Thursday, November 26, 2020
Home भर्खरै मृत्युपछि मात्रै कोरोना पुष्टि

मृत्युपछि मात्रै कोरोना पुष्टि

समयमै परीक्षण गर्न नसक्दाको परिणाम

काठमाडौं । नेपालमा हालसम्म मृत्यु भएका अधिकांशको कोरोना भाइरससम्बन्धी रिपोर्ट मृत्युपश्चात् पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मृतकको संख्या १३ पुगेको छ । जसमध्ये अधिकांशको मृत्यु भएपछि पीसीआर रिपोर्र्ट पोजेटिभ देखिएको छ ।

जनस्वास्थ्य विज्ञहरूले सरकारले कोरोनाका कारण मृत्यु भए नभएको यकिन गर्ने संयन्त्रको विकास गर्नुपर्ने बताएका छन् । मृत्यु भएकामध्ये अधिकांश कुनै न कुनै रोगबाट प्रभावित भएका व्यक्ति हुन् । मृत्युको कारण कोरोना वा अन्य रोगका कारण भनेर स्वास्थ्य मन्त्रालयले स्पष्ट खुलाएको छैन ।

सेती प्रादेशिक अस्पताल धनगढीमा शुक्रबार मृत्यु भएकी ५५ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको थियो । धनगढी–४ निवासी उनी मिर्गौला रोगबाट पीडित थिइन् ।

– मृतकको संख्या १३ पुग्यो, संक्रमित ३,२३५
– अव्यवस्थित क्वारेन्टिन मृत्युको कारण बन्दै

यस्तै, गत २१ जेठमा मृत्यु भएका जगदुल्ला गाउँपालिका–३, डोल्पाका ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी दमको रोगी भएको बताइएको छ । उनको मृत्युपछि नमुना संकलन गरी कोरोना परीक्षण गरिएको थियो । पछिल्लो पाँच दिनयता संक्रमित पाँच जनाको मृत्यु भएको छ ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले मृत्युको स्पष्ट कारण स्वास्थ्य मन्त्रालयले खुलाउनुपर्ने बताए । उनले भने, ‘कोरोनाका कारण मृत्यु भएको हो वा अन्य कारणले मृत्यु भएर रिपोर्र्ट पनि पोजेटिभ आएको हो, विशिष्टीकृत गर्न जरुरी छ ।’

सम्बन्धित अस्पताल वा स्वास्थ्य मन्त्रालयले मृत्युको कारण पहिचान गर्न आवश्यक रहेको उनको भनाइ थियो । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अधिकांश व्यक्तिको मृत्यु क्वारेन्टिनमै भएको भन्दै सरकारले प्रभावकारी संयन्त्रको विकास गर्न जरुरी रहेको बताए । उनले भने, ‘मृत्युपछि कोरोना भएको देखिएको छ । मृत्युको स्पष्ट कारण खुल्नुपर्छ ।’

यो पनि पढ्नुहोस   भारतका विदेश सचिव हर्षवर्धन काठमाडौंमा, आज को-कोसँग भेट हुँदैछ ?

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले क्वारेन्टिनमा बस्दै आएकाहरूले स्वास्थ्य स्थितिको स्पष्ट विवरण त्यहाँ खटिएका कर्मचारीलाई टिपाउनुपर्ने बताए । शनिबार नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये २८६ जना पुरुष र ३७ जना महिलामा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार कोरोना भाइरस संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।

नेपालमा हालसम्म ३६५ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन् । हाल २ हजार आठ सय ५७ जना आइसोलेसनमा उपचाररत छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ६८ हजार १ सय ३१ जना क्वारेन्टिनमा बस्दै आएका छन् । मापदण्डविहीन क्वारेन्टिनहरू संक्रमण र मृत्युको स्रोत बन्दै गएको भन्दै जनस्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । हालसम्म आरटीपीसीआर विधीबाट ९२ हजार ४ सय ७७ जनाको परीक्षण गरिएको छ । संक्रमितमध्ये अधिकांश लक्षणविहीन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

(Visited 61 times, 1 visits today)
Loading comments...

आजको समाचार

त्रिशूलीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला

चितवन । इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका...

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित...

नाटक बोक्सीको घरलाई चलचित्रमा उतार्दै केकी

काठमाडौं । अभिनेत्री केकी अधिकारी यतिबेला आफूले निर्माण गर्ने नयाँ चलचित्रको तयारीमा व्यस्त छिन् । उनले यसअघि विशाल भण्डारीको निर्देशनमा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माण...

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता...

चिराइतोले मुल्य नपाउँदा भोजपुरका कृषक निराश

भोजपुर । बहुउपयोगी वनस्पति चिराइतोको मुल्यमा गिरावट आएपछि भोजपुरका किसान समस्यामा परेका छन् । किसानको व्यवसायिक चिराइतो खेतीमा आकर्षण बढे पनि मुल्यमा भने वर्षेणी...

