आजको २१सौं शताब्दीमा शिक्षा मानिसको आधारभूत आवश्यकता भएको छ । शिक्षाबिना मानिसको जीवन पूर्ण हुन सक्दैन । व्यक्ति, समाज, राष्ट्र र सिंगो विश्व जगत्को विकास एवं समृद्धिको जग नै शिक्षा हो । कस्तो शिक्षाको व्यवस्था गरी कस्ता नागरिक उत्पादन गर्ने भन्ने कुरा सम्बन्धित राज्यले तय गरेको शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपुस्तक एवं कार्यक्षमताले निर्धारण गर्छ । शिक्षालाई समाजको बनोट, आर्थिक अवस्था, सांस्कृतिक संरचना, प्राकृतिक स्रोतसाधन, राजनीतिक व्यवस्था आदिले प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पारिरहेका हुन्छन् । हाम्रो देशको सन्दर्भमा शिक्षाको व्यक्तिगत, सामाजिक, आर्थिक, मानवीय व्यवहार एवं राष्ट्रिय भावनाजस्ता मूलभूत कुराहरूमा शिक्षाको उपलब्धि सन्तोषजनक हुन सकेको अवस्था छ ।
शिक्षाको व्यक्तिगत उद्देश्य
शिक्षाको व्यक्तिगत उद्देश्यअन्तर्गत हरेक शिक्षित व्यक्ति सक्षम हुनु हो । सर्वप्रथम शिक्षाले शिक्षित व्यक्तिलाई पारिवारिक जीवनको महत्व, कर्तव्य एवं दायित्वबोध गराउनुपर्छ । पारिवारिक दायित्वअन्तर्गत आफूलाई जन्मदिने आमा, बुवाको गरिमामय महत्व बुझी उनीहरूले जसरी जन्म दिएर, पालनपोषण, शिक्षादीक्षा दिई जीवन प्रदान गर्छन्, त्यसरी नै उनीको इच्छा एवं आवश्यकतामा आपूm सहयोगी बनेर सेवा गर्ने आत्मीय भावनाको विकास गर्नु हो । यसका साथै परिवारका अन्य आफन्तजनसँग सुमधुर सम्बन्धका साथ आपसी मेलमिलापको व्यवहार गर्नु हो । अहिले हाम्रो समाजका बुवाआमाले आप्mना छोराछोरीका लागि शिक्षामा ठूलो लगानी गरेका छन् । तथापि समाजमा आफ्नै शिक्षित सन्ततिबाट वृद्ध अवस्थामा अपहेलित हुनुपरेका घटना बढिरहेको तथ्यांक छ । बुवाआमालाई वृद्घाश्रममा जान बाध्य बनाउने छोराछोरीको संख्यामा वृद्घि हुँदै गएको तथ्यांक छ । पारिवारिक सम्बन्धविच्छेदका घटना बढिरहेका छन् ।
अभिभावकको जीवनको ठूलो आम्दानीको स्रोत छोराछोरी शिक्षामा लगानी गरी उनीहरूको सफल जीवनको चाहना राख्छन् । अहिले धेरैजसो पढेलेखेका यवापुस्ता विदेश पलायन भएको अवस्था छ । विदेश गएपछि आमाबुवा, घरपरिवारलाई नै भुलेर विदेशमा बरालिनेको संख्या दिनप्रतिदिन बढ्दै छ । समाजमा ‘बुवाआमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुंगामुढामाथि’ भन्ने लोकोक्ति चरितार्थ भएको छ । विदेशमा रहेका छोराछारीको आवाज सुन्न आतुर बुवाआमा धेरै छन् । यसरी हेर्दा हाम्रो शिक्षाले व्यक्तिलाई पारिवारिक कर्तव्य र दायित्वबोध गराउन नसकेको अवस्था देखिन्छ ।
शिक्षाको सामाजिक दायित्व
शिक्षा व्यक्तिगत आवश्यकता र चाहाना परिपूर्तिगर्ने माध्यम मात्र होइन, शिक्षा समाजका लागि पनि हो । सिंगो राष्ट्रका लागि पनि हो । अझै बृहत् रूपमा भन्नुपर्दा शिक्षा विश्व समुदायको हितको लागि पनि हो । आज एउटा वैज्ञानिकले गरेको आविष्कारले विश्वजगत् लाभान्वित भएको छ । औषधि विज्ञान, कुम्प्युटर, सञ्चार, विद्युत्, यातायात, इन्टरनेटलगायतका क्षेत्रमा आविष्कार भएका संविधानले विश्व समाज लाभान्वित भएको छ । राइट दाजुभाइले बनाएको हवाइजहाजको विकासले आज विश्व एउटा गाउँजस्तो भएको छ । यसैगरी विभिन्न वैज्ञानिकका अनुसन्धान, उत्खनन एवं आविष्कारले आजको समाजलाई हरेक क्षेत्रमा योगदान पुगेको छ । यसरी हेर्दा एउटा व्यक्तिले प्राप्त गरेको वैज्ञानिक एवं सिर्जनशील शिक्षाले समाज, राष्ट्र र सिंगो विश्वजगत् नै लाभान्वित हुन्छ ।
