डडेल्धुरामा एकैदिन ५ जना कोरोना पोजेटिभ

डडेल्धुरा । जिल्लाको एउटै गाउँपालिकामा ५ जना व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा डडेल्धुरा जिल्लाका मात्रै ५ जनामा कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताएका छन् ।

संक्रमित पाँचै जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका र संक्रमतिहरु पाँचै जना गन्यापधुरा गाउँपालिकाका रहेका छन् । २ जना वडा नं. १ का र ३ जना वडा नं. २ का पुरुष रहेका छन् । योसंगै डडेल्धुरामा संक्रमितको संख्या ६ पुगेको छ जसमध्ये १ जना कोरोना जितेर घर फर्किएका छन् । सेती प्रादेशिक अस्पतालका अनुसार शुक्रबार सुदुरपश्चिममा १ जना कैलाली र ५ जना गन्यापधुराका गरी ६ जना संक्रमितहरु थपिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् राप्रपाले जितेका स्थान, कुन-कुन पालिकामा अग्रता ? (सूचीसहित)