बर्दियामा एकैदिन २८ जना कोरोना पुष्टि, संक्रमितको संख्या ४१ पुग्यो

बर्दिया । बर्दियामा शनिबार एकै पटक २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा २८ जनामा कोरोना पुष्टि भएको हो । केहि दिन पहिले भारतबाट रोजगारी गरेर घर फर्किएका बर्दियाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए ।

बर्दियाको गुलरिया नगरपालिकामा ११ जना, राजापुर नगरपालिकामा ५ जना, बाँसगढी नगरपालिकामा ५ जना, मधुवन नगरपालिकामा ४ जना र बढैयाताल गाउँपालिकामा ३ जना गरि २८ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । गुलरिया नगरपालिका वडा नम्बर ३ का ९ जना, वडा नम्बर ६ का १ जना र वडा नम्बर १० का १ रहेका छन् । राजापुर नगरपालिका वडा नम्बर १० का ३ जना र वडानम्बर ८ का २ जना रहेका छन् ।

यसैगरी बाँसगढि नगरपालिका वडा नम्बर ९ का ३ जना, वडा नम्बर २ का १ जना र वडा नम्बर ६ का १ जना रहेका छन् । मधुवन नगरपालिका वडा नम्बर २ का २ जना र वडा नम्बर ५ का २ जना रहेका छन् । बढैयाताल गाउँपालिका वडा नम्बर ७ का २ जना र वडा नम्बर ६ का १ जना रहेका छन् ।

संक्रमित सबै जना क्वारेन्टिनमा बसिरहेका थिए । उनीहरुको आरडीटी विधिबाट स्वास्थ्य परीक्षणमा पोजेटिभ देखिएपछि स्वाब संकलन गरि पीसीआर विधिबाट परीक्षण गरिएको जनस्वास्थ्य निरिक्षक कृष्ण गोपाल चौधरीले बताए । शनिबार एकैदिन २८ जना संक्रमित थपिएसंगै बर्दियामा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।

यसअघि १३ जना संक्रमित रहेका थिए । संक्रमित मध्ये बर्दिया गुलरिया ११ लालपुरका र राजापुर ५ की वालिका निको भएर घर फर्किसकेका छन् । ६ नगरपालिका र २ गाउँपालिका रहेको बर्दियामा अहिलेसम्म ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा भने कोरोना संक्रमित भेटिएका छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
७७ जिल्लामै पुग्यो मतपत्र, ७८ हजार मतपेटिका तयार