प्रयोगशालाको डिफ्रिजमा थन्किए १६४२ थ्रोट स्वाब

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोनाका सम्भावित संक्रमितको नमुना परीक्षणको कामले गति लिन सकेको छैन् । प्रदेशमा एउटा मात्र प्रयोगशाला भएका कारण दैनिक संकलित थ्रोट स्वाबको नमुना परीक्षण हुन सकेका छैन् ।

सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आइतबारसम्म संकलन भएका एक हजार ६ सय ४२ थ्रोट स्वाब नमुना परीक्षण गर्न बाँकी रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । निर्देशनालयका अनुसार संकलित नमुना अहिले धनगढी प्रयोगशालामा परीक्षणको पर्खाइमा छन् । निर्देशनालयले यसअघि संकलन गरिएकै नमुना परीक्षण गर्न बाँकी रहेको भन्दै पाँच दिनका लागि थप संकलनको काम स्थगित गरेको छ ।

धनगढी प्रयोगशालाबाट दैनिक बढिमा दुई सय ५० नमुना परीक्षण सम्भव भएकाले संकलीत नमुना डिफ्रिजमा थन्क्याउनुपर्ने बाध्यता रहेको हो । थ्रोट स्वाबको नमुना संकलन भएको ७२ घण्टा भित्र परीक्षण गर्न सकेमा प्रयोगशालाले विश्वसनीय रिर्पोट दिने भएपनि सुदूरपश्चिममा भने एउटा मात्र प्रयोगशाला हुँदा लामो समय थन्क्याउनु परेको बताइएको छ ।

प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले चैत १५ मा धनगढीसहित डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको भएपनि अहिलेसम्म प्रयोगशाला सञ्चालनका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न सकेको छैन् । धनगढीमा अहिले सञ्चालनमा रहेको कोरोना परीक्षण प्रयोगशालामा जडान गरिएको आरटी पीसीआर मेसिन पनि संघीय सरकारले पठाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीमा काँग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो