Saturday, July 11, 2020
Home बिचार अबका दिनमा कोरोनासँग सहयात्रा

अबका दिनमा कोरोनासँग सहयात्रा

११ चैत्र २०७६ देखि निरन्तरको लकडाउनले निम्नवर्ग त समस्यामा थिए नै । अब मध्यमवर्गले पनि जीवन धान्न नसक्ने अवस्था भइसकेको छ । सरकारले भने यथास्थितिमा निरन्तर लकडाउन थपिरहेका छ । यद्यपि, विज्ञले यसको ढा“चा फेर्न सुझाव दिइरहे पनि सरकारले सुनेको छैन । लकडाउन खोल्न ३२ गतेअघि नै उच्चस्तरीय समन्वय समितिमा मोडालिटी बन्ने र मन्त्रिपरिषद्मा प्रस्तुत हुने चर्चामा छ । अर्काेतिर सीसीएमसीले पनि रेड, ग्रिन र एल्लो जोन छुट्याउने गृहकार्य गरिरहेको छ । पहाडी, हिमाली जिल्ला र उपत्यकाको आन्तरिक आवागमन एवं उत्पादन र सेवामूलक उद्योग, संघसंस्थाका गतिविधि खुकुलो बनाइनेगरी तथा आन्तरिक हवाई उडान एवं विमानस्थलको स्वास्थ्य प्रोटोकल तयार हुँदै छ । सेवामूलक उद्योग, निर्माण सेवा त्यसपछि उडान र होटल खुल्नेछन् । तथापि, प्रधानमन्त्रीले सार्वजनिक रूपमै जीवनभन्दा ठूलो अर्थतन्त्र होइन भन्दै गरेकाले यसै हुन्छ भन्न सकिने अवस्था छैन ।

लक्षण देखिएकामा मात्र परीक्षण : हाल दैनिक २ हजार ५ सयको परीक्षण गर्ने र ६ हजारको हाराहारीमा नमुना परीक्षणका लागि क्यु लाग्ने गरेका छन् । संक्रमितको संख्या वृद्धिसँगै सम्भावित क्षतिलाई कम गर्न परीक्षणको भार घटाउन र जटिलता उत्पन्न हुने बिरामीको व्यवस्थापनमा केन्द्रित हुनका लागि नयाँ रणनीति जरुरी छ । लक्षण भएकाको मात्रै परीक्षण गर्नेछ । त्यस्तै, संक्रमित भएर भर्ना भएका र लक्षण नभएकालाई पनि एकपटकभन्दा बढी परीक्षण नगरिने भएको छ । लक्षण नदेखिए पनि १४ दिन नै छुट्टै र सावधानी साथ बस्नुहोस् भनिँदै छ । सिमानाका या विदेशबाट आउने सबैलाई सिधै संक्रमितझंै छुट्टै बस्नुहोस् भन्दै नाकामै निर्देशिकासहित मास्क, स्यानिटाइजरलगायतका सामग्री दिएर सिधै होम क्वारेन्टाइनमा पठाइन्छ । लक्षण नदेखिए परीक्षण वा अस्पतालमा आइसोलेसनमा पनि लानुपर्दैन । विश्व स्वास्थ्य संगठनले पनि १० दिनभित्र लक्षण नदेखिएमा त्यस्ता संक्रमितलाई ख्याल गर्न पनि नपर्ने र अरूमा पनि सार्न नसक्ने बताएको छ ।

संक्रमित बढ्दै जानुमा परीक्षणको दायरा बढ्नु, कन्ट्याक्ट ट्रेसिङ समयमै यथेष्ट मात्रामा नहुनु र भारतमा संक्रमितको हजारौं संख्या नेपाल भित्रनु हो

आयातित केस रोकिँदैनन् : संक्रमणको रेट नेपालमा अत्यन्तै न्यून छ किनभने हाम्रोमा आयातित केस अझै बढी छ । आयातित केसको तुलनामा ती केसले देशमा नै संक्रमण गराएको थोरै देखिएको छ, जब कि सैद्धान्तिक रूपमा हेर्दा अत्यन्तै देखिनुपर्ने हो तर त्यो देखिएको छैन । तसर्थ, कम गतिमा संक्रमण भएकाले चाँडै नै लकडाउन खोल्ने आधार दिन्छ । तर, हामी खालि संख्या मात्र गनेर बसेका छौं । केही महिनामा संक्रमित बढ्दै जानुमा परीक्षणको दायरा बढ्नु, कन्ट्याक्ट ट्रेसिङ समयमै र यथेष्ट नहुनु र भारतमा संक्रमण भएका संक्रमित नेपालमा हजारौं भित्रनु हो ।