शिक्षाले व्यक्तिलाई पारिवारिक जीवनको महत्व, कर्तव्य एवं दायित्वबोध गराउन सक्नुपर्छ
मानिसलाई सामाजिक प्राणी भनिए तापनि ऊ जन्मँदैमा सामाजिक हुँदैन । सामाजिक भावनाको विकास घरपरिवार, समाज, शिक्षालय वा अरूबाट प्राप्त प्रेरणाले हुन्छ । घर, परिवार, समाज, विद्यालयलगायतका अनौपचारिक एवं औचारिक संस्थामा उनीहरूले सामाजिक व्यवहार निर्माण र आचरणको अभ्यास गर्छन् । देखेर, पढेर, अनुभव गरेर वा अग्रजको प्रेरणाले पनि मानिसले सामाजिक भावनाको विकास गर्न सक्छ । आदिकवि भानुभक्त आचार्यले घाँसीसँग गरेको संवादमा उनको घाँस बेचेर कुवा खनाउने सामाजिक भावनाबाट प्रेरित भएर कवि बने । उनमा भाषाको माध्यमबाट देशको सेवा गर्ने प्रेरणा जाग्यो ।
हाम्रो प्राचीन समाज धार्मिक शास्त्रबाट निर्देशित थियो । धर्मशास्त्रबाट निर्देशित हाम्रा पुर्खाले समाज कल्याणका लागि पाटीपौवा बनाए । चौतारी निर्माण गरे । पानीपनेलोको व्यवस्था गरे । मठ, मन्दिर एवं धर्मशाला आदिको निर्माण गरे । अग्रजहरूका यस्ता सामाजिक कार्यहरूले अहिलेका बालबालिकालाई प्रेरणा जगाउने काम शिक्षाको हो, समाजको हो । आजका शिक्षालयमा हाम्रा पुर्खाको योगदान’boutमा पढाएर कसले के बनाए भने रटाउन गराउनुभन्दा पनि उनीहरूबाट निर्मित सांस्कृतिक तथा धार्मिक धरोहरको संरक्षण, सम्बर्धन एवं प्रवद्र्धन गर्दै सामाजिक कार्यको महŒव बुझाउन सक्नुपर्छ । समाज कल्याणका लागि काम गर्ने प्रेरणा जगाउन सक्नुपर्छ । अहिले समाज परोपकारभन्दा व्यक्तिगत स्वार्थमा अभ्यस्त बन्दै गएको अग्रज नागरिकको दुःखेसो छ ।
यसरी हेर्दा शिक्षाले नागरिकमा सामाजिक दायित्वको अनुभूति गराउन नसकेको नै हो त ? यसो हो भने राज्यले आप्mनो भुललाई स्वीकार गरी शिक्षाको माध्यमद्वारा समाज हितमा काम गर्ने लोककल्याणकारी नागरिक उत्पादन गर्नुपर्छ ।
शिक्षामा मानवीयसम्बन्ध भूमिका
शिक्षाका उद्देश्यमध्येको एउटा मूल उद्देश्य मानव समाजमा आवश्यक पर्ने व्यावहारिक गुणको विकास गर्नु हो । मानिस सामाजिक प्राणी भएकाले ऊ एक्लै कहिल्यै पनि पूर्ण हुन सक्दैन । हरेक व्यक्तिलाई जीवन निर्वाह गर्नका लागि एक आपसमा सुमधुर सम्बन्ध कायम हुन आवश्यक हुन्छ । सहयोगको खाँचो हुन्छ । आपसी सद्भाव, प्रजातन्त्रिक आचरण र सामाजिक दायित्वको बोध हुन सकेन भने मानवता हराउँछ । समाजमा शान्ति, सद्भाव, सहयोग एवं परोपकारी भावनाको क्षय हुन्छ । त्यसैले शिक्षाले मानवतावादी चिन्तनको विकास गराउन सक्नुपर्छ ।
अहिले विज्ञान र प्रविधिको विकाससँगै समाज भौतिकवादी व्यवहारबाट प्रशिक्षित छ र हुँदै छ । विज्ञान र प्रविधिलाई व्यक्तिगत आश्यकता परिपूर्ति गराउने माध्यमका रूपमा मात्र उपयोग गर्नुहुँदैन । विज्ञान र प्रविधिको विकासले उपलब्ध गराएका सुविधाहरूमा लठ्ठिएर मानवीय व्यवहार र सम्बन्धलाई खुम्च्याउनुहुँदैन । शिक्षालाई शान्ति, सन्तुष्टि र मानवतावादी व्यवहारसँग जोड्नुपर्छ । आजका बालबालिकालाई प्रजातान्त्रिक व्यवहार र लोकहितकारी चिन्तनको विकास गर्न सकिने मानवतावादी शिक्षा प्रदान गर्नुपर्छ । अहिले बजारीकरण वा सहरीकरणले गर्दा बस्तीहरू जोडिएका छन् । घरहरू टाँसिएका छन्, तथापि मानिसका मन टाढिँदै छन् । समाजका लागि घर जोडिनुभन्दा मानव मन जोड्न आवश्यक छ । त्यसैले हाम्रो शिक्षाले नागरिकलाई मानवीय सम्बन्धको आवश्यकता र महत्व’bout बुझाउन सक्नुपर्छ ।
