धनगढीका कोरोना संक्रमित काठमाडौँ रेफर

धनगढी । धनगढीका एक जना कोरोना संक्रमितलाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ । सेती प्रादेशिक अस्पतालमा उपचार उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि शुक्रबार राति काठमाडौं रेफर गरिएको हो ।

रेफर गरेका ब्यक्ति धनगढी उपमहानगरपालिका ५ का ५१ वर्षीय पुरुष रहेका छन् । सेती अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारमा संग्लन डाक्टर निराजन दत्त शर्माले रेफर गरेका ब्यक्तिमा मिर्गौलामा समस्या देखिनुका साथै निमोनिया पनि देखिएको बताए ।

डाक्टर शर्माले सेती अस्पताल कोरोना संक्रमितका लागि लेवल–२ को अस्पताल भएकाले उनलाई थप उपचारका लागि लेवल–३ को काठमाडौंस्थित टिचिङ अस्पतालमा रफेर गरेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वस्तिक छापको विषयमा विवाद भएपछि भरतपुरको मतगणना स्थगित