Friday, July 23, 2021
Homeप्रदेशनेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पहिलोपटक कोरोना संक्रमित महिलाको सफल शल्यक्रिया

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पहिलोपटक कोरोना संक्रमित महिलाको सफल शल्यक्रिया

,

नेपालगन्ज । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा पहिलो पटक कोरोना संक्रमितको सफल शल्यक्रिया गरिएको छ ।

अस्पतालले अछामको बयलपाटा अस्पतालबाट रिफर भई मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएकी गर्भवती कोरोना संक्रमित २५ वर्षीय महिलाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालका उप–निर्देशक डा. दिनेश श्रेष्ठले अछाम चोरकोट गाउपालिका वडा नं. ५ घर भएकी १८ हप्ताकी गर्भवतीसमेत रहेकी महिलाको आन्द्रा बेरिएकोले मङ्गलबार दिउँसो आन्द्राको सफल शल्यक्रिया गरिएको जानकारी दिए ।

उनले महिलाको शल्यक्रिया अस्पतालका प्राचार्य डा. मोदनाथ मरहठ्ठा, सह प्राचार्य अनुप शर्मा, डा. प्रदीप थापा, डा. आशिष भट्ट, डा शिरिष आचार्य, स्टाफ नर्श सुनिता योगि, सुस्मिता गुरुङ्ग, निर्मला बैगारलगायतको टोलीले गरेको बताए । उनले सो अवसरमा महिलाको अवस्था सामान्य रहेको जानकारी दिदै काठमाण्डौ बाहिर पहिलो पटक कोरोना संक्रमितको शल्यक्रिया सम्पन्न गरेको दाबी समेत गरे ।

अछामको बयलपाटा अस्पतालमा अवस्था बिग्रिएपछि सोमबार उनलाई हेलिकोप्टरबाट कोहलपुर पुर्याइएको थियो । ती महिला भारतबाट आएको र क्वारेन्टाइनमा रहेकोले उनको कोरोना परीक्षण गरिएकोमा रिपोर्ट पोजिटिभ आएको थियो ।

उनको रिपोर्ट पोजिटिभ आएपछि मेडिकल कलेजको कोहलपुर अस्पतालको बहिरङ्ग विभाग र आपातकालीन कक्षलाई सोमबार रातीदेखि नै सिल गरिएको अस्पतालका सह निर्देशक डा. नितेश कुमार कनोडियाले जानकारी दिए ।

यसैबीच अस्पतालले मङ्गलबार बिहान एक विज्ञप्ति प्रकाशित गरेर कोरोना पोजिटिभ महिलाको आपतकालीन शल्यक्रिया गर्नुपर्ने भएकाले आन्तरिक व्यवस्थापनका लागि एक दिन मात्र कोहलपुर अस्पतालको सम्पूर्ण बहिरङ्ग सेवा र आकस्मिक सेवा बन्द गरिएको जनाउदै बुधबारदेखि सुरक्षित साथ अस्पतालका सबै सेवाहरू सुचारु गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Loading comments...

आजको समाचार

महिलाको हक अधिकार र सुरक्षा सुनिश्चित गर

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भए पनि आधा आकाश ढाकेका महिलाहरूको अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन । हामी विश्वमै उन्नत मानिएको...

कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा...

एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे गम्भीर असहमति जनाउँदै आफ्नो असहमति जनतासमक्ष पु¥याउने निर्णय गरेको छ । साथै बैठकले...

लोकतन्त्रको आधार चेतनशील समाज

समाजमा पछिल्ला दिनमा राजनीतिक दल र सरकारमा संलग्न नेताको आलोचना बढ्दै गएको पाइन्छ । अहिले एमालेको सरकार आप्mनै ढंगले ढले पछि नेपाली कांग्रेसका संसदीय...

साताका लोकप्रिय समाचार

ओलम्पिक टोलीलाई बिदाइ

काठमाडौं । टोकियो ओलम्पिक २०२० मा जाने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ नेतृत्वको टोलीलाई सोमबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का...

माधव नेपालसँगको भेटपछि प्रचण्ड बालुवाटारमा, महन्थले मागे ३ मन्त्रालय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि सिधै बालुवाटार हानिए । नयाँ मन्त्रिमण्डलको...

सर्वोच्च अदालतको बहुचर्चित यो मुद्दा

काठमाडौं । सर्वोच्च अदालतमा एउटा भ्रष्टाचार मुद्दाले अन्य दर्जनौं भ्रष्टाचारको मुद्दाको सुनुवाइ नै प्रभावित बनेको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको भ्रष्टाचार...

छोरीहरुले थाहा नपाउन् भनेर ‘चम्सुरी’ले रोग लुकाएकी थिइन्

  काठमाडौं । हाँस्य टेलिश्रृङखला ‘मेरी बास्सै’बाट चर्चामा आएकी हास्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ दुवै मिर्गौला फेल भएपछि उपचारको लागि अस्पताल भर्ना भएकी छन् । उनको...

ट्रेन्डिङ

८० करोड लगानीमा बनेको काठमाडौ–गोसाईंकुन्ड पैदलमार्ग सुचारु गर्न के गर्नुपर्छ ?

तराइका फराकिला फाँट, त्यस्तै फराकिला पहाडका छाती र माथि उत्तरैभरि फैलिएका हिमाली शीर र जहाँबाट जता उकालो लागे पनि पदयात्रा सुरु भइहाल्ने भुगोल ।...

खाने तेलमा १५ दिनमै दुई पटक मूल्य बढ्यो

काठमाडौँ । पछिल्लो समय उद्योगी व्यवसायीहरुले उपभोक्ताबाट खाने तेलमा मनपरी मुल्य असुल्ने गरेका छन् । उद्योगी व्यवसायीले सातादिनमै खाने तेलमा प्रतिलिटर १५ देखि २०...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?