शिक्षामा राष्ट्रिय भावनाको विकास
राष्ट्रिय भावनाको विकास शिक्षाका उद्देश्यमध्ये एउटा अत्यन्त महŒवपूर्ण पक्ष हो । समाजमा रहेका विविध भाषाभाषी, जाति, धर्म, पेसा, संस्कृति, संस्कार, चलन तथा प्रचलन भएका समुदायबीच आपसी सद्भाव, प्रेम, सहयोग र सहिष्णुता कायम राखी एक आपसमा मिलेर मुलुक र मुलुकवासीको हितमा काम गर्ने चेतनालाई राष्ट्रियता भनिन्छ । राष्ट्रिय भावनाले निर्देशित शिक्षाको मोडेलमा नागरिकमा देशको माया, राष्ट्रिय भावनाको विकास हुनका साथै देशभक्तिको भावना अंकुरण हुन्छ । नागरिकमा ‘जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी’को चेतना फस्टाउँछ । समाजमा आपसी मेलमिलाप र समझदारीको विकास हुन्छ । आप्mनो देशको माया र गौरवको अनुभूति हुन्छ । हरेक नागरिकको जीवन शैलीमा स्वदेशीपन झल्किन्छ ।
यसैगरी नागरिमा देशप्रेमको भावना जागरण हुन सके व्यक्तिगत हितभन्दा मुलुकको हितप्रति सजग र सतर्क हुने आचरण विकास हुन्छ । व्यक्तिले आफ्नो हितभन्दा राष्ट्रको हितप्रति समर्पित भएर जन्मभूमिमै पसिना बगाउने इच्छाशक्तिको विकास हुन्छ । अहिलेको हाम्रो शिक्षाले नागरिकहरूले देशप्रति गौरवको अनुभूति गरी स्वदेशमा नै आफ्नो भाग्य र भविष्य खोज्ने चिन्तनको विकास गराउन सकेको छैन । आज नयाँ पुस्ता बत्तीमा पुतली होमिएझैं किन विदेश पलायन भएका छन् ? हुँदै छन् ? यस परिपेक्षमा राज्यले हाम्रो शिक्षा प्रणालीमा राष्ट्रियताजस्तो गहन विषय कमजोर भयो भन्ने विषयमा घोत्लिन ढिला गर्नुहुँदैन । शिक्षाले सबै मानिसलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्नुको साथै देश विकासमा सहयोग, सहकार्य र सहमतिका देश विकासमा त्रियाशील हुने नागरिक उत्पादन गर्नुपर्छ ।
शिक्षा र आर्थिक आयआर्जनको सवाल
शिक्षाको व्यक्तिगत उद्देश्यअन्तर्गत शिक्षित भइसकेपछि उसले आफूले अध्ययन गरेको संकाय वा विषयको आधारमा आफ्नै देशमा आयआर्जनको अवसरको खोजी गर्न सफल हुनु हो । हाम्रो देशका शिक्षालायले प्रमाणपत्र वितरण गर्ने काम गरे तापनि रोजगारमैत्री शिक्षाको अभावका कारण देशमा शैक्षिक बेरोजगारी ठूलो समस्याका रूपमा देखापरेको छ । शिक्षितहरूमा आफूले अध्ययन गरेको क्षेत्रमा स्वरोजगार हुने ज्ञान, सीप वा आत्मविश्वासको कमी छ । शिक्षाको व्यक्तिगत उद्देश्यअन्तर्गत शिक्षा आर्जन गरिसकेपछि व्यक्ति आत्मनिर्भर बन्न सक्नुपर्छ । आत्मनिर्भरताको कुरा गर्दा स्वावलम्बी, सिर्जनशील एवं आफूले पढेको विषयमा प्राप्त ज्ञान एवं सीपका आधारमा आफ्नो व्यवसाय, खोज्ने, रोज्ने, सफलतापूर्वक टिकाउने ज्ञान एवं सीप हासिल गर्नुपर्छ । यसो हुन सकेको छैन ।
अन्त्यमा देशका विभिन्न क्षेत्रहरूमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कार्य शिक्षाको हो । साधारण, व्यावसायिक तथा प्राविधिक क्षेत्रमा चाहिने विभिन्न तहको जनशक्ति उत्पादनगरी व्यक्ति, समाज र समग्र देशको आर्थिक विकासमा टेवा पु¥याउने काममा शिक्षाको भूमिका हुन्छ । यसर्थ राज्यले व्यक्ति, समाज र सिंगो राष्ट्रको सामाजिक, आर्थिक, सांस्कृतिक एवं मानवीय सम्बन्धको भावना विकास गर्न सक्ने देश प्रेमले भरिएको शिक्षा नीति, पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरी शिक्षालाई जीवनोपयोगी बनाउन जरुरी छ ।