Sunday, July 12, 2020
Home Not-to-be-missed वेर्नरको गन्तव्य लन्डन

वेर्नरको गन्तव्य लन्डन

लन्डन । जर्मन क्लब आरबी लाइपजिगका जर्मन युवा फरवार्ड टिमो वेर्नर इंग्लिस क्लब चेल्सीमा आउने पक्का भएको छ । वेर्नरलाई चेल्सीले पाँच वर्षका लागि ५३ मिलियन पाउन्डमा अनुबन्ध गर्न नजिक पुगेको छ । अनुबन्ध सफल भए जर्मन बुन्डेस लिगामा उच्च प्रदर्शन गरिरहेका वेर्नर २०२५ सम्म लन्डन क्लब चेल्सीमा रहनेछ । अनुबन्ध सफल भए चेल्सीले उनलाई केही दिनमा सार्वजनिक गर्नेछ ।

वेर्नरले आफ्नो नाम चेल्सीसँग जोडिनु गर्वको विषय रहेको बताएका छन् । चेल्सीले गत फेब्रुअरीमा मोरक्को तथा डच क्लब आयाक्सका हाकिम जियाचलाई ३६ मिलियन पाउन्डमा अनुबन्ध गरिसकेको छ । वेर्नर यो सिजनमा चेल्सीमा अनुबन्ध हुने दोस्रो खेलाडी बन्नेछ । लिभरपुलले वेर्नरको रिलिज क्लजको मूल्य तिर्न अनिच्छिुक देखिएपछि चेल्सीले त्यसको फाइदा उठाउन लागेको हो ।

लिभरपुलले कोरोना महामारीपछि क्लबमा आर्थिक समस्या हुन सक्ने आँकलन गर्दै वेर्नरमा ५३ मिलियन पाउन्ड खर्च गर्ने योजनामा नरहेको बताएको छ । यही मूल्यमा वेर्नर चेल्सीमा अनुबन्ध भए उनले प्रतिसाता १ लाख ८० हजार पाउन्ड पाउनेछन् । जुन वार्षिक ९ मिलियन हुन आउँछ । खेलाडी अनुबन्धमा प्रतिबन्ध बेहोरेको चेल्सीले गत सिजन इडेन हजार्ड बेच्दा केही रकम संकलन गरेको थियो । सोही रकम नै एउटा परिपक्व फरवार्ड वेर्नर अनुबन्धका लागि पर्याप्त बन्नेछ ।

वेर्नरले यसै साता बुन्डेस लिगामा माइन्जविरुद्धको ५–० को जित निकालेको खेलमा ह्याट्रिक पूरा गरेका थिए । भीएफबी स्टुटगार्टबाट करियर सुरु गरेका २४ वर्षीय वेर्नरले बुन्डेस लिगामा यो सिजन २५ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका छन् । उनीभन्दा अघि बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की (२९) छन् । वेर्नरले यो सिजन लाइप्जिगका लागि ४० खेलमा ३१ गोल गरेका छन् । २०१७ देखि जमी राष्ट्रिय टोलीमा रहेका वेर्नरले २९ खेलमा ११ गोल गरेका छन् ।

(Visited 25 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । कोरोना संक्रमणबा६ नेपालमा थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ र सिन्धुपाल्चोकमा थप...

भर्खरै

‘अझै दुई महिना बाढी पहिरोको समस्या’

काठमाडौं । सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

राजस्व छलीको मुद्दा फछ्र्योटमा सधैं ढिलाइ, कसरी छलिन्छ ? 

काठमाडौं । सरकारले राजस्व छलीको मुद्दा छिटो टुंग्याउन तीन तहका अदालतबाट दुई तहका अदालतले मात्रै हेर्ने व्यवस्था गरे पनि मुद्दाको फछ्र्योटमा ढिलाइ भइरहेको छ...

नेपालमा पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)