विजयी यादव निर्विजको ‘रुपवा सलोना’ गीत सार्वजनिक (भिडियाेसहित)

कलैया । भोजपुरी भाषाको फिल्म, गीत, संगित प्रति बढदै गईरहेको जनचाहनासंगै नेपाली कलाकारले समेत उत्कृष्ट गीत सार्वजनिक गर्न थालेका छन् ।

निर्विज प्रोडक्सन काठमाडौंको प्रस्तुतीमा गायक विजय यादव निर्विजको स्वारबाट सुसजित भोजपुरी गिति एल्वम ‘रुपवा सलोना’ को पहिलो गीत टि–सिरीजले औफिसल युटुव च्यानल माफर्त सर्वजनिक गरेको छ ।

बलिउडको नं. १ म्यूजिक कम्पनी टि—सिरिजले नेपाली कलाकारको गीत सार्वजनिक गरेपछि नेपालको भोजपुरी दर्शक एवं स्रोता माझमा चर्चाको बिषय बनेको छ । पछिलो समय नेपाली गायक संगितकारहरुको गीत सर्वजनिक हुन थाले पछि नेपाली कलाकारहरुमा उत्साह बढेको छ ।

नेपालको तराई मधेस, भारतको विहार, युपी, झारखण्डका साथै मरिसस लगायतका ठाउँमा भोजपुरी गीत, संगित, फिल्मको प्रभाव अत्याधिक रहेको छ । केही समय यता नेपाली कलाकारहरु पनि भोजपुरी भाषामा उत्कृष्ट गित संगित रेकड गर्न थाले संगै बलिउडका नं. १ टिसिरीज कम्पनीले सार्वजनिक गर्न थालेको हो ।

टि—सिरिजद्वारा निर्विज प्रोडक्सनको पहिलो गिति एल्वमको पहिलो गित ‘रुपवा सलोना’ भन्ने बोलको टाईटल गीत सार्वजनिक गरिएको प्रोडक्सनका सिईओ रचना सिवाकोटीले बताईन् । सिवाकोटीका अनुसार गीत संतोष उप्रातीको रहेको छ भन्ने पछिल्लो समय नेपालको भोजपुरी संगितमा चर्चित रहेको संगितकार संतोष राजको संगितबाट सजाईएको छ ।

रौतहटको फातुवा विजयपुर नगरपालिका सन्तपुर निवासी एवं तराई मधेशका पहिलो फिल्म स्टडिजमा स्नातक गरेका प्रदेश नं. २ का चर्चित गायक विजय यादव निर्विजको स्वरबाट सुसजित उक्त रुपवा सलोना गीतको म्यूजिक भिडियोको डाईरेक्सन रंधिर श्रेष्ठले गरेका छन् ।

त्यस्तै म्यूजिक भिडियोमा कलाकारहरु कुमार यस र आर्जू खरेलले अभिनय गरेका छन् भने कारोयोग्राफी अर्जून विसीले गरेका छन् । यो गीतले नेपालको भोजपुरी फिल्म जगतको लागि गौरवको रुपमा स्थापित हुने गायक विजय यादव निर्विजले बताएका छन् ।

तराई मधेसमा पछिल्लो समय अन्य भाषा भन्दा बढी भोजपुरी भाषाको फिल्म, गीत प्रति सर्वसधारणको चासो बढदै गईरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नेछु : धनराज आचार्य