आइसकेपछि सो कार्यक्रम मागेकोले व्यवस्था गरिएको जिकिर गरे । उनले जनतासँग प्रत्यक्ष जोडिने गरी कार्यक्रम ल्याउनुपर्ने बताउँदै सो कार्यक्रमको कार्यविधि फेरबदल गरी निरन्तरता भने दिइरहने बताए । उनले फजुल खर्च रोकी कम्तीमा ६० प्रतिशतसम्म कृषि योजनामा पर्ने गरी सो कार्यक्रमलाई अघि बढाइने बताए । प्रदेशमा समानुपातिक सांसदले प्रत्यक्षजस्तो समान हैशियत नभएको गुनासोले केही क्षेत्रमा बाँडफाँडमा विवाद उत्पन्न भएको थियो । चालु आवमा प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड रुपैयाँ दरले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम संचालित भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले जेठ १८ मा प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुतपछि ३ दिनसम्म सांसदले त्यसबारे छलफल गरेका थिए । सो क्रममा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम खारेज गर्नुपर्ने माग प्रतिपक्ष दलका सांसद एवं केही समानुपातिक सांसदले उठाएका थिए ।

(Visited 63 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । कोरोना संक्रमणबा६ नेपालमा थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ र सिन्धुपाल्चोकमा थप...

भर्खरै

‘अझै दुई महिना बाढी पहिरोको समस्या’

काठमाडौं । सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

राजस्व छलीको मुद्दा फछ्र्योटमा सधैं ढिलाइ, कसरी छलिन्छ ? 

काठमाडौं । सरकारले राजस्व छलीको मुद्दा छिटो टुंग्याउन तीन तहका अदालतबाट दुई तहका अदालतले मात्रै हेर्ने व्यवस्था गरे पनि मुद्दाको फछ्र्योटमा ढिलाइ भइरहेको छ...

नेपालमा पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)