Saturday, July 11, 2020
Home Not-to-be-missed विश्व च्याम्पियन नासिर निलम्बित

विश्व च्याम्पियन नासिर निलम्बित

लन्डन । विश्व च्याम्पियन बहराइनका धाविका सल्वा इद नासिर निलम्बनमा परेकी छन् । शक्तिबर्धक अर्थात् प्रतिबन्धित औषधि प्रयोग (डोपिङ) परीक्षण नगरेपछि नासेरलाई दुई वर्षका लागि निलम्बन गरिएको हो ।

महिलाको ४ सय मिटरमा विश्व च्याम्पियन नासिर पछिल्लो १२ महिनामा तीनपटकसम्म डोपिङ परीक्षणमा अनुपस्थित भएपछि उनलाई दुई वर्षका लागि निलम्बन गरिएको हो ।

एक वर्षभित्र तीनपटक डोपिङ परीक्षण नगरेको अवस्थामा एथलेटिक्सको एन्टी डोपिङ नियम उल्लंघन गरेको मानिन्छ । निलम्बनपछि नासिरले आफूले तीनपटक डोपिङ परीक्षण गर्न असफल भएको स्वीकार गरेकी छन् । उनले यो घटना सामान्य भएको समेत बताएकी छन् । ‘मैले धोका दिएको छैन । दिने छैन पनि,’ इन्स्टाग्रामबाट उनले भनेकी छन्, ‘मैले तीनपटक परीक्षणको मौका गुमाए । यो सामान्य हो । यो हुन्छ । मानिसहरूलाई अलमलमा पार्न चाहन्नँ । किनकि म कहिल्यै धोका दिन्नँ ।’

नासिरलाई ४ सय मिटरको दौडको इतिहासमा विश्वको तेस्रो फास्टेस्ट खेलाडीका रूपमा चिनिन्छ । सन् २०१९ मा कतारको दोहामा भएको विश्व च्याम्पियनसिपमा उनले ४ सय मिटरमा स्वर्ण जितेकी थिइन् । उनले निर्धारित दूरी ४८.१८ सेकेन्डमा पार गर्दै विश्व च्याम्पियन बनेकी थिइन् । उनीभन्दा अघि जर्मनकी मारिता कोच र चेक रिपब्लिककी जरमिल छन् ।

दोहामा च्याम्पियन बनेपछि नासिरले सबै कुरा सम्भव रहेको बताएकी छन् । नाइजेरियामा जन्मिएकी २२ वर्षीया नासिर १४ वर्षको उमेरमा बहराइन आएकी थिइन् । उनले त्यसपछि २०१४ बाट बहराइनबाट खेल्दै आएकी छन् । यस्तै, बहराइनकै ओलम्पिक म्याराथनका उपविजेता युनिस किर्वालाई पनि गत वर्ष नै चार वर्षको प्रतिबन्ध सुनाइएको थियो ।

(Visited 42 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

भर्खरै

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)