व्यक्तिगत ३ करोड लगानीको निजी अस्पतालमा कोरोना बिरामी

डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाममा करिब ३ करोड लगानीमा निर्माण गरिएको अपि अस्पतालमा कोरोना संक्रमित व्यक्तिहरु राखिएको छ । उद्योग वाणिज्य संघ डडेल्धुराका पुर्व अध्यक्ष समाजसेवी प्रकाश बहादुर साउदको व्यक्तिगत ३ करोड लगानी रहेको अपि सामुदायिक अस्पतालमा ५ जना कोरोना संक्रमितहरु राखिएको छ ।

२०७० सालमा डडेल्धुराका करिब ३० जना युवाहरु मिलेर अपि अस्पताल डडेल्धुराको स्थापना गरी जिल्लामा स्वास्थ्य सेवा प्रवाह गर्दै आएका थिए । अस्पताल संचालन भएको केही वर्षपछि अस्पताल संचालन हुन नसकेर बन्द अवस्थामा रहेको थियो । अस्पताल बन्द भएपछि अन्य शेयर सदस्यहरुले पनि अस्पतालप्रति वास्ता गर्न छोडेको र केही शेयर सदस्यहरुले आफ्नो लगानी पनि फिर्ता लगिसकेको अपि अस्पतालका अध्यक्ष प्रकाश साउदले बताए । उनले भने, ‘अस्पतालले अव केही शेयर सदस्यहरुको ४० लाख जति रकम फिर्ता गर्न बाँकी छ, हाल अस्पतालमा मेरो सम्पुर्ण लगानी करिब ३ करोडमाथि रहेको छ ।’

डडेल्धुरा जिल्लामा रहेको तत्कालिन सरकारी उपक्षेत्रिय अस्पतालसंग प्रतिस्पर्धा गर्नुपर्ने र २० रुपैयाँ टिकट लिएर डाक्टरको मासिक १ लाख ५० हजार रुपैयाँ तलब दिन नसकिने भएपछि अस्पताल बन्द रहेको थियो । बन्द रहेको अस्पतालको पुन मर्मत गरी करिब ५० बेड कोरोना संक्रमणका बिरामीहरु राख्ने गरी व्यवस्थापन गरेका छन् । अपि अस्पतालमा छुट्टा छुट्टै कोठाहरुमा ३० वेडहरु तयारी अवस्थामा राखिएको र बाँकी २० वेड निर्माणका लागि सवै सामाग्रीहरु तयारी अवस्थामा रहेको अपि अस्पतालका अध्यक्ष एवम् समाजसेवी प्रकाश साउदले बताएका छन् । उनले भने, व्यक्तिगत लगानीमा सामुदायिक अस्पताल निर्माण गर्ने मेरो योजना हो र यसलाई पुर्णता दिएर छोड्छु । स्थानीय सरकार र राज्यका कुनै निकायले कोरोना संक्रमणका बिरामीहरुको सुरक्षाका लागि ध्यान नदिए पनि आफुले सकेसम्म ती बिरामीहरुको ज्यान जोगाउने प्रयास गर्नेछु ।’

देश लकडाउन भएको समयमा विभिन्न जिल्लाका अलपत्र नागरिकहरुको उद्धार गरी यसै अस्पतालमा क्वारेन्टाइन निर्माण गरी सुरक्षित रुपमा घर पठाउने कार्य समेत समाजसेवी साउदले गर्दै आएका थिए । अस्पतालमा कोरोनाका बिरामी राखेसंगै साउद विहान ५ बजेदेखि बेलुका ६÷७ बजेसम्म आफै अस्पतालमा खटिदै आएका छन् । उनले कोरोना विरामी राखे संगै अस्पतालमा ईर्मेजेन्सी कोठा,भान्सा कोठा, स्वास्थ्यकर्मीहरु तथा सुरक्षाकर्मीहरुको आवासको पनि छुट्टा छुट्टै निर्माण गरेका छन् ।

कोरोना संक्रमणका बिरामीहरु राख्नका लागि डडेल्धुरा जिल्लामा अपि अस्पताल नै उपयुक्त ठाउ भएको र यसको व्यवस्थापन स्थानीय निकायले गर्नु पर्ने उद्योग बाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले बताए । उनले भने, ‘तत्काल अपि अस्पतालभित्रै ५० बेड रहेको र कोरोनाका बिरामीहरु बढ्दै गए अस्पताल नजिकै भिमदत्त बहुमुखी क्याम्पस, जनजाति महासंघको भवन र डडेल्धुरा सहकारी संस्था र उद्योग बाणिज्य संघको भवन पनि प्रयोगमा ल्याउन सकिनेछ र बजारको बस्ती भन्दा टाढा एकान्तमा र सुरक्षित पनि छ ।’

संघिय सरकारको विशिष्ट अस्पताल डडेल्धुरा अस्पताललाई सर्वसाधारणहरुको उपचार गर्ने गरी व्यवस्थापन गर्नु पर्ने र अपि अस्पतालाई कोरोनाको मात्रै उपचार गर्ने गरी व्यवस्थापन गर्न सके सुदुरपश्चिमका ७ पहाडी जिल्लाका विरामीहरुले स्वास्थ्य सेवा पाउने समेत उद्योग बाणिज्य संघ डडेल्धुराका अध्यक्ष भट्टले बताए । सामान्य बिरामीको उपचार गर्ने पनि डडेल्धुरा अस्पताल कोरोनाका विरामी राख्ने पनि त्यही अस्पताल हुदा धेरै अन्य रोगका विरामीहरु उपचारबाट बंचित रहेका छन् ।

डडेल्धुरा अस्पताल विकास समितिकै पहलमा अपि अस्पतालमा कोरोना रोगका पहिलो चरणका विरामीहरु राख्ने व्यवस्थापन गरिएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए । उनले भने, ‘तत्काल डडेल्धुरा अस्पतालको नियमित सेवा प्रभावित नहुने गरी अपि अस्पतालमा कोरोना संक्रमणका बिरामी राख्ने गरिएको हो । एउटै अस्पतालमा कोरोना विरामी र अन्य विरामीहरुको उपचार गराउँदा सामान्य विरामीहरुको सेवा प्रवाह हुने भएकोले अस्पतालमा कोरोना संक्रमित विरामी राख्ने व्यवस्था गरिएको हो ।’ डडेल्धुरा अस्पतालले कोरोना परिक्षणका लागी अत्याधुनिक ल्याबको लागी बोलपत्र आह्वान गरेको र असार २३ गतेभित्र डडेल्धुरा अस्पतालमा ल्याब स्थापना गरी सेवा सुचारु गर्ने गरी प्रक्रिया अगाडी बढेको समेत विकास समिति अध्यक्ष ओझाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 351 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा ३९ पालिकाको नतिजा सार्वजनिक (सूची सहित)