Sunday, May 16, 2021
Home Breaking News विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस

,

काठमाडाैं । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले आज एक विज्ञप्तिमार्फत विदेशका जुकसुकै कुनामा रहेका नेपालीलाई आफ्नो देश फर्कन पाउने अधिकार रहेको उल्लेख गर्दै सङ्ख्या नतोकी स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन आग्रह हो ।

सरकारले हालै विभिन्न देशमा रहेका करिब २५ हजार नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्ने तथ्याङ्क सार्वजनिक गरेको थियो । काँग्रेसले विदेशबाट ल्याइएका नेपाली नागरिक सबैको कोरोना भाइरस पिसीआर विधिबाट परिक्षण गरी विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसारको क्वारेन्टिन वा अन्य प्रबन्ध मिलाउनसमेत आग्रह गरेको छ । काँग्रेसले कोरोना भाइरसको महामारी शुरु हुँदाकै समयदेखि विदेशमा रहेका घर फर्कन चाहने नेपाली नागरिकलाई सरकारले फिर्ता ल्याउनुपर्छ भन्ने धारणा राख्दै आएको जनाएको छ ।

काँग्रेस केन्द्रीय सदस्य एवं विभागका प्रमुख गोविन्द भट्टराईले विज्ञप्तिमार्फत स्वदेश ल्याउनु मात्रै उपलब्धि नभई अब तत्कालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने समय आएको बताएका छन् । काँग्रेसले कोरोना भाइरसको महामारी कहिले अन्त्य हुन्छ भन्ने अन्योलताले हुनसक्ने आर्थिक मन्दीसमेतलाई ध्यानमा राखी विदेशमा रहेका नेपाली भोलिका दिनमा ठूलो सङ्ख्यामा घर फर्कनुपर्ने अवस्था आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

आर्थिक वर्ष २०७६/७७ को सरकारको नीति तथा कार्यक्रममा विदेशमा रहेका पाँच लाख नेपालीलाई स्वदेश फिर्ता गरेर रोजगारीमूलक काममा लगाउने उल्लेख गरिएको जनाउँदै उहाँले त्यसलाई अहिले कार्यान्वयन गर्ने समय आएको बताउनुभएको छ । विदेशबाट फिर्ता भएका नेपालीलाई रोजगारीमूलक काम दिने गरी तत्काल विषेश कार्यक्रम घोषणा गरेर कार्यान्वयन गर्नुपर्ने काँग्रेसको धारणा छ ।

विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकलाई सरकार आफैँले खर्च गरेर वा सम्बन्धित मुलुकका सरकारसँग कूटनीतिक पहल गरी उनीहरु कार्यरत कम्पनी वा सरकारको लगानीमा नेपाल ल्याउने प्रबन्ध गर्न काँग्रेसले सरकारसँग आग्रह गरेको छ । विभागका प्रमुख भट्टराईले सरकारले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई शुल्क तिर्नका लागि नेपालबाट पैसा पठाउने सहज प्रबन्ध मिलाउनसमेत आग्रह गरेकाे छ ।

(Visited 131 times, 1 visits today)
Loading comments...

आजको समाचार

धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी...

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास...

काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा...

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

बुधबारबाट अरुण तेस्रोको काम ठप्प

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरुङ भित्र मजदुरको मृत्यु भएपछि...

साताका लोकप्रिय समाचार

बिरामी लिएर हिँडेको ट्याक्सी दुर्घटनामा दुईको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन । बिरामी लिएर पोखराबाट ढोरपाटन नगरपालिका–५...

लोकसेवा आयोग रेग्मी सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारी तथा सदस्य नियुक्ति सिफारिस गरेको छ । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले लोकसेवा आयोग अध्यक्षमा...

शुक्रराज अस्पतालमा किट सकियाे, पिसिआर टेष्ट रोकियाे

काठमाडाैं ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर...

मातृ पूजनको महान् पर्व

  भनिन्छ, ‘मातृदेवो भव’ आमालाई देवता समान मान । यस उक्तिको सन्दर्भ मातातीर्थ औंसीमा गाँसिएको छ । यसरी आमाको महत्व र गरिमालाई प्रकाश पार्दै नेपालमा...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

ट्रेन्डिङ

जोखिममा रहेका नेपालीलाई घर फर्काउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सीमावर्ती क्षेत्रबाट नेपाल फर्किन खोजेका प्रवासी नेपालीलाई क्वारेन्टाइनको शर्तसहित व्यवस्थित रुपमा घर फर्किन दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश...

थप ९०० मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैं ।  देशभर पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार पछिल्लो समय ६ हजार...

काठमाडाैंकाे गल्ली भित्र लकडाउन थप कडा

  अहिले असन, इन्द्रचोक दमाईंटोल, ताम्सीपाखा, नरदेवी, ढोकाटोल, भुरुङ्खेल, क्षेत्रपाटीलगायतका स्थानबाट अयन्त्र जान पाइने छैन भने अन्यत्रबाट आउन पनि पाइँदैन काठमाडौँ । कोरोना भाइरसको जोखिम...

अभिनेत्री निरिशालाई कोरोना संक्रमण

काठमाडौं । अभिनेत्री निरिशा बस्नेतले आफू कोरोना संक्रमित भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफू कोरोना संक्रमित भएको र...

बिरामीमा काेराेना संक्रमण देखिएपछि शिक्षण अस्पताल बन्द

बाँके । बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरुपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई...

बराबरीमा रोकियो आर्सनल

लन्डन । इग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा क्रिस्टल प्यालेससँग आर्सनल गोलरहित बराबरीमा रोकियो । सबै प्रतियोगितामा गरेर पछिल्लो चार खेलमा जित...

शंकास्पद व्यक्तिको मृत्यु, अस्पतालले रोक्यो सेवा, चिकित्सक आइसोलेसनमा

इलाम । कोरोना संक्रमण संग मिल्ने लक्षण भएका एक बिरामीको मृत्यु भएको छ । सन्दकपुर गाउँपालिकाका एक बिरामी स्वासप्रस्वासमा समस्या आएर ज्वरो आएपछि इलाम...

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद गठन, पुराना सबै दाेहाेरिए (सूचीसहित)

काठमाडाैं  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र...

रोनाल्डो आइसोलेसनमा

रोम । पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो दुई साता आइसोलेसनमा बस्नुपर्ने भएको छ । लकडाउनकै समयमा रोनाल्डो पोर्चुगलबाट इटाली फर्केका...

काठमाडौं र धनगढी फाइनलमा

काठमाडौं । दुई विदेशी खेलाडीले उच्च प्रदर्शनसहित ३ गोल गरेपछि काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीमाथि ३–० को सहज जित दर्ता गर्दै खुकुरी नेपाल सुपर...

आमा बनिन् अभिनेत्री अनुष्का

मुम्बई । बलिउड शर्मा अनुष्का शर्मा आमा बनेकी छन् । उनले छोरीलाई जन्म दिएकी छन् । अनुष्काका पति तथा क्रिकेटर विराट कोहलीले आफूहरूलाई पुत्री...

छिमेकीको सार्वभौम संवेदनशीलतालाई मनन गर

जिल्ला प्रशासन बकार्यालय दार्चुला र भारतीय जिल्ला प्रशासन धार्चुलाबीच यो साता निकै गम्भीर विषयमा पत्राचार भएको छ । ३० असारमा धार्चुलास्थित भारतीय जिल्ला प्रशासनले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)