प्रधानमन्त्रीले संसद्मा कोरोनामुक्त देश बनाउने पहिलो प्राथमिकता रहने बताएका थिए । तथापि, विश्व कोरोनामुक्त भए मात्र नेपाल पनि कोरोनामुक्त हुन सक्ने हो । कि त हामीसँग यस्तो विज्ञान र प्रविधि हुनुप¥यो, जसले भाइरस परास्त गरोस्, जुन असम्भव नै छ । कोरोनामुक्त नभई कोरोना सुरक्षित देश भने बनाउन सकिन्छ । जसका लागि जनशक्ति, पूर्वाधार र नीति निर्माताको ट्युनिङ मिल्नैपर्छ, जुन नेपालमा असम्भव प्रायः छ । लकडाउन नागरिकलाई घरभित्र बस्नका लागि हो भने सरकारलाई काम गर्न हो । आनन्दले निदाउनका लागि होइन । प्रधानमन्त्रीले २ प्रतिशत अर्थात् ६ लाख जनसंख्याको पीसीआर परीक्षण गर्ने बताइरहँदा त्यसको १० प्रतिशत पनि आजसम्म परीक्षण भएको छैन । दैनिक १० हजारका दरले परीक्षण गर्दा पनि २ महिना लाग्छ ।

वडा तहमै क्वारेन्टाइन : क्वारेन्टाइन अरू विपत्का बेला बस्न बनाएको जस्तो व्यवस्था र कुनै शरणार्थी शिविरजस्तो पनि होइन । क्वारेन्टाइन संस्थागत रूपमा व्यवस्थित तरिकाले कुनै निश्चित समय शंकास्पद मानिसलाई राख्न बनाइएको व्यवस्था हो । जहा“ सामाजिक दूरीदेखि शौचालयको प्रबन्धसम्म सबै व्यवस्थित हुन अत्यन्तै जरुरी छ । केवल दुई÷चार रात कटाउने स्थान त हो भन्ने रूपमा नलिई संक्रमणको जोखिममा भएका मानिसलाई जम्मा गरेर एक स्थानमा राख्नु र एकको संक्रमण अर्काेमा नसार्नेगरी व्यवस्थापन गर्नु आफंैमा पनि जोखिमयुक्त कार्य हो । अन्यथा घरमा बस्दाभन्दा बढी व्यक्ति जोखिममा पर्दछन् ।

अबको विकल्प लकडाउन खुकुलो पार्दै कोरोनासँगै जिउने र चलायमान हुने हो

परीक्षण जरुरी रहन्छ, परीक्षण गर्न नसक्ने भए क्वारेन्टाइनमा राख्नको कुनै औचित्य रहँदैन र परीक्षण भएपछि पुष्टि भएकालाई व्यवस्थापन अर्थात् आइसोलेसन शøयाको जरुरी रहन्छ, होइन भने परीक्षण गरेर मात्र हुँदैन । फितलो ट्रेसिङ र टेस्टिङ अर्थात् संक्रमितको संख्या बढ्दै गएको र उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान र निदानको कार्य सन्तोषजनक छैन । कोरोना परीक्षण तथा निदानमा आरडीटीको कुनै भूमिका नरहेको र पीसीआर नै गोल्ड स्ट्यान्डर्ड हो ।
मन्त्रालयले १२ वैशाखमा कोभिड–१९ संक्रमणको नियन्त्रण र रोकथामलाई थप व्यवस्थित गर्न ट्रेसिङ र टेस्टिङ कार्यमा सहयोग र सहजीकरणका लागि तीन सदस्यीय टोली गठन गर्ने निर्णय तथा ३० वैशाखमा निर्देशिका जारी गरेको छ । तथापि, स्थानीय तहको क्षेत्रफल ठूलो भएकाले हरेक वडातहमै क्वारेन्टाइन, निगरानी र परीक्षण गर्न सके मात्र कोरोना नियन्त्रण गर्न सकिने यो पंक्तिकारको स्थलगत ठम्याइ छ ।

