Sunday, July 12, 2020
Home बिचार जनजीविकामा गम्भीर ध्यान देऊ

जनजीविकामा गम्भीर ध्यान देऊ

कोरोना महामारीको अनिश्चिततासँगै देखिन थालेको विकराल समस्या समाधानका लागि यस आर्थिक वर्षको विकास बजेट जनजीविकाका कार्यक्रममा खर्च गरिए त्यसले देश र जनताको भलो हुन सक्ने देखिएको छ । महामारीले आगामी दिनलाई अनिश्चिततातिर धकेलिरहनु, त्यसको रोकथाम, परीक्षण, औषधोपचारका प्रक्रिया एकैसाथ लैजानुपर्ने बाध्यता सिर्जना हुनु, बेरोजगारीले राहत तथा आयआर्जनका कार्यक्रमको माग गर्नु र जनताले सरकारलाई आफ्नो अन्तिम विकल्पको अभिभावकका रूपमा आशा र भरोसा गर्नुले अब वर्तमान सरकारसँग विकास बजेट भए पनि खर्च गरेर जनता बचाउनतिर लाग्नुको विकल्प देखिँदैन । अवश्य पनि हो, धेरै काम निर्माणाधीन छन् । केही काम पूरा हुने अवस्थामा छन् । बाँकी केही काम नयाँ सुरुवात गरिनुपर्ने पनि छन् । तर, महामारीका अगाडि कोही कसैको पनि जोड नचल्ने अवस्था सिर्जना भएको छ । साँझबिहानको हातमुख जोड्ने समस्या प्राथमिक रूपमा समाधान हुनुपर्ने विषय बनेर आएको छ । पछिल्ला वर्षहरूमा बढ्दै गएको आर्थिक परनिर्भरताले जीविकोपार्जनमुखी आर्थिक प्रणालीमा झनै समस्या थप्दै लगेको छ । देशको उत्पादक शक्ति वैदेशिक रोजगारीमा लाग्नु र देशको अर्थतन्त्रको लगभग ३३ प्रतिशत हिस्सा पनि रेमिट्यान्सबाटै धानिदै आएकामा उक्त स्रोत ठप्प हुनुका कारण पनि हाल यो समस्या असमाधेय बन्दै गएको हो ।

महामारीको चपेटामा परेका अतिविकसित देशले पनि आफ्नो विकास बजेट जनजीविकाका कार्यक्रम तथा राहतमा खर्च गर्न थालेका छन् । आकस्मिक प्रकोपका रूपमा देखापरेको कोरोना महामारीले सिर्जना गरेको दैनिक जनजीवनको अस्तव्यस्तता टार्न अमेरिका र जापानजस्ता देशले राहत तथा जनजीविकाका कार्यक्रममा देशको वार्षिक बजेट खर्च गर्नेगरी महŒवपूर्ण र दूरगामी निर्णय लिइसकेका छन् । बजेटसहितका कार्यक्रम र राहत प्याकेजले देशमा सिर्जित दैनिक गुजाराको समस्या सरल र सहज बनाइरहेका छन् । यस कुरालाई नेपाल सरकारले बुझ्न र लागू गर्न कुनै पनि कन्जुस्याइँ गर्नुहुँदैन । बरु समयमै यसरी सोच्न सकियो भने आउँदै गरेको विकराल समस्यालाई आउनुपूर्व नै हल गर्न मद्दत मिल्ने देखिन्छ । ऋण, कर्जा र लिखितम, बकितमका कुरा हुँदै जाला तर मुखमा माड हाल्ने कुरा पर्खन सकिने र सहन सकिने कुरा होइन । यसले अनियन्त्रित आक्रोशको ज्वाला फुटाउन सक्ने देखिन्छ । देशमा आत्महत्याको दर अप्रत्यासित रुपमा वृद्धि हुने संकेत देखापरेको छ । प्रदेश नम्बर ५ मा एकै दिनमा आठ जनासम्मको आत्महत्या गरेको घट्ना निकै डरलाग्दो छ । यसको अन्तर्यमा आर्थिक कारण रहेको यथार्थ कहीँ र कतै पनि छिपेको छैन ।

विदेश जाँदा मासिक सयकडा ५ प्रतिशतका हिसाबले लिएको ऋणको सावाँ र ब्याज तथा ठेकीकोसेली अहिले दिन दुगुणा र रात चौगुणा वृद्धि हुँदै गइरहेको छ । उता विदेशबाट खाली हात धोएर फर्कनु परिरहेको छ । घरमा खाने अन्न छैन । उपचार गर्ने पैसा छैन । खेतबारी बाँझा छन् । उधारो खाऔं भने पनि गाउँमा अन्न नै छैन । विश्व भोकमरीमा पर्दै छ । आयात गरिने अन्न प्रशस्त मात्रामा आइ नै रहला भन्ने पनि छैन । छिमेकी देश भारतको त्यति ठूलो जनसंख्या पनि भोकमरीको मारमा पर्दै छ । नेपालमा खाद्य आयात गरिने देश भारत नै हो । क्षितिजमा देखापरिरहेको यस्तो विचित्रको अवस्थालाई समयमै हृदयंगम गरी सरकारले बेलैमा राहत तथा जनजीविकाका कार्यक्रम यथाशिघ्र ल्याउनु जरुरी छ । यसका लागि विकास बजेट भए पनि जनजीविकाका कार्यक्रम तथा राहत प्याकेजमा खर्च गरी निम्तँदै गरेको संकटमोचनका लागि गम्भीरतापूर्वक सोचिनु जरुरी छ ।

(Visited 37 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । कोरोना संक्रमणबा६ नेपालमा थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ र सिन्धुपाल्चोकमा थप...

भर्खरै

‘अझै दुई महिना बाढी पहिरोको समस्या’

काठमाडौं । सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

राजस्व छलीको मुद्दा फछ्र्योटमा सधैं ढिलाइ, कसरी छलिन्छ ? 

काठमाडौं । सरकारले राजस्व छलीको मुद्दा छिटो टुंग्याउन तीन तहका अदालतबाट दुई तहका अदालतले मात्रै हेर्ने व्यवस्था गरे पनि मुद्दाको फछ्र्योटमा ढिलाइ भइरहेको छ...

नेपालमा पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)