पहिलोपटक काभ्रेमा पाँच जनामा कोरोना संक्रमण पुष्टि

काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले बताए । उनका अनुसार काभ्रेको रोशी गाउँपालिकामा ३ जना, पनौती नगरपालिकामा १ जना र पाँचखाल नगरपालिकामा १ जना गरी ५ जनामा कोरोना संक्रमण भेटिएको हो ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ । रोशी गाउँपालिकाको तीनै जना संक्रमित क्वारेन्टाइनमा छन । पाँचखालका संक्रमित भने शुक्रबार क्वारेन्टाइनबाट घर गएका थिए । पनौती नगरपालिकाको संक्रमित व्यक्ति भने धुलिखेल अस्पतालमा पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रियाका लागि भर्ना भएका थिए । शल्यक्रियाअघि पिसिआर परीक्षण गर्दा उनिमा संक्रमण देखिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा खाता एमालेले खोल्यो