Thursday, August 5, 2021
Homeप्रदेशप्रदेश ३राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो आईएसओ मान्यता

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो आईएसओ मान्यता

,
sharethis

काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ । आन्तरिक र बाह्य गुणस्तर सुधार गरेको र स्तरबृद्धि भएपछि प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय मान्यता पाउने छ ।

स्वास्थ्य सेवा विभागमा मंगलवार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रयोगशालालाई मान्यता प्राप्त गरेको प्रमाणपत्र उपलब्ध गराइएको थियो । आइएसओ मान्यता पाउने सरकारी अस्पताल र प्रयोगशालाहरु मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको पहिलो संस्था हो ।

आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा प्रयोगशालाका निर्देशक डा.रुणा झालाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले प्रयोगशालाले अन्तराष्ट्रिय प्रमाणिकरणबाट मान्यता पाएको भन्दै धन्यवाद दिए । उनले भने, ‘भयरहित वातावरणमा ढुक्क भएर काम गर्नुहोस । स्वास्थ्य मन्त्रालय तपाईहरुको साथमा छ ।’
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रयोगशालाकी निर्देशक डा.रुणा झाले प्रयोगशालाले अन्तराष्ट्रिय मान्यता पाउनु सबैको लागि महत्वपूर्ण उपलब्धि रहेको बताइन् । सो अवसरमा स्वास्थ्य मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ डा.रोशन पोखरेलले प्रयोगशालाको स्तरबृद्धि भएको भन्दै आइएसओ मान्यता पाएकोमा धन्यवाद दिए । प्रयोगशालाको गुणस्तर सुधारका लागि आफूहरु लागिरहेको प्रयोगशालाका सुचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।

(Visited 601 times, 1 visits today)

आजको समाचार

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

साताका लोकप्रिय समाचार

चार एमाले सांसदमाथिको कारबाही वैधानिक

काठमाडौं । सर्वोच्च अदालतले ‘ङ्खलोर क्रस’ गरेर नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारलाई विश्वासको मत दिने कर्णालीका चार सांसदमाथि नेकपा (एमाले)ले गरेको कारबाहीलाई वैधानिक ठहर...

नेप्से हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन सूचकसँगै कारोबार रकममा समेत सुधार देखिएको छ । नेप्से...

देउवा सरकारले गरिबको जीवनसँग खेलवाड गर्योः पूर्वमन्त्री साह

  काठमाडौं । पूर्वमन्त्री प्रभु साहले भुमिसम्बन्धि समस्या समाधान आयोग विघटन गर्नु सरकारको गरीबविरोधी हर्कतको पराकाष्ठा भएको बताएका छन् । आज फेसबुकमार्फत आपत्ति जनाउदै पूर्वमन्त्री साहले...

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

ट्रेन्डिङ

अल्का अस्पतालका कर्मचारीको हत्या गरेकाे अवस्थामा शव भेटियाे

ललितपुर ।  ललितपुरको लेलेमा अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव फेला परेको छ । केही दिनदेखि हराइरहेकी उनको शव गोदावरी नगरपालिका– १० स्थित लेलेको...

ओली नै प्रधानमन्त्री

काठमाडौं । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको बहुमतका आधारमा सरकार गठन प्रयास असफल बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)