Sunday, July 12, 2020
Home Editor-Picks चार वर्षिय बालकको अपहरणपछि हत्या गरिएको आशंका

चार वर्षिय बालकको अपहरणपछि हत्या गरिएको आशंका

प्रहरी भन्छन्, पोष्टमार्टम रिपोर्ट पर्खौ

सप्तरी, राजविराज । सप्तरीको महादेवा गाउँपालिका २ अकबरपुरका ४ बर्षिया बालक सुजित यादवको अपहरण पश्चात हत्या गरिएको परिवारजनले दावी गरेका छन् । विहिबार दिउँसो घर भन्दा २ सय मिटर टाढा रहेको पोखरीमा तैरीरहेको अवस्थामा मृत फेला परेका बालकको अपहरण पछि हत्या गरेको दावी गर्दै बुवा सुर्य नारायण र आमा रंजनाले घटनाको निश्पक्ष छानविन गर्न माग गरेका हुन ।

बुधबार साझदेखि हराई रहेका बालक यादव विहिबार दिउसो पोखरीमा मृत अवस्थामा फेला परेका थिए । घटनाबारे जानकारी लिन पुगेका संचारकर्मीसंग कुरा गर्दै बालकका बुवा सुर्य नारायणले पुरानो रिसिईबीकै कारण गाउँकै एक पक्षले अपहरण गरि छोराको हत्या गरेको दावी गरे ।

‘गत बैशाख २ गते गाउँकै एकपक्ष सँग हाम्रो परिवारको झै झगडा भएको थियो’ उनले भने, ‘सोही रिसिईबीले यस्तो घटना घटाईएको हो ।’ आमा रंजनाले बुधबार राती ८ बजे तिर नजिकैको आफन्तकहाँबाट टिभी हेरेर फर्किदै गरेका छोरा बिच बाटोबाटै बेपत्ता भएको र भोलीपल्ट विहिबार दिउसो पोखरीमा तैरीरहेको मृत शरिर फेला परेको सुनाईन ।

उनले पनि पुरानो विवादकै कारण गाउँका एकपक्षले छोराको अपहरण गरी हत्या पश्चात डुबेर मरेको देखाउन पोखरीमा फालेको दावी गरिन । डिएसपी तिलक भारतीले पोखरीमा मृत फेला परेका बालक सुधिरको शव शुक्रबार धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गराई शव आफन्तको जिम्मा लगाईएको बताए ।

उनले भने, ‘पोष्टमार्टम रिपोर्ट आउन एकदुई दिन समय लाग्छ अहिले नै हत्या हो वा डुबेर मृत्यु भएको हो सो बारे यकिन भन्न सक्ने अवास्था छैन ।’ उनले पोष्टमार्टम रिपोर्ट पर्खन सम्बन्धित पक्षलाई आग्रह गर्दै भने, तत्काल गर्नुपर्ने काम र अन्यपाटोको सुक्ष्म अनुसन्धान भईरहेको छ ।

(Visited 125 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । कोरोना संक्रमणबा६ नेपालमा थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ र सिन्धुपाल्चोकमा थप...

भर्खरै

‘अझै दुई महिना बाढी पहिरोको समस्या’

काठमाडौं । सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

राजस्व छलीको मुद्दा फछ्र्योटमा सधैं ढिलाइ, कसरी छलिन्छ ? 

काठमाडौं । सरकारले राजस्व छलीको मुद्दा छिटो टुंग्याउन तीन तहका अदालतबाट दुई तहका अदालतले मात्रै हेर्ने व्यवस्था गरे पनि मुद्दाको फछ्र्योटमा ढिलाइ भइरहेको छ...

नेपालमा पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)