लकडाउनले बेफाइदा बढी : सरकारले आफ्ना जनता कसरी बा“चिरहेका होलान् र देश कसरी चलिरहेको होला भन्नेतर्फ कुनै विचार गरेको छैन । लकडाउनलाई कुनै समीक्षा नगरी कोभिड–१९ विरुद्ध लड्ने एक मात्र बह्मास्त्रझैं प्रयोग गरिरहेको छ । कोरोनाभन्दा बढी सर्ने-नसर्ने रोग र भोकले मान्छे मरिरहेका छन् । मानसिक समस्या र आत्महत्या बढिरहेका छन् । गर्भवती महिलाको मृत्यु भइरहेको छ । जनताको दैनिकी ठप्प पारे पनि सरकारले आफूले गर्नुपर्ने काम नगरेका कारण संक्रमणको साङ्लो भने चुडिएको छैन । झन्झन् बढ्दै छ । सरकार कतै आफ्नो अकर्मन्यताविरुद्ध नागरिक सडकमा उत्रेलान् भन्ने आशंकामा छल्ने अस्त्रका रूपमा लकडाउन प्रयोग गरिरहेको त होइन भन्ने आमआंशका छ ।

लकडाउनले निरन्तरता पाउँदैमा हामीले बाहिर रहेका नेपालीलाई फिर्ता ल्याउनैपर्छ, सीमापारि बसेका नेपालीलाई रोक्न अन्तर्राष्ट्रिय मूल्य–मान्यता र हाम्रो संस्कृतिले दिँदैन । संक्रमितको संख्या बढ्छ भन्दै हामी दायित्वबाट विमुख हुन पनि हँुदैन, नागरिकप्रति राज्यको दायित्व हुन्छ । देश धनी वा गरिब जे भए पनि नागरिकप्रति राज्यको दायित्व पूरा गर्नैपर्छ । तथापि, नागरिकले निर्वाह गर्नुपर्ने भूमिका भिडभाड नगर्ने, मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने र सकेसम्म घरमै बस्ने भने जस्ताको तस्तै राख्नुपर्छ ।

बन्दाबन्दी जति लम्बिदै जान्छ, अनेकन समस्या प्नि त्यति नै बढ्दै गई आर्थिक, सामाजिक र राजनीतिक संरचना नै ध्वस्त हुन्छ । कोरोनाको संक्रमण कहिलेसम्म रहने निश्चित नभएकाले लकडाउन मात्र पूर्ण विकल्प नभएकाले खुकुलो गर्दे अर्थात् विकसित देशझैं सेमीलकडाउनमा जानुपर्छ । सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने मोडेल वा कोरोनाको जोखिम पनि कम र देशको अर्थतन्त्र गति पनि ठप्प नहुने मध्यमार्गी बाटो अवलम्बन गरी जनस्वास्थ्य र अर्थतन्त्र दुबै बचाउन आवश्यक छ ।
अन्तमा, लकडाउन सुरु गर्दा देशमा कोरोना संक्रमित दुई जना आयातित थिए । लकडाउनको ७५आंै दिन संक्रमितको संख्या ३ हजार बढी पुगेका छन् र मृत्यु ११ जनाको भइसकेको छ । जसले लकडाउन कोभिड–१९ संक्रमण रोकथामको एक मात्र निर्विकल्प उपाय लकडाउन होइन भन्ने प्रस्ट्याएको छ । भोलि रोग र भोकले आक्रान्त भई नागरिक सडकमा ओर्लनुपर्ने, लुटपाट गर्नुपर्ने बाध्यात्मक परिस्थिति निम्तियो भने सरकारले सोचेजस्तो देखिने राजनीतिक लकडाउन पनि सफल हुनेछैन । तसर्थ, अबको विकल्प लकडाउन खुकुलो पार्दे कोरोनासँगै जिउने र चलायमान हुने हो ।

(Visited 134 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

भर्खरै

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

धेरै पढिएका

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

ई-पेपर

(Visited 39 times, 1 visits today)