Saturday, July 11, 2020
Home बिचार पीसीआर परीक्षणलाई देशव्यापी पार

पीसीआर परीक्षणलाई देशव्यापी पार

सरकारले आरटीपीसीआरलाई भन्दा आरडीटी परीक्षणलाई बढी प्राथमिकता दिएर निर्देशिका जारी गरेको छ । यो सरकारको त्रुटिपूर्ण कार्य हो । कोरोना भाइरस संक्रमण भए÷नभएको बारे मुख्य निक्र्यौल गर्ने परीक्षण नै आरटीपीसीआर परीक्षण हो । यो विषयको जानकार हँुदाहँुदै पनि सरकारी निकायले पीसीआरलाई भन्दा आरडीटीलाई बढी प्राथमिकता दिनु विडम्बनापूर्ण कार्य हो । आरडीटीबाट परीक्षण गर्दा नेगेटिभ देखिनासाथ क्वारेन्टाइन र उपचारमा रहेकालाई घर पठाउन थाल्नु पनि अर्को गम्भीर गल्ती हो । गत शुक्रबार मात्रै सुर्खेतको क्वारेन्टाइनमा रहेका एक युवाको आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो तर उनको मृत्युपश्चात् पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । यसले पनि सहजै पुष्टि गर्छ कि आरडीटी परीक्षण भरपर्दो र विश्वसनीय छैन । त्यसैले, क्वारेन्टाइनमा बसेका सबैको जीवन सुरक्षित बनाउने हो भने उनीहरूलाई पीसीआर परीक्षण गर्नुको विकल्प छैन । माइक्रोबायोलोजिस्टहरूले पनि क्वारेन्टाइनमा बस्दै आएका सबैको पीसीआर परीक्षण गर्न सरकारलाई सुझाव दिँदै आएका छन् ।

आरडीटीबाट नेगेटिभ देखिएका र सोही क्रममा व्यक्तिहरूको मृत्यु भइसकेपछि उनीहरूको पीसीआर रिपोर्ट पोजेटिभ आउनुले सरकारी निकायको लापर्बाही र गैरजिम्मेवारीपन प्रस्ट देख्न सकिन्छ ।

चिकित्सकहरूले आरडीटी परीक्षण प्रभावकारी हुन नसकेको निष्कर्ष निकालिसकेका छन् भने विश्व स्वास्थ्य संगठनले पनि पीसीआर परीक्षण नै उपयुक्त भएकाले सोहीअनुसार परीक्षणको दायरा बढाउन पटकपटक सुझाव दिँदै आए पनि सरकारले सो सुझावलाई समेत ग्रहण गर्न सकेको छैन । आउने दिन हाम्रा लागि संक्रमितको संख्या अत्यधिक बढ्ने र निकै चुनौतीपूर्ण हुने देखिएको छ । यस्तो अवस्थामा हामीसँग परीक्षण प्रणाली र उपचार प्रणाली अत्यन्तै प्रभावकारी हुन जरुरी छ । पर्याप्त पीसीआर तथा अस्पतालको प्रभावकारी व्यवस्थापन र पर्याप्त मात्रामा भेन्टिलेटर र आईसीयूको व्यवस्थापन गरेर तयारी अवस्थामा राख्नुपर्छ ।

अहिले देशभरमा २० वटा मात्रै पीसीआर मेसिनबाट कोरोना संक्रमणको परीक्षण भइरहेको छ । यो निकै न्यून हो । अब सरकारले २० बाट बढाएर पीसीआर मेसिनको संख्या कम्तीमा पनि १ सयवटा पु¥याउनुपर्छ र ७७ वटै जिल्लाबाट पीसीआर परीक्षण गर्ने प्रबन्ध मिलाउनुपर्छ । त्यसो गर्न सकियो भने धेरैभन्दा धेरैलाई पीसीआर परीक्षणको दायरामा ल्याउन सकिन्छ र उनीहरूबाट थप संक्रमण फैलने सम्भावना रहँदैन । अहिले भारतबाट नेपाल फर्किएकामा बढी संक्रमण देखिएको भए पनि उनीहरूले समुदायस्तरमा संक्रमण नराम्ररी फैलाउन सक्ने सम्भावना पनि त्यतिकै छ । फेरि भारतबाट आएका धेरै नेपालीमा कोरोनाको संक्रमण देखिएकाले उनीहरूलाई समुदायस्तरमा जानुभन्दा अघि नै पहिचान गरी क्वारेन्टाइनमा राख्नुपर्छ ।

कोरोना संक्रमणको फैलँदो दरलाई अब कसैले पनि कम आँकलन गर्नुहँुदैन । यसलाई सामान्य रूपमा लिने गम्भीर गल्ती कसैले पनि गर्नुहुँदैन । अब सरकारी निकायको प्रमुख प्राथमिकताको विषय नै कोरोना नियन्त्रण, उपचार र सचेतना हुनुपर्छ । कोरोना संक्रमणका कारण देशमा रोजगारीको अवस्थासमेत धराशायी बन्न पुगेको छ । त्यसैले, सरकारले बढ्दो बेरोजगारीका कारण आगामी दिनमा मुलुकले भोग्नुपर्ने गम्भीर संकटको पहिचान गरी त्यसलाई समाधान गर्न सक्ने उपायको खोजी अहिलेदेखि नै गर्न जरुरी छ ।

सरकारको पहिलो कर्तव्य त आफ्ना नागरिकलाई सुरक्षित बनाउनु र उनीहरूको जीवन बचाउनु नै हो । नागरिकले पनि यस्तो अवस्थामा संयमता गुमाउनुहुँदैन । त्यसैले, नागरिकलाई सुरक्षाको अनुभूति दिँदै आशंकित सबैलाई पीसीआर परीक्षण गर्नु अहिलेको अहं आवश्यकता हो ।

(Visited 59 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

भर्खरै

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)