Thursday, May 6, 2021
Home Breaking News यूएईबाट १६८ जना नेपाली लिएर आइपुग्यो एयर अरेवियाको जहाज

यूएईबाट १६८ जना नेपाली लिएर आइपुग्यो एयर अरेवियाको जहाज

,

काठमाडौँ । सरकारले म्यान्मासँगै आजै संयुक्त अरब इमिरेट्स (युएई) बाट पनि नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउने क्रममा आज युएईमा अड्किएका १६८ नेपालीलाई स्वदेश फर्काएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णले उनीहरु एयर अरेबियाको एविवाई–१७५१ नम्बरको जहाजमार्फत आज साँझ ६ः०० बजे काठमाडौँ अवतरण गरेको जानकारी दिए । जहाजमा एउटा शवसमेत ल्याइएको छ ।

यसअघि आज बिहान म्यान्माबाट त्यहीँका सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई स्वदेश फर्काएको थियो । उक्त विमानबाट दुई नेपालीसहित ४३ जना म्यान्मा गएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को समन्वयमा प्रभावित भएका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउन थालिएको हो । उनीहरुको आवश्यक व्यवस्थापन सिसीएमसीको निर्णयअनुसार हुन्छ ।

आज युएईबाट आएकामा प्रदेश नं १ का ४६, प्रदेश नं २ का २३, वाग्मती प्रदेशका ३७, गण्डकी प्रदेशका २३, प्रदेश नं ५ का २३, कर्णाली प्रदेशका चार र सुदूरपश्चिम प्रदेशका १२ जना रहेका छन् । उनीहरुलाई उपत्यकाको तोकिएको होल्डिङ सेन्टरमा लगिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रबार ‘कोभिड १९’ भाइरसको महामारीका कारण युएईबाट उद्धार गरिएका नेपाली ।

सरकारले काठमाडौँको यती पार्टी प्यालेस वसुन्धरा, स्काईजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस वसुन्धारालाई होल्डिङ सेन्टर बनाएको छ । जगेडाका रुपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ । काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिनेछ ।

भक्तपुरमा एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । जसमा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेट रहेको छ । यहाँ प्रदेश नं १ र २ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिने छ ।

ललितपुरमा ९०० जनाका लागि डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्कोमा होल्डिङ सेन्टर बनाइएको छ । जगेडाका रुपमा सिद्धार्थ कलेज धोबीघाट तयार पारिएको छ । यहाँ कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिक राखिने छन् ।

उद्धार गरिएकालाई प्रारम्भिक चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गरेपछि उपत्यकाका तोकिएका ‘होल्डिङ सेन्टर’ मा राखिन्छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा पठाइन्छ । त्यसरी नजाँदासम्मका लागि सेन्टरमा उनीहरुको आवश्यक व्यवस्थापनको जिम्मा भने नेपाली सेनालाई दिइएको छ । उपत्यकाका तीन जिल्लामा झण्डै तीन हजार क्षमताका होल्डिङ सेन्टर निर्माण गरिएको छ ।

उद्धारका लागि प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालीम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भई काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामी, आममाफी पाएर आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रबार ‘कोभिड १९’ भाइरसको महामारीका कारण युएईबाट उद्धार गरिएका नेपाली ।

(Visited 828 times, 1 visits today)
Loading comments...

आजको समाचार

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त, ६ जनाको मृत्यु

चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला...

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

साताका लोकप्रिय समाचार

कोरोना कहरमा सिन्धुपाल्चोकमा जनगणना सुरु

सिन्धुपाल्चोक । मेरो गणना,मेरो सहभागिता भन्ने मुल नाराका साथ राष्ट्रिय जनगणना २०७८ सिन्धुपाल्चोकमा पनि बिहीबार देखि औपचारिक रुपमा सुरु भएको छ । हरेक दश/दश वर्षमा...

