काठमाडौं । आइतबार २ सय १३ जना कोरोना संक्रमति थपिएका छन् । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार २ सय ९ जना पुरूष र ४ जना महिला संक्रमित थपिएको बताएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । यीमध्ये ४ सय ६७ जना निको भएर घर फर्किइसकेका छन् । यसरी निको हुनेमा ३ सय ९९ पुरूष छन् भने ६८ जना महिला छन् ।
तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)