भारतमा अन्धाधुन्द गोली प्रहार गरी नेपाली युवकको हत्या

राजविराज । भारतमा एक युवकको गोली प्रहार गरी हत्या गरिएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका १० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको हत्या भएको हो ।

उनी बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका थिए । ग्यारेजकै कामका निम्ति भारतको झन्झारपुर गएका बेला उनी सवार स्कार्पियोमा फर्कदै गर्दा मोटरसाइकलमा सवार व्यक्तिबाट गोली प्रहार गरी उनको हत्या गरिएको हो ।

घटना भएको समयमा ग्यारेज धनी सत्येन्द्र यादवका भाइ सुरेन्द्र र बोदेबर्साइन ८ का अनिल यादव पनि उनीसँगै रहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 366 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेसमा सानेपा भर्सेज चुनदेवी