भारतमा अन्धाधुन्द गोली प्रहार गरी नेपाली युवकको हत्या

राजविराज । भारतमा एक युवकको गोली प्रहार गरी हत्या गरिएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका १० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको हत्या भएको हो ।

उनी बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका थिए । ग्यारेजकै कामका निम्ति भारतको झन्झारपुर गएका बेला उनी सवार स्कार्पियोमा फर्कदै गर्दा मोटरसाइकलमा सवार व्यक्तिबाट गोली प्रहार गरी उनको हत्या गरिएको हो ।

घटना भएको समयमा ग्यारेज धनी सत्येन्द्र यादवका भाइ सुरेन्द्र र बोदेबर्साइन ८ का अनिल यादव पनि उनीसँगै रहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 338 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

११ माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँकाे विकास हाेस्