साताका लोकप्रिय समाचार

बर्दिया घुम्न जाने पर्यटकले रुखमै रात बिताउन पाउने

बर्दिया । सामान्यतया कुनै पनि स्थान घुम्न आउने पर्यटकलाई पर्यटन व्यवसायीले सुविधा सम्पन्न होटल तथा रिर्सोटमा बासको व्यवस्था गरेका हुन्छन् । तर, पछिल्लो समय...

घरकै कौशीबाट उदाउदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भयो छठ (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणका कारण यसपालीको छठ घरमै सिमित भयो ब्रतालुहरुले आफ्नै घरको बरण्डा वा कौशीलाई नदी किनार मानेर ब्रत सम्पन्न गरे । कोरोना संक्रमणबाट...

विरहीले ल्याए निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’

काठमाडौं । कवि तथा निवन्धकार रेशम विरही यतिबेला नयाँ निबन्धसहित पाठकमाझ आएका छन् । यसपटक उनले निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा ल्याएका हुन् ।...

संसारकै सुन्दरी नायिकाको बोल्ड तस्विर (फोटोफिचर)

एजेन्सी । विश्वमै सुन्दर अभिनेत्रीको रुपमा चिनिन्छिन् एरियल विन्टर । उनको सुन्दरताको चर्चा केबल हलिउडमा मात्र सिमित छैन । शारीरिक बनोटकै कारण उनी विश्वभर...

थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप १ हजार ६१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख...

ट्रेन्डिङ

शास्त्रीय मान्यतामा अजा एकादशी

हरेक वर्षमा शुक्ल र कृष्णपक्ष गरी दुई भेद भए पनि उस्तै सिद्धि दिने एकादशी हरेक महिनाको दुईवटाका दरले पर्ने हुन्छ । हाम्रो समाजमा १२...

माछापालन व्यवसाय फस्टाउँदै

बारा । बारा माछामा पकेटको रूपमा विकास हँुदै गएको छ । माटो, हावा, पानीको दृष्टिकोणले बारा माछा उर्वर भूमिका रूपमा रहेको छ । उत्पादनको...

फ्लिक बायर्नमै रहने

म्युनिख । जर्मन क्लब बायर्न म्युनिखले हान्सी फ्लिकलाई पूर्णकालीन प्रशिक्षकको रूपमा नियुक्त गरेका छन् । अन्तरिम प्रशिक्षकको रूपमा गत नोभेम्बरदेखि काम गर्दैै...

बैतडी शिवनाथका थप ३१ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाका थप ३१ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट फर्केर गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसीरहेका ३१ जनाको मंगलबार आरडटी...

कोरोना र मानसिक स्वास्थ्य प्रर्वद्धन

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपाललगायत विश्वका ४४ मुलुक अहिले ‘लकडाउन’मा छन् । आजसम्म तीन लाखभन्न्दा बढी मानिसले कोरोना भाइरससँगको लडाइँ...

पत्रकार बानियाँको मृत्युबारे अनुसन्धान गर्न माग

काठमाडाैं । नेपाल प्रेस युनियनले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार...

पोग्बासँग ‘बालोन डी’ओर जित्ने क्षमता छ

लन्डन । इंग्लिस मिडफिल्डर एन्डर हेरेराले फ्रान्स तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका अट्याकिङ मिडफिल्डर पल पोग्बासँग बालोन डी’ओर जित्ने सबै चिज रहेको बताएका छन्...

सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकाटोले ‘सङ्घ, प्रदेश र स्थानीय तह...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ

संखुवासभा । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले...

थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप १ हजार ६१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख...

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र...

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित...

भर्खरै

सिरहामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

लहान । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका– १० पदमपुरमा आज साँझ बसले मोटरसइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सिरहाबाट चोहर्वातर्फ जाँदै...

यस वर्ष जाडोमा तापक्रम औसतभन्दा बढी नै रहने

काठमाडौँ । मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् । जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने...

सरकारको नेतृत्व परिवर्तन हुनै सक्दैन : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको नेतृत्व परिवर्तन हुनै नसक्ने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले कुनै व्यक्ति वा...

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु-याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर...

धेरै पढिएका

एक सचिवका लागि तीन जना सिफारिस

काठमाडौं । सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष...

थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

काठमाडौँ । औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि...

ग्वार्डिओला थप दुई वर्ष सिटीमै

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबसँग सम्झौता नवीकरण गरेका छन् । स्पेनिस प्रशिक्षक ग्वार्डिओलाले बिहीबार थप दुई वर्षका लागि...

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा आजबाट

प्रेसपास र अनलाइन नवीकरण प्रदेशमा रहेका हुलाकमार्फत

(Visited 90 times, 1 visits today)