मास्क नलगाउने ७ सय ५० जनालाई कारवाही

सप्तरी, राजविराज । कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि स्थानिय प्रशासनले चलाएको तपाईको मास्क खोई ! अभियान अन्तरगत जिल्लामा ३ दिनमा ७ सय ५०...

इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो सुनसरीमा कडा बनाउदै लकडाउन

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी...

सोच बेलैमा

काठमाडौं । सोना अमात्यको नयाँ गीत सोच बेलैमा सार्वजनिक भएको छ ।सोच बेलैमा गीतको भावलाई अझै उत्कृष्ट प्रदान गर्दै म्युजिक भिडियो दर्शकहरु माँझ रिलिज...

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

ट्रेन्डिङ

तीन लाख २० हजार घुस लिँदै गर्दा पक्राउ परे नायवसुब्बा सहित २ कर्मचारी

तुलसीपुर । दाङको तुलसीपुर स्थित मालपोत कार्यालयका वरिष्ठ नायवसुब्बा सहित २ जनालाई अख्तियारको टोलीले घुस सहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार्यालयका वरिष्ठ...

दाङका भिम बुढाथोकीको भारतको गोवामा मृत्यु

गोवा । भारतको गोवामा होटलमा कुकको काम गर्दै आएका दाङ बबई गाउपालिका वाडा नं पाँच निवासी ३२ वर्षीय भिम बुडाथोकिको निधन भएको । अस्ति बेलुका...

उ बेला पैसा फिर्ता लानुस भन्दा मानेनन्, अहिले ठग भन्छन् : अनमोल केसी

काठमाडौं । अभिनेता अनमोल केसीले आफूलाई ठगी आरोप लगाएको समाचारले स्तव्ध भएको भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् । आफू अहिले चलचित्र ए मेरो...

विधि र पद्धति मिच्दै गए संकट अझै गहिरिन्छ: नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी र सरकार दुवैलाई विधि, पद्धति र निष्ठाका आधारमा सञ्चालन गरिए अहिले देखिएका सबै...

सिमानामा स्वास्थ्य जाँच

इलाम। पूर्वको नेपाल–भारत सीमा पशुपतिनगर नाकामा स्वास्थ्य जाँच गरिन थालेका छ । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस जाँचका लागि बुधबारदेखि नेपाल भारत सिमा इलामको पशुपतिनगरमा...

जनैपूर्णिमाको धार्मिक आस्था

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन जनैपूर्णिमालाई श्रावणी भनिन्छ । ऋषिहरूको तर्पन गरिने दिन भएको हँुदा ऋषितर्पणी भनिन्छ । हरेक चाडवाडको आआफ्नै महŒव र...

कोरोना भाइरसका चौथो संक्रमित धनगढीमा भेटियो

धनगढी । धनगढीमा एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारत एक जनामा कोरोना भाइरसको...

रौतहटमा पत्रकारसहित २४ जनामा कोरोना संक्रमण

रौतहट । केही दिन यता फेरी रौतहटमा कोरोना संक्रमितको संख्या हवातै बढन थालेको छ । ६ दिनको अबधीमा रौतहटमा ८६ जनामा कोरोना संक्रमण भएको...

म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इग्लिस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको...

मास्क लगाएर काममा फर्कन अक्षयको अपिल

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले आम नागरिकलाई आफ्नो पूर्ण सूरक्षा अपाउनँदै काममा र्फकन आपिल गरेका छन् । भारतमा लक गाउन खुकुलो भएपछि मानिसहरु...

सजिलाे छैन उपत्यका छिर्न, नाकामा अनुगमन गर्दै नगरपालिका

काठमाडौँ । बिहीबार महालक्ष्मी नगरपालिकाले सिद्धिपुरस्थित तीन घरमा तालाबन्दी ग-यो । उपत्यका बाहिरको कोरोना सङ्क्रमित जिल्लाबाट आएकालाई नगरपालिकासँगको समन्वयमा प्रहरीले ती घरमा तालाबन्दी गरेको...

दशैंँमा बैंक नखुल्ने

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